☰ open Loading... 20 April 2024|  

मोदीको भेषमा गजुरेलले हंगामा मच्चाए
  | २२ चैत्र २०७३, मंगलवार ११:३८

दैलेख । माथिल्लो कर्णाली जलविद्युत आयोजना राष्ट्रहित विपरित जन जागरण अभियान अन्र्तगत गरिएको वृहत सांस्कृत कार्यक्रममा हास्य ब्यंग्य कलाकार मनोज गजुरेलले भारतिय प्रधानमन्त्रीको भेषमा तिखो प्रहार गरेका छन् । उनी मञ्चमा आएलगत्तै ताली र दर्शकको हुंटिगले गुन्जाएमान भएको थियो । भरिभराउ दर्शकहरु मोदी देख्ने वित्तिकै दंग समेत परे । मोदीकै शैलीमा कलाकार गजुरेलले भाषण गर्न थाल्दा हुटिगले भरियो ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको भेषमा दैलेखमा अभिनय गर्दै कलाकार मनोज गजुरेल ।

चर्चित कलाकारहरु जीवन शर्माले दैलेखमा आफ्नो प्रस्तुती राखे । कलाकार द्धय शर्मा र गजुरेलले दैलेखको स्थानीय खुला मञ्च टुडिखेलमा साँस्कृतिक कार्यक्रममा माथिल्लो कर्णाली स्वदेशी लगानीमै बनाउनुपर्छ भन्ने सन्देश सहितको प्रस्तुती देखाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली नेताहरुको भेषमा नाटक प्रस्तुत गरे ।

भारतले नेपालको सिमा मिच्ने जस्ता विभिन्न आपराधिक विषयमाथी तिखो प्रहार समेत मोदीका भेषमा रहेका कलाकार गजुरेलले गरे । भारतिय सेनाको गोली लागेर मृत्यु भएका गोविन्द गौतमसंगै त्यस वरपर रहेका नेपाली चेलीहरु माथी दिनहुँ जसो भारतीय सेनाले गर्ने अमानविय क्रियाकलाप बिरुद्ध उनीहरुले तिखो प्रहार गजुरेलले गरे ।

त्यस्तै सांगितिक प्रस्तुतीका माध्यामबाट हास्य कलाकार मनोज गजुरेलले नेपालमा रहेका दिल्लीवाला सिल्ली नेताको दिल्लीसंगको अपवित्र सम्बन्धले अपर कर्णाली बेचिएको प्रशंग जोडे । कार्यक्रममा नेपाली भू–भागमा भारतीय सुरक्षा बलले गरेको ज्यादतीलाई नाटकको माध्यमबाट प्रस्तुतले दर्शकहरु निकै भावबिहल भए ।

यसअघि महेन्द्रनगरमा भएको ज्यादती दैलेखीले सम्झे । माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान केन्द्रिय समितिको आयोजनामा दैलेखको स्थानीय खुला मञ्च टुडिखेलमा भएको सांस्कृतिक कार्यक्रमममा जन गाएक जिवन शर्माले थोरै पैसामा बन्ने महत्वपुर्ण आयोजना