☰ open Loading... 29 March 2024|  

अस्थायी शिक्षक आन्दोलित, माग सम्बाेधन गर्न सरकारलाई ज्ञापनपत्र
  | ७ असार २०७४, बुधबार २२:३०

सुर्खेत । विभिन्न माग राख्दै आन्दोलनरत अस्थायी शिक्षकहरुले ज्ञापन पत्र बुझाएका छन् । प्रदेश नम्बर ६ का अस्थायी शिक्षक संघर्ष समितिले बुधबार मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालयमार्फत आफ्ना ४ बुदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् । देशभरी नै आन्दोलन गरिरहेका अस्थायी शिक्षकहरुले विभेदकारी शिक्षक विज्ञापन खोरज गरेर हालसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई सेवा अवधि गणना गरी स्थायी गर्नुपर्ने माग राखेका छन् ।


यस्तै, परिक्षामा समावेश हुन नसकेको वा परीक्षाबाट बाहिरिएका अस्थायी शिक्षकहरुलाई उपदानको व्यवस्था गर्नुपर्ने, विज्ञापनबाट विस्थापित अस्थायी शिक्षकहरुलाई स्थापित गरेर स्थायी गर्नु पर्ने र आन्तरिक प्रतिस्पर्धामा भाग लिने अस्थायी शिक्षकहरुलाई विज्ञापन मितिदेखि परीक्षा सञ्चालन हुने दिनसम्म स्वअध्ययन विदा दिनु पर्ने माग राखेका छन् ।

क्षेत्रीय निर्देशकमार्फत प्रधानमन्त्री र शिक्षामन्त्रीलाई प्रदेश ६ का अस्थायी शिक्षकहरुको मागसहित ज्ञापनपत्र बुझाइएको अस्थायी शिक्षक संघर्ष समितिका सचिव मातृकाप्रसाद जैसीले जानकारी दिए ।

उनले लामो समयसम्म राज्य आफूहरुका मागप्रति निरिह बनेको भन्दै अवपनि सम्वेदनशिल नभए आन्दोलन चर्काउने चेतावनी दिए । प्रदेश ६ का सवै अस्थायी शिक्षहरुको भेलाले संघर्ष समिति गठन गरेर आन्दोलनमा लागेको उनको भनाई छ ।

प्रदेश ६ स्तरिय अस्थायी शिक्षक संघर्ष समितिको अध्यक्षमा प्रेम बहादुर खड्का (रुकुम)। उपाध्यक्षमा बेला थापा (सुर्खेत), सचिवमा मातृकाप्रसाद जैशी (दैलेख), सहसचिवमा विरबहादुर शाही र कोषाध्यक्षमा हेमा खाँण (कालिकोट) छन् । समितिले केन्द्रमा सञ्चालन भइहरेको अन्दोलनको समर्थन गरेर प्रदेशमा पनि आन्दोलन चर्काउने निर्णय गरेको सचिव जैसीले बताए ।