☰ open Loading... 19 April 2024|  

काडाँचौरमा प्रमोद खरेलले जादु चलाएपछि…
  | १७ फाल्गुन २०७३, मंगलवार ०९:१३

ओई भुमा ओइ झुमा, झुमा झुम्काउवाली, चल बतास चल चल अझै बेगले चल, म विना कसै कसै लाई मुस्किल छ पोखरामा,  जादु चलायौ तिम्लीले, टुना चलायौ तिम्लीले, मुर्दाले पनि एकफेर शिर उठायो रे जब फुलबुट्टे चोलीको तुना चलायौं तिमीले भन्दै सुगम संगितका चर्चित गायक प्रमोद खरेलले दैलेख पर्यटन महोत्सब को पाँचौ दिन दैलेखको काडाँचौरमा  जादु नै चलाए ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा सायद प्रमोद खरेलकै जादु चलेरै हुनुपर्छ, महोत्सवका दर्शकहरुलाई थेग्न आयोजक र सुरक्षाकर्मीलाई हम्मे हम्मे मात्र भएन कयौं प्रहरीले पटक लाठी समेत गर्नु प¥यो ।

त्यसो त प्रमोदको एउटा गीतमा मात्र होइन महोत्सबका दर्शकहरु उनले गाएका सबै गीतमा धित मरुञ्जेल नाचे । प्रमोदका अधिकांश गीतमा युवा युवती, तन्नेरी, वृद्धवृद्धा समेत बेस्सरी नाचे । चारैतिरै दर्शकै दर्शक मञ्चमा एक्ला रहेका प्रमोदलाई दर्शकको हुटिङ्गले थुप्रै गीत दुई पटक गाउन प¥यो ।

दर्शकको वान्स मोर वान्स मोर भन्दै हुटिङ्ग गर्न थाले पछि गायक प्रमोद खरेलले दर्शकको आग्रहलाई अस्विकार  गर्नै सकेनन् । प्राय युवा युवतीहरुको चाहाना अनुसार उनले आफ्ना चर्चित गितहरु मार्फत दर्शक दिर्घामा तहल्कानै मच्चियो ।

प्रमोदले चल बतास चल चल अझै बेगले चल दर्शकहरुले रुमाल हल्लाउदै साथ दिए ।  दर्शकबाट प्रमोदले चर्चित गितहरु गाउदा युवा युवतिहरुको भीडमा बृद्धवृद्धा पनि कम्मर मर्काई मर्काई नाचिरहेका थिए । दर्शकहरु संगै महोत्सब आयोजक टिम पनि प्रमोद संगै मञ्चमै नाचे ।

दर्शकहरुको हुटिङ्गबीच प्रमोदले आफ्ना थुप्रै चर्चित गीतहरु गाउँदा पनि दर्शकहरुले वोन्समोर भन्न छोडेनन् । प्रमोदले प्राय माया प्रेमका गित गाउँदा थुप्रै दर्शकहरुले हुटिङ्ग संगै नाचेर साथ दिए । प्रमोदको हङ्गामा अघि चर्चित गायक विरही कार्कीको गितमा महोत्सवका दर्शकहरु पूरै झुमे । सुनखानीमा सुन भन्नेले जे भनुन उनी मेरै हुन जस्ता चर्चित गितहरु मार्फत विरही कार्कीले दर्शक लाई भरपुर मनोरञ्जन दिएका थिए ।

महोत्सबको पाचौ दिनमा दैलेखी कलाकार धिरेन्द्र शाहीको प्रस्तुती पनि धमाकेदा नै रह्यो । प्रमोदको हङ्गामा, विरही कार्कीको धमाकाले महोत्सवमा धुलो नै उडायो ।

यस्तै मध्यपश्चिम कला केन्द्र नेपालगंजको प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन दियो । साथै दैलेखका स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो । दैलेख पर्यटन महोत्सबका संयोजक विष्णु शर्माका अनुसार महोत्सबको पाँचौ दिन करिव २० हजार दर्शकले महोत्सब अवलोकल गरेको बताए ।

महोत्सबको छैठौ दिन आज चर्चित गायक तिलक बम मल्ल, एविसी टेलिभिजनको लोकदोहोरी टिमका कृष्ण कणेल र मिना लामा तथा चर्चित हास्य व्यङ्गग्य कलाकारहरु राजु मास्टर र बल्छी धुव्रैको धमाकेदार प्रस्तुती रहने कला संयोजक अविशेक अनुरागले जानकारी दिएका छन् ।