☰ open Loading... 20 April 2024|  

हिमपहिरो र चिसोका कारण २० को मृत्यु
  | २३ माघ २०७३, आईतवार १४:३२

अफगानिस्तान । अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा व्यापक हिमबर्षापछि बढेको अधिक चिसो र हिमपहिरोका कारण पछिल्ला तीन दिन यता कम्तिमा २० जनाको मृत्यु भएको अफगानी अधिकारीले शनिबार बताएका छन् ।

मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा उक्त समयमा बिशाल हिमबर्षा भएको र थुप्रै स्थानमा दर्जनौ मानिसहरु हिउमा फसेका प्रान्तीय प्रशासनले जनाएको छ ।  वादखास्तान प्रान्तमा मात्रै दुई बालकबालिका, एक महिलासहित १८ जनाको हिम पहिरोमा परी मृत्यु भएको यहाँका प्रान्तीय प्रवक्ता नवीद फ्रोटानले बताए । उक्त क्षेत्रमा फसेका करिब ७० मानिसको उद्धारका लागि सरकारले व्यापक जनशक्ति परिचालित गरेको उनले बताए ।

हिम पहिरोले एक वस्तीका केही घरलाई पुरेको र घरका भग्नाबशेषभित्र दर्जनौ मानिस रहेको सूचनाका आधारमा उद्धार कार्र्य प्रभावकारी रुपमा भइरहेको उनले बताए ।

त्यसैगरी अफगानिस्तानकै सारीपुलको बाल्खव क्षेत्रमा हिम पहिरोमा पाँच जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा हिम बर्षाका कारण सडक आवागमनमा समेत व्यापक समस्या भएको बताइएको छ ।