☰ open Loading... 19 April 2024|  

सर्वोच्चको वकालत गर्दै सांसद, जनताबाट कानुन मन्त्रीको आशा
  | १ पुष २०७४, शनिबार १६:०७

दैलेख – २१ वर्ष अघि विद्यार्थी संगठन अनेरास्ववियू (छठौं) बाट राजनिति यात्रा थालेका दैलेख – १ क प्रदेशसभा सदस्य धर्मराज रेग्मी चुनावअघिसम्म सर्वोच्च अदातलमा वकालत गर्थे ।

२०३९ साल जेष्ठ २२ गते जन्मिएका रेग्मी पछिल्लो १० वर्ष वकालत र पार्टीभित्रबाट संविधान बनाउन ब्यस्त थिए । उनी सर्वोच्चमा वकालत गर्दागर्दै प्रदेशसभा चुनावमा पार्टीले टिकट दिएर पठायो ।

उनी एमाओवादीको कानुन विभागको सदस्यका रुपमा पनि काम गरे । र, संवैधानिक कानुन विज्ञ तथा अन्तराष्ट्रिय कानुनका ज्ञाता पनि हुन् । उनी विशेषत संविधानको ब्याख्या सम्वन्धि विशेषज्ञ हुन् ।

रेग्मी संविधान निर्माणमा पार्टीका तर्फबाट महत्वपूर्ण भुमिका खेलेकै कारण प्रदेश सभाको निति निर्माणका लागि चुनावी मैदानमा उत्तारेको पार्टीभित्रैका नेताहरु बताउँछन् । एलएलएम, संवैधानिक कानुनमा पिएचडी गदै छन् ।

माओवादीको केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य रहेका रेग्मी २०५३ सालदेखी विद्यार्थी राजनितिमा छन् । सरल स्वभावका धनी उनी जिवनका अनेकै आरोहअवरोह भोगेका उनी प्रदेशसभामा काँग्रेसकै गढ भनिने क्षेत्रबाटै निकै फराकिलो अन्तरले विजयी भएका हुन् ।

आफुलाई पार्टीले प्रदेश सभाको निति बनाउनका लागि उम्मेदवारीका रुपमा अघि सारेको रेग्मी बताउँछन् । आफुले काँग्रेसको गढ भनेर चिनिने किल्लामा चुनावी अभियान लिएर जाँदा जनताले प्रदेशमा कानुन मन्त्रीको रुपमा अपेक्षा गरेका रेग्मी सुनाउँछन् । łजनताबाट यूवाप्रति धेरै आशा छ । जनता वर्षैदेखीको अध्यारोबाट मुक्ती हुन चाहन्छन् । प्रदेश सांसद चुनिएपछि नागरिकसंग कुरा गर्दै रेग्मीले भने, जनताले निति निर्माण बनाउनका लागि कानुन मन्त्री हुनु भनेर पठाएका छन् ।

अव पार्टीले के गर्द हेर्न बाँकी छ । जिल्लाको नेतृत्वको संकट समाधान गर्न र आर्थिक सामाजिक विकासका साथै प्रदेशको ऐन कानुन बनाउन आफुले पहिलो काम गर्ने बताए । उनले भने मुलत ः जिल्लाको गरिवी बेरोजगारी हटाउन मेरो उम्मेदवारी उत्तिकै हुने छ । उनले भने, łविकासको पूर्वाधार, दिर्घकालिन विकास रणनिति बनाई, निति निर्माणमा प्राथमिकता दिई नयाँ निति बनाउनेछु ।

łप्रदेश सभामा काम गर्ने थालेसंगै मेरो सुत्ने समय ५ घण्टा मात्रै हुने छ । रेग्मी भन्छन् ः łजनताको हित सेवाका लागि निति बनाउँन मेरो अहम भुमिका हुनेछ । जनताले लामो समयको राजनिति नेतृत्वको विकल्प खोजेका छन् ।

अव विकास परिवर्तन होस् भन्ने चाहेका उनले बताए । समाजभित्रको अन्तरविरोधलाई नजिकबाट हेरेर जनता बाक्क दिक्क भएर यूवाबाटै केही आशा गरेका रेग्मीको बुझाई छ ।

łगाँउमा पुग्दा पनि जनस्तरबाट कानुन मन्त्री हुनुपर्छ भन्ने नारा नै लाग्गेको छ । उनले भने, अव पार्टीले के गर्छ ? त्यो समय आएपछि थाहा हुन्छ । आफुलाई जनताले जिम्मेवारी दिएका छन् ।

पक्कै पनि त्यो पुरा गर्ने छु रेग्मीले भने । चुनावको नारा नै मन्त्री हो । तर, पार्टी त्यो नभए पनि मैले प्रदेश सभाका अध्यक्ष हुनुपर्छ भन्ने माग रहन्छ । अन्त्यमा रेग्मीले भने शुभेच्छुक, मतदाता तथा सवै जिल्लाबासीहरुमा धन्यवाद दिन चाहन्छु ।

काँग्रेस गढमा रेग्मीले भत्काए

पार्टीले टिकट दिएर पठाएपछि आफु नेपाली काँग्रेसको पुरानो अखडा भत्काएर विजय यात्रासम्म आईपुगेको रेग्मी बताउँछन् । रेग्मी लडेको क्षेत्र काँग्रेसको गढ मानिन्छ ।

३ स्थानीय तह रहेको यो प्रदेशमा २ काँग्रेस र १ एमालेले विजयी भएका छन् । रेग्मीसंग काँग्रेसका जिल्ला सभापति कृष्णकुमार विसी प्रतिष्पधीमा थिए । रेग्मीले १० हजार ३ सय ६१ मत सहित विजयी भएका छन । उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्णकुमार विसीले ८ हजार ७ सय ६४ मत प्राप्त गरे ।

रेग्मीले १५ सय ९७ मतले पराजित गरेका थिए ।