Loading... 18 December 2017|   सोमवार, पुस ३, २०७४

लोकतन्त्र रोज्ने की अधिनायकवाद : प्रधानमन्त्री देउवा

  |

भीमदत्तनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उनले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने की अधिनायकवाद भनेर मतदातासँग प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा मतदान गर्नुअघि लोकतन्त्र रोज्ने की अधिनायकवाद रोज्ने निक्यौल गर्न मतदातासँग आग्रह गर्दै पश्चिम सेती र पञ्चेश्वर परियोजनाको निर्माण कार्य चाँडै अघि बढ्ने विश्वास व्यक्त गरे ।

“काँग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्यदेखि संविधान निर्माणसम्मका एतिहासिक काम भएका छन्,” उनले भने– “संविधान कार्यान्वयनका लागि पनि आसन्न निर्वाचनमा काँग्रेसले जित्नु आवश्यक छ ।”

प्रधानमन्त्री देउवाले भने “यसअघिको चुनावमा कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा काँग्रेस जितेकाले यहाँ विकासको खोलो बगेको छ,” भन्दै “यहाँका जनजाति, अल्पसंख्यक र पछाडि पारिएका वर्गलाई पनि मूलधारमा ल्याउन जरुरी छ ।”

प्रकाशित मितिः शनिबार, मंसिर १६, २०७४     4:10:17 PM
error: Content is protected !!