Loading... 14 August 2018|   मङ्लबार, साउन २९, २०७५

यस्ताे छ अाउने तीन दिनकाे माैसमी पुर्वानुमान

  |

सुर्खेत । दक्षिणपूर्वी अरव सागरमा अवस्थित धेरै शक्तिशालि सामुन्द्रिक चक्रवात “OCKHI” (Very Severe Cyclonic StormOCKHI) हाल शक्तिशालि सामुन्द्रिक चक्रवात (Severe Cyclonic Storm) मा परिणत भइसकेको छ। यसको प्रभावले देशका हिमालि भूभागमा हिमपातको संभावना देखिएको छ जसको प्रत्यक्ष असर हिमालि पर्वतारोहिमा पर्न सक्ने देखिएकोले यस चक्रवात रहँदा सम्म विशेष सावधानि अपनाउनु पर्ने देखिन्छ। भू-उपग्रहवाट प्राप्त तस्वीर तथा गणितिय मौसम पूर्वानुमानका आधारमा तीन दिनको मौसम पूर्वानुमान यस प्रकार छ । 

बुधबार, पश्चिम क्षेत्रमा सामान्यतया वदलि रहि पश्चिमि हिमालि क्षेत्रको धेरै स्थानमा हल्का देखि मध्यम खालको र मध्य क्षेत्रको हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना र पुर्बी हिमालि क्षेत्रको थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाट्टफुट्ट वर्षाको संभावना देखिन्छ।

बिहिबार, पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका धेरै स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको केहि स्थानमा हल्का हिमपातको संभावना देखिन्छ। पश्चिमका केहि क्षेत्रहरुमा हल्का वर्षाको संभावना देखिन्छ।

शुक्रबार, पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको एक दुई स्थानमा हल्का हिमपातको संभावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाटफुट वर्षाको संभावना देखिएकाे मध्य तथा सुदूरपश्चिम हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकाेटाले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १९, २०७४     6:56:01 PM