☰ open Loading... 20 April 2024|  

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न
  | १७ चैत्र २०७३, बिहीबार १८:४९

दैलेख । नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।  निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत सुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन सुरु भएको हो ।

द्वारीखोला आयोजनाको निर्माण कार्य तीन वर्षअघि सुरु गरिएको थियो । रु ७५ करोडको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख सौरभ अर्यालले जानकारी दिए ।

यस्तै ४.५ मेगावाट क्षमताको पादम खोला विद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । अवलपराजुलमा पाँच मेगावाट क्षमतको अर्को आयोजनाको निर्माण समेत सुरु गरिएको छ ।