Loading... 18 December 2017|   सोमवार, पुस ३, २०७४

नेपालको घुम्नैपर्ने ठाँउ पंञ्चकोशीबारे पढ्नुहोस् (तस्विर सहित)

शब्द÷तस्विर ः गोविन्द केसी   |

पौराणिक कालमा देवताहरुले तपस्या गरेर बसेको पवित्र भुमि भएकाले देवलोकबाट अपभं्रंस हुदै दैलेख नामाकरण रहन गएको किवंद्धन्ति पाईन्छ ।

सिगो कर्णाली अञ्चलका जुम्ला, हुम्ला, तथा मानसरोवरतर्फ जाने एकमात्र बाटो दैलेख जिल्लामा धार्मिक, ऐतिहाँसीक पर्यटन, पर्यटकिय पदयात्राका रुपमा समेत विकास गर्न सकिने संभावना प्रशस्त छ ।

भाषाको क्षेत्रमा पनी दैलेख निकै धनी छ । नेपाली भाषाको उत्पती जुम्लाको सिजालाई मानिए पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख दैेलेखको दुल्लुमा रहेको छ ।

अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा पुरानो मानिएको तामुपाल, अढईपालद्धारा शाक्य ९ सय तिन तदअनुसार बिक्रमसंवत १ हजार ३८ को सिलालेख दैलेखमै छ भने विक्रम संवत १४ सय १४ को पृथ्वी मल्लले बनाएको सात हात लामो किर्तिस्तम्भ पनि दुल्लुमै रहेको छ । नेपाली भाषाको वि.स. १ हजार ३८ को किर्तिखम्ब साथै नेपाली भाषा सुरुवातको पहिलो ९ सय ३८ बर्ष पुरानो सिलालेख समेत दुल्लु क्षेत्रमै रहेको छ ।

नेपालकै पवित्र तिर्थस्थलमध्ये पञ्चकोशी तिर्थस्थल दैलेख जिल्लामा पर्दछ । श्रीस्थान, नाविस्थान, कोटीला, पादुका, धुलेश्वर, भैरवी, तल्लोढुगेश्वर मुख्य तिर्थस्थलहरु हुन् ।

पंचकोशी तिर्थस्थलसंंगै सदरमुकाममै रहेका बेलासपुर , गणेशमन्दिर, स्वामि कार्तिक मन्दिर, सरस्वती, भगवती मन्दिर, भिमसेन, बागभैरब मन्दिर, नारायण , बज्रभैरब मन्दिर रहेका छन् ।

बिन्द्रासैनी, भवानीमाई, नौधारा, भैसाखोर, दुधेमष्ट, बुकिमाई, मालिका देवी, दाणेमष्ट, जगनाथ माहावै, बडाभैरब, कालसैनी कालिका लगायतका मठ मन्दिरहरु जिल्लाभर छरिएर रहेका प्रसिद्ध मन्दिरहरुमा पर्दछन् ।

धार्मिक तथा पुरातात्विक स्थलहरुमा दुल्लुमा रहेको नेपाली भाषाको पहिलो शिलालेख, कृर्तिखम्ब, पामथर नाउली, सातखम्ब, पञ्चदेवल, बाणगंगा, पौवा, दुल्लुदरबार, लकान्द्रको सिद्धपाईला रहेका छन् भने, अन्य पर्यटकिय स्थलहरुमा गुरासे, रानिमत्ता, राकम कर्णाली, माहाबु, तिनचुले, द्धारीको बुलबुल झरना, कुईयाँको ताल, भैरब कुन्ड, धाउरपानी गुफा, रानिगुफा, छहारी गुफा पर्दछन् ।

