☰ open Loading... 18 April 2024|  

फेला परेनन् विप्लव कार्यकर्ता
  | १५ मंसिर २०७४, शुक्रबार ११:०५

प्रहरीका अनुसार दैलेखमा विप्लव कार्यकर्ता २ सयको हाराहारीमा छन् । ती मध्ये सक्रिय रुपमा ३० जनाभन्दा बढी छन् । दैलेख प्रहरीले खोजतलास निकै गरिरहेको छ । तर, पक्रन सकेको छैन् ।

अहिले ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विप्लव समुहका सक्रिय नेता नगेन्द्र सिजापती,दुर्गा सिजापती र पदम नेपालीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक मुद्धा नै चलाएको छ । पदम नेपाली शिक्षक हुन् । उनलाई पढाउँदा पढाउँदै प्रहरी पक्रेको हो ।

जिल्लाका ५ स्थानीय तह सुरक्षा चुनौतीका रुपमा रहेका छन् । विप्लव समुहका जिल्ला ईन्जाज कलम विक सहितका नेताहरु भुमीगत छन् । यसले पनि यहाँ सुरक्षा चुनौती थपिएको सुरक्षा अधिकारीहरु नै बताउँछन् ।

यस बैद्य समुहले २०७० मा संविधान सभाको चुनावमा मतदान केन्द्रमै लुट्ने गरि आर्कमण भयो । धेरै मतदाता घाईते भए । हिसांत्मक झडपको विचमा पनि चुनाव सकियो ।

त्यसको झल्को दिनेगरि भर्खरै भएको स्थानीय तहको चुनावमा काँग्रेस एमाले र माओवादीका कार्यकर्ताहरु मतदानका क्रममा आमनेसामने भएर झडपमा उत्रे । धेरै घाईते पनि भए । त्यति बेला हुने खुलमखुल्ला आर्कमण र झडपभन्दा फरक छ । छापामार शैली भुमिगत रुपमा मंसिर १० गतेको संघ र प्रदेशको चुनावमा बम प्रहार भयो ।