☰ open Loading... 20 April 2024|  

किसान आयोगका अध्यक्ष भन्छन् ‘बेरोजगारी हटाउन कृषिलाई व्यवसायी बनाऔं’
  | ७ असार २०७४, बुधबार १८:३५

सुर्खेत । मुलुकको बेरोजगारी हटाउन कृषिलाई व्यवसायीक बनाउनु पर्ने आवश्यकता रहेको राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताएका छन् । कृषि पेशालाई व्यवस्थित र आधुनिकीकरण प्रविधिको प्रयोग गरेर अगाडी बढाउने पर्ने पनि उनले बताएका छन् ।

वीरेन्द्रनगरमा बुधबारदेखि शुरु भएको प्रदेश ६ स्तरिय कृषक अधिकार एवम् कल्याणकारी नीति पहिचान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले कृषि क्षेत्रलाई अगाडि बढाउनुको विकल्प नरहेको उल्लेख गरे । देशले अव आर्थिक क्रान्ति चाहेको भन्दै सबै नेपाली कृषि पेशालाई व्यवसायीकमुखी बनाउनु पर्नेमा जोड दिए ।

‘यो कृषि पेशालाई व्यवस्थित र आधुनिककरण गर्न नसके आफ्नो अस्तित्व नै मेटिएर जाने निश्चित छ’ अध्यक्ष श्रेष्ठले भने,–‘कृषि पेशालाई निर्वाहमुहि नभएर व्यवसायिकमुखि बनाएमा बेरोजगारी समेत काम गर्न सकिन्छ ।’ व्यवसायीक भएर कृषि पेशा अगाल्ने देशको बेरोजगारलाई हटाउन सकिने बताएका उनले आयोग स्थापित हुनु भनेको गर्वको विषय भएको बताए ।

आयोगले मुलुकका सवै नेपाली कृषकहरुको अधिकारको बारेमा बोल्न अघि सर्ने जानकारी दिएका उनले राज्यको पँहुचभन्दा तल रहेका कृषकलाई राज्यसंग जोड्ने पुलको रुपमा काम गर्दै आएको दावी गरे । आयोगले जनताको आवाजलाई केन्द्रिकृत गरेर राज्यको कानुन नीति नियम बनाउने अङ्गलाई झक्झक्याउने उनको भनाई छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले देशको आधा हिस्सा बोकेको कृषि परमुखी हुनु दुखद् भएको बताए । उनले अव परनिर्भर हैन आत्मनिर्भर हुने खालका योजनाहरु निर्माण गरेर अघि बढ्न आयोगलाई सुझाव दिए । गोष्ठीको पहिलो दिन राष्ट्रिय किसान आयोगका मदन थापाले किसान आयोगको परिचय र वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बिहिवार समापन हुने गोष्ठीमा प्रदेश ६ का कृषक अगुवा, किसान सञ्जाल, किसान संघ, महासंघ, सहकारी समिति, सरकारी तथा गैरसरकारी संघ संस्था लगायतका प्रमुख एवम् प्रतिनीधिहरु सहभागी छन् ।