दैलेख सदरमुकाममै जोडिएको ऐतिहाँसीक कोतगडी, जिल्लाभर रहेका ऐतिहाँसीक देवलहरुमध्ये सवैभन्दा धेरै २५ देवल रहेको भुर्ती स्थित पञ्चदेवल र सोको नजिकै रहेको यो पञ्चदेवललाई संयुक्त राष्ट्रसंघिय युनेस्कोले ९ सय बर्ष अघि साके संवत १३२१ बैशाकमा निर्माण गरिएको भन्दै विश्व संपदा सचिमा सचिकृत गर्न सिफारिस समेत गरेको छ ।

यो लगायत बाटैभरि रहेका ढुगांका खम्बाहरु, कुईकाना, जाहारकोट, किमुगाउँ, काँसीकाँध, बेहुली र देउलीका पंचदेवलहरुपनी पुरातात्विक स्थलहरु मध्येकै नमुनाका रुपमा पर्दछन् ।

स्वस्थानी वत्रकथा उल्लेख भएअनुसार सत्ययुगमा माहादेवकी पत्नी सत्तिदेवीको मृत्यु भएपछि महादेवले सतिदेवीको शवलाई काँधमा बोकेर संसार परिक्रमा गर्ने क्रममा सतिदेवीको हडी पतन भई ढुगेश्वर कोख पतन भई कोटिला, शिर पतन भई श्रीस्थान, नावि पतन भई नाविस्थान, पाऊ पतन भई पादुका, र बाँकी अंस पतन भई धुलेश्वर सक्ती पिठहरु रहन गएको भन्ने उल्लेख गरिएको छ ।

पंचकोशी तिर्थ यात्रा पुरा गरे जिवनमा गरेका पापहरु नष्ट हुने र पुण्य प्राप्त हुने भक्तजनहरुको विश्वास रहेको छ ।

१) पञ्चकोशी ः शिरस्थान
ज्वाला क्षेत्र भएको एक महत्वपूर्ण धार्मीक क्षेत्र हो शिरिस्थान । श्रीस्थान मन्दिरको ज्वालाको दर्सनका लागी दैलेख बजारबाट १ घण्टा पैदल र आधा घण्टा सवारी साधनमा श्रीस्थान पुग्न सकिन्छ । नेपालकै भुमिमा सवैभन्दा महत्वपुर्ण मानिने पानीमाथी सदियौदेखि निरन्तर बलिरहेको ज्वाला बलेको देख्न सकिन्छ । खोलाको भित्ताभित्ता पनि बलिरहेको ज्वाला यहाँ देख्न सकिन्छ ।


दैलेख सदरमुकामदेखी ८ किलोमिटर पश्चिम गमौडी गाविसमा पर्ने श्रीस्थानमा ज्वालाहरु हालसम्म पनि बलिरहेका छन् । यस ठाउँमा खोलाको पानीमा देखिने भुल्काहरुमा समेत आगो बलेको हेर्न पाईन्छ । वि.सं.१६२५ मा दुल्लुका राजा प्रताप शाही र वेलासपुरका राजा संग्राम शाहीले संयुक्त रुपमा श्रीस्थान ज्वाला मन्दिर निर्माण गरेको सिलालेखमा उल्लेख गरिएको छ ।

OLYMPUS DIGITAL CAMERA

जिल्लामा मानिसहरुको मृत्यु हुँदा श्रीस्थान र नाविस्थानमा रहेको ज्वालाको आगोबाट दाहासँस्कार गरे स्वर्गलोक पुग्ने मान्यता रहिआएकाले जिल्लाभरका मृत्यु भएका मानिसहरुको शव दाहसंस्कार गर्न श्रीस्थान र नाविस्थान आर्यघाटमा पु¥याउने परम्परा रहेको छ ।
२) पञ्चकोशी ः कोटिला
कोटिला सदरमुकामदेखी पैदल १ घण्टामा पुगीन्छ भने सवारी साधनमा आधा घण्टामै पुगीन्छ । यहाँ सत्तिदेवीको कोख पतन भएकाले त्यस क्षेत्रलाई कोटीला नामाकरण गरिएको हो । सुमेरु पर्वतका रुपमा पहिला छामघाट र कोटीला खोलाले घेरेको टापुमा दधिची ऋषिले तपश्या गरेको बरपिपलको बुटाहरुसँगै रहेको देखिन्छ । कोटीला मन्दिर क्षेत्रमा दिनरात पुजाआजाका लागी साधु सन्त र माई बस्ने आश्रम समेत निर्माण गरिएको छ ।
३) पञ्चकोशी ः नाविस्थान
श्रीस्थानबाट आधा घण्टाको पैदल यात्रापछि उत्तर तर्फपर्ने नाविस्थानमा पुगीन्छ । श्रीस्थानमा जस्तै नाविस्थानमा पनी ईन्द्र ज्वाला र बडी ज्वालाका नामले दुईवटा ज्वालाहरु अहोरात्र बलिरहेको देखिन्छ ।

