☰ open Loading... 19 April 2024|  

एन्फा रेफ्री कोर्समा ३१ जना पास
  | २९ फाल्गुन २०७३, आईतवार १८:४९

सुर्खेत । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना एवं सुर्खेत जिल्ला फुटबल संघको समन्वयमा गत बुधबारदेखि सुरु भएको एन्फा रेफ्री कोर्शमा ३१ जना प्रशिक्षार्थी उत्तीर्ण भएका छन् । विभिन्न ७ जिल्लाका कूल ३५ जना सहभागीमध्ये ४ जना फेल भएका छन् । प्रशिक्षक सुरेन्द्र सिख्राकारले प्रशिक्षण दिएको प्रशिक्षणमा सुर्खेतका मिरा थापा उत्कृष्ट भएकी थिइन् ।

आइतवार प्रशिक्षणको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले सुर्खेतमा पहिलो पटक आयोजना भएको एन्फा रेफ्री कोशमा सहभागी भइ उत्तीर्ण हुन समेत सफल भएकोमा प्रशिक्षार्थीलाई शुभकामना दिएका थिए । यस्तै सहभागीका तर्फबाट ममता राईले पनि प्रशिक्षणबाट योग्य हुन सपल भएको बताइन् ।

सुर्खेत जिल्ला फुटवल संघका अध्यक्ष गोवद्र्धन खड्काको सभापतित्वमा समापन कार्यक्रम भएको थियोभने उत्तीर्ण सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । प्रशिक्षणको बुधवार एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कँुवरले उद्घाटन गरेका थिए । प्रशिक्षण जिल्लामै पहिलो पटक आयोजना गरिएको संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।