☰ open Loading... 20 April 2024|  

हुम्लामा दलका प्रतिनिधीले पनि मतपेटीका कुर्ने
  | ११ मंसिर २०७४, सोमबार १८:०३

माथिल्लो डोल्पाका मतपेटीका भोली ल्याइने

सुर्खेत । हुम्लाका ५२ वटै मतदान केन्द्रका १८१ मतपेटीका सदरमुकाम सिमिकोट ल्याइएको छ । ३६ मतदान केन्द्रका मतपेटीका हेलिकप्टर र १६ केन्द्रका स्थलगत सोमबार दिउसो ल्याइपु¥याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।

सिमिकोटस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएका मतपेटीकाको सुरक्षा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी दुई घेरामा राखिएको बाँस्कोटाले बताए ।

उनका अनुसार मतपेटीका राखिएको कोठमा दलका प्रतिनीधिहरुले समेत ताला लगाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट परिचयपत्र लिएका दलका प्रतिनीधिहरुले पनि मतपेटीका कुर्ने भन्दै सुत्ने व्यवस्था गरेको प्रजिअ बाँस्कोटाले उल्लेख गरे ।

यसैविच, उपल्लो डोल्पाका २० मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टरमार्फत मंगलबार मात्रै सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको छ । उत्तरी तिव्वतसंग सीमा जोडिएका शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का तांङसोङ्ग गाउँपालिकामा रहेका २० मतदान स्थलका ६० मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलवार मात्रै ढुवानी गरिन लागिएको हो ।

शे–फोक्सुण्डो गाउँपालिका अन्तर्गतको फोक्सुण्डोमा रहेका दुई मतदानस्थलको मतपेटिका भने सोमवार बिहानै सदरमुकाम दुनैमा ल्याइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी केशवराज अर्यालले जानकारी दिए ।

उनले मध्य र तल्लो डोल्पाका ठुलीभेर, त्रिपुरासुन्दरी नगरपालिका, काइके, मुडकेचुला र जगदुला गाउँपालिका अन्तर्गतका ४४ मतदान केन्द्र र शे फोक्सुण्डो गाउँपालिकाका २ मतदान केन्द्र गरेर ४६ मतदान केद्रका १ सय ३८ मतपेटिकाहरु सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको उनले बताए ।

डोल्पामा ६६ मतदान केन्द्र थिए भने सबैभन्दा कम मत भएको शे–फोक्सुण्डो गाउँपालिका अन्तरगतको फोत मतदान केन्द्रमा २३ मतदाता थिए । त्यहाँ २३ मत नै खसेको छ ।

यता, मुगुका ६० मतदान केन्द्रमध्य ३५ केन्द्रका मतपेटीका गमगढी ल्याइएको छ । बाँकी ३५ मतदान केन्द्रका मतपेटीका सदरमुकाम ल्याउन बाटोमा रहेकाले मंगलबार दिउसोसम्म आइपुग्ने मुुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी जानकारी दिए ।

‘सुरक्षाका कारण रातीमा मतपेटीका बोकेको टोली हिड्दैन’ प्रजिअ अधिकारीले भने,–‘बाटोमा रहेको टोली पायक पर्ने ठाउँमा आज बास बस्ने र भोली मात्रै सवै मतपेटीका निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्नेछन् ।’