यहाँ कालभैरबको मन्दिर छ जसलाई पुजा गर्ने दिन पुजारीले बाहेक अरु कसैले हेर्न नहुने भन्ने मान्यता रहेको छ । नाविस्थानमा रहेको ढेड सय बर्ष पुरानो स्वामिको रुखले यो ठाउँलाई अँझै मनमोहक बनाएको छ भने नेपालको दुर्लभ मानिने रुद्राक्षको बुटा समेत नाविस्थानमै रहेको छ ।


नेपाल भ्रमणमा हिडेका योगी नरहरि नाथले नाविस्थानमा कोठीहोम गरि दैलेखमा रहेका ऐतिहाँसिक, पुरातात्विक सिलालेख, अग्निकुण्ड, छिपेका मुलहरु र लुकेका मुर्तिहरुको समेत उत्खनन् गरेको पाईन्छ । नाविस्थानमा पनी श्रीस्थानमा जस्तै गाधीघर छ भने दुल्लुका राजा भक्त बहादुर शाहले १७ सय ९४ मा चढाएको घष्ट लगायतका सामाग्रीहरु रहेका छन् । यहाँपनी गुठिबाटै पुजारी र महन्तले पुजाआजा चलाउँदै आएका छन् ।
४) पंचकोशी ः धुलेश्वर
नविस्थानबाट दुई घण्टा पैदल यात्रापछि उत्तर पश्चिममापर्ने टाकुरामा पर्दछ । धुलेश्वर मन्दिरमा महादेव पार्वती र राधा कृष्णको प्रसन्न मुद्राको महत्वपुर्ण मुर्तीहरु रहेका छन् । मुर्तीहरुमा नियमित पुजाआजा गरिन्छ । २÷३ वर्षअघिसम्म यहाँ खरानी र बालुवाका कणहरु फुस्फुसाई निस्किएको देख्न सकिने भएपनी हाल आगो बालेको बेला जमिनमुनीबाट हावा आउने गरेको स्थानीयको भनाई छ । धुलेश्वरमा धुलो जम्मा भएको कुन्ड मन्दिर भित्र रहेको छ । धुलेश्वरलाई मृत ज्वाला कुण्डको रुपमा लिईने गरिन्छ । यो नै नेपालको एकमात्र ज्वालामुखीको चिन्ह भएको स्थान हो ।
५) पंचकोशी ः पादुका
पादुका पंचकोशी तिर्थस्थलको अन्तिम महत्वपूर्ण क्षेत्र हो । धुलेश्वरबाट दुई घण्टा पैदल यात्रा गरि यस क्षेत्रमा पुगीन्छ । मध्यपहाडी लोकमार्ग भएर गएर १ घण्टामै पादुका मन्दिर क्षेत्रमा पुगिन्छ ।

OLYMPUS DIGITAL CAMERA

धार्मिक र पुरातात्विक रुपमा निकै पादुका निकै महत्वपुर्ण मानिन्छ । पादुका मन्दिरमा कुनै कालखण्डमा बौद्ध विहार समेत रहेको त्यहाँका अवशेसहरुले देखाएका छन् । श्रीस्थान र नाविस्थान जस्तै पादुका मन्दिरमा पनी निरन्तर बल्ने ज्वाला मन्दिर रहेको भएपनी देबघाटको किनार २०१३ सालमा आएको भिषण बाढीले बगाईदिएपछि हाल यस ठाउँमा ज्वाला बलेको छैन् ।

महत्वुर्ण मुर्तिहरु रहेको यस क्षेत्रमा पश्चिम नेपालका तत्कालिन शक्तिशाली शासक अशोक चल्लको पालामा पादुकाको २ मिटर अग्लो ४५ सेन्टिमिटर चाक्लो ढुगाको स्तम्भमा ईं.सं. १२४० मा कुदिएको एसीयाकै दुर्लभ मानिने बुद्धको मुर्ती सँगै दुर्लभ चार हाते गणेशको मुर्ती समेत अवस्थित छ । धार्मिक दृष्टिकोणले पंचकोशी क्षेत्रको निकै ठूलो महत्व हुँदाहुदै पंचकोशी क्षेत्रहरुमा निरन्तर बलिरहेका ज्वालाकै कारण नेपालको कुनै भू–भागमा प्रेटोलियम पदार्थ हुनसक्ने कुरा बैज्ञानीक दृष्टिकोण रहेको छ ।
…………………..
धार्मिक क्षेत्रबाट मात्र नभै दैलेख जिल्ला पुरातात्विक दृष्किोणले पनी महत्वपुर्ण मानिन्छ । जिल्लाका विभिन्न स्थानहरुम रहेका हजारौ बर्ष पुराना पंचदेवल, ढुगेधारा, पामथरनाउली, खम्बहरुले पुरातात्विक महत्व झल्काईरहेका छन् ।

पाँच पाण्डवद्धारा निर्माण गरिएको भन्ने कथन रहेको भएपनि कसको पालामा कस्ले बनाएका हुन् तथ्यगत रुपमा कुनै प्रमाण अझैं फेला परेको छैन् ।
सदरमुकाम दैलेख बजारबाटै चारखम्बको सुरुवात भई तर्ताङमा दुईखम्ब, जाहारकोटमा एकखम्ब, रावतकोटमा पाँच खम्ब, भैरिकालिकाथुमको डाँडीमाडीमा १२ खम्ब, दुल्लुमा १० खम्ब र गमौडीमा सातखम्ब आफ्ना कृर्तिका रुपमा पाण्डबहरुले गाडेको कथन छ । दैलेखको क्षेत्रनम्बर २ मा पर्ने दुल्लुस्थित पामथर नाउली कुवा ऐतिहाँसीक महत्वको हो । दुल्लु बजार नजिकै रहेको यो कुवा साके संवत १२७६ मा निर्माण गरिएको अभिलेख रहेको छ ।

पुरातात्विक शैलीमा निर्मित दुल्लुका अन्य देवल र खम्ब भएका स्थानहरुमा समेत कलात्मक रुपमा कुदिएका ढुगे धाराहरु देख्न पाईन्छ । विशेष गरि बडालम्जी गाविसको लम्जिमा अवस्थित पंचदेवल त्यहाँ नजिकै रहेको बाणगंगा नामले चिनीने ढुगेधारा विशेष महत्वको हो । भारतबर्षमा पाण्डबकी आमा, कुन्तिले तपस्या गरिरहेका बखत तपस्या भंग भई तिर्खाएपछि अर्जुनले बाण हानी सोही स्थानमा पानी निकाली खुवाएको भन्ने उल्लेख छ ।

बाणगंगाका नामबाट त्यतीवेला स्थापना गरिएको मन्दिर समेत अवस्थित छन् । जिल्लाको उत्तरी भेक दुई दिन पैदल यात्रा पछि पुगीने ६१ मिटर अग्लो द्धारी झरना द्धारी गाविसमा अवस्थित छ ।

प्रकाशित मितिः बुधबार, मंसिर २०, २०७४     1:28:09 PM
error: Content is protected !!