☰ open Loading... 19 April 2024|  

सुर्खेतमा कांग्रेसको किल्ला वाम गठबन्धनले तोड्यो
  | २५ मंसिर २०७४, सोमबार १७:३४

सुर्खेत । कांग्रेसको लाल किल्ला रहेको सुर्खेतमा वाम गठबन्धनले तोडेको छ । ०७० सालको संविधान सभाको निर्वाचनमा एकलौटी जितेको कांग्रेसले यो पटक विरासत जोगाउन सकेन् ।

मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एकलौटी वाम गठबन्धन विजयी भएको छ । कम्तिमा तीन सिट जित्ने आँकलन गरेको कांग्रेसले चुनाव हारेपछि अन्तरघातले पराजय भोग्नु परेको चर्चा चियापसलमा भुसको आगोझैँ फैलिन थालेको छ । २ प्रतिनीधि सभामा नेकपा एमाले र २÷२ प्रदेश सभामा माओवादी केन्द्र तथा एमालेले विजयी हासिल ग¥यो ।

प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका पूर्णबहादुर खड्कालाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका युवा नेता ध्रुवकुमार शाहीले भारी मतान्तरले हराए । खड्काले चुनाव जित्छन भन्ने आँकलन गरिएपनि ३ हजार ३८२ मतान्तर शाहीले ३६ हजार ७५९ मत ल्याएर विजयी भए ।

खड्काले ३३ हजार ३७७ मत ल्याएर पराजित भए । प्रतिनिधि सभा २ मा वाम गठबन्धनका नवराज रावतले पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका हृदयराम थानीलाई हराए ।

रावत ०५१, ०६४ र ०७० सालको निर्वाचनमा प्रत्यासी भएपनि गठबन्धनको बलमा सहजै यो पटक निर्वाचनमा विजयी हासिल गरे । निर्वाचनमा रावतले ३७ हजार ४४७ ल्याएर जिते । तर थानीले २८ हजार ६४६ मत ल्याएर पराजित भए ।

चार प्रदेश सभा सिट रहेको सुर्खेतमा प्रदेश सभा १ (क) मा गठबन्धनका ठम्मर विष्टले १५ हजार ३५२ अर्थात २२० मतान्तरले विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर सिंहले १५ हजार १२० मत ल्याएर पराजित भए । प्रदेश १ (ख) मा गठबन्धनकै खड्क खत्रीले २१ हजार ६२१ मत ल्याएर विजयी भए । नेपाली कांग्रेसका झकबहादुर डाँगीले १७ हजार ७२८ मत ल्याएर पराजित भए ।

मुख्यमन्त्रीका दावेदार समेत रहेका गठबन्धनका यमलाल कंडेलले नेपाली कांग्रेसका कमलराज रेग्मीलाई ५ हजार ३३५ मतान्तरले पराजित गरे । कंडेलले २१ हजार २८२ र थानीले १५ हजार ९४७ मत पाए ।

पश्चिम सुर्खेतको बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका क्षेत्र मिलेर बनेको प्रदेश २ (ख) मा एक समयका चर्चित जेलव्रेकरका कमाण्डर तथा युवा नेता विन्दमान विष्टले ३ हजार १७१ मतान्तरले बहालवाला कांग्रेका राज्यमन्त्री तप्तबहादुर विष्टलाई हराए । वाम गठबन्धनका विन्दमानले १५ हजार ६४८ र तप्तले १२ हजार ४७७ मत ल्याए ।

मंसिर २२ गतेबाट शुरु भएको प्रत्यक्षतर्फको मतगणना सोमबार दिउसो सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृत किरण शिवाकोटीले विजयीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । अधिृकत शिवाकोटीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पु¥याएको धन्यवाद दिँदै कार्यसफलताको शुभकामना दिएका थिए ।