☰ open Loading... 20 April 2024|  

सल्यानमा भेटिएको बम सेनाद्धारा निष्क्रिय
  | १६ मंसिर २०७४, शनिबार १८:३१

बुद्धिमान पुन
सल्यान । सल्यानमा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा राखिएको सुतली बम नेपाली सेनाले निष्क्रिय पारेको हो ।

बिना विभागिय मन्त्री तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर बस्नेतको निवास छेउकै निर्माणधिन घरको ढोकामा बम राखिएको थियो । सोे बम नेपाली सेनाको टोलीले शनिबार दिउँसो निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

श्रीनगरमा खुम बहादुर सुनारको निर्माणाधिन घरको ढोकामा बम रहेको थियो । घरमा राखिएको बम देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । यस बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सेनाले सुरक्षित रुपमा बम निष्कृय पारेकोले कुनै मानविय क्षति नभएको प्रहरीले बताएको छ ।