☰ open Loading... 19 April 2024|  

वर्ल्ड लिंकको इन्टरनेटमा ग्राहकले शुल्क छान्न पाउने
  | २० फाल्गुन २०७३, शुक्रबार १६:५७

वर्ल्ड लिंक कम्युनिकेसन्सले अब ग्राहकलाई आफैले शुल्क छनौट गरेर इन्टरनेट जोड्न पाउने सुविधा उपलव्ध गराएको छ।  यसका लागि ग्राहकले वर्ल्ड डलिंकमा एक कल फोन गरेर प्रतिनिधिलाई घरमै बोलाउन सक्ने छन् । प्रतिनिधिले ग्राहकको घरमै पुगेर चाहे अनुसारको इन्टरनेट फाइबरबाट उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

वर्ल्ड लिंकको फाइबर जडानमा सत प्रतिशतसम्म छुट र तीन महिनासम्म आइपिटिभी निशुल्क पाउने योजना कम्पनीले ल्याएको छ।  आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन ।

यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन् । कम्पनीका देशभर ६० हजारभन्दा बढीग्राहकछन् ।