☰ open Loading... 19 April 2024|  

टिकट काटेरै ८० बाजलाई विमान यात्रा
  | २१ माघ २०७३, शुक्रबार ०७:५१

बाजहरुले भरिएको एतिहाड एयरलाइन्सको एक विमानको फोटो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भाइरल बनेको छ। वास्तवमा साउदी अरबका एक राजकुमारले ८० ओटा बाज विमानको सिटमा राखेर यात्रा गरेको खुल्न आएको छ ।

‘मेरो क्याप्टेन साथीले यो फोटो मलाई पठाएका हुन्,’ एक रेडिट प्रयोगकर्ताले बाजहरुले भरिएको विमानको फोटो राखेर लेखेका छन्। लगत्तै फोटो भाइरल बनेको थियो ।

साउदी अरब, कुवेत, कतारजस्ता देशमा बाज पाल्नु सामान्य कुरा हो। त्यसैले सो क्षेत्रका एयरलाइन्सहरुले विमानमा बाज साथमा लिएर यात्रा गर्न अनुमति दिन्छन् । तर बढीमा ६ ओटा मात्रै बाज लिएर यात्रा गर्न पाइने प्रावधान रहेको छ ।

उसोभए साउदी राजकुमारले ८० ओटा बाज विमानमा कसरी चढाए त ?

वास्तवमा ती व्यक्तिले बाजका लागि पनि सिट बुक गराएका थिए । बाज संयुक्त अरब इमिरेट्सको राष्ट्रिय पंक्षी पनि हो ।