☰ open Loading... 19 April 2024|  

मतदाता रिझाँउन ‘एम्वुलेन्स’ खरिद गर्दै गुराँस गाउँपालिका
  | १३ मंसिर २०७४, बुधबार १४:०६

दैलेख । गुरासँ गाउँपालिकाले संघ र प्रदेशको चुनावको मुखमा एम्वुलेन्स किन्ने प्रकृया अघि बढाएको छ । निर्वाचन आंचारसहित विपरित मतदाता रिझाउन गाउँपालिकाले एम्वुलेन्स खरिद प्रकृया अघि बढाएको हो ।

गाउँपालिकामा काँग्रेसले स्थानीय चुनावमा बहुमत ल्याएर विजयी भएको थियो । स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म पनि कुनै काम नगरेको गाउँपालिकाले संघ र प्रदेशको चुनाव हुने दिन नजिकिदै गर्दा मतदाताहरुमाँझ चुनावी नारा बनाउनका लागि एम्वुलेन्स खदिरको प्रकृया अघि बढाएको आरोप बाम गठबन्धनले लगाएका छन् ।

यता, गुरासँ गाउँपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर मल्लले एम्वुलेन्स किन्नका लागि प्रकृया अघि बढाईसकेको बताए । उनले किन्ने तयारी अन्तिम भएर टेण्डरपनि गरिसकेको स्विकार गरे । कार्यकारी अधिकृत काँग्रेस निकट रहेकाले चुनावको मुखमा एम्वुलेन्स खदिर भएको समेत आरोप बाम गठबन्धनका नेताहरु बताउँछन् ।

आधारसहित र प्रमाण सहितको उजुरी आए एम्वुलेन्स खदिर प्रकृया तत्काल स्थगितका लागि पत्रचार गरिने मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले बताए । चुनावलाई प्रभाव पार्ने कुनै पनि रोकिने मुख्य निर्वाचन अधिकृतको भनाई छ ।

क्षेत्र नम्वर १ क प्रदेश उम्मेदवार धर्मराज रेग्मीले कार्यकारी अधिकृतले काँग्रेसलाई सघाउन चुनावको मुखमा एम्वुलेन्स किन्ने प्रकृयामा गएको आरोप लगाए । मत प्रभाव हुने कुनै पनि कार्य नगर्न निर्वाचन आंचारसहिताले प्रष्ट पारेको छ ।

तर, गुरासँ गाँउपालिकामा चुनाव आउन ९ दिन बाँकी रहदा एम्वुलेन्स किन्न टेन्डर गरिएको हो । काँग्रेस राप्रपा निकटकै सल्लाहमा एम्वुले खदिर प्रकृया सुरु गरियो । बामपन्थि घटकका एक नेताले भने, यसको खुलेरै विरोध हुन्छ । तत्काल स्थगित नभएर परिस्थिति राम्रो हुन्दैन् ।

उनले यसअघि पनि आंचारसहिता लागेकै बेला शिक्षक सरुवा गरेका थिए । उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आचारसहिता विपरित भएको भन्दै रोक्न आदेश दिएपछि रोकिएको थियो ।

कार्यकारी अधिकृत मल्ल निर्वाचन आंचार सहित लाग्नुको केही दिन अघि मात्रै नारायण नगरपालिकाबाट गुरासँ गाउँपालिकामा हाजिर भएका हुन् । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले एम्वुलेन्स किन्ने विषयमा आफुलाई थाहा नभएको प्रतिक्रिया दिए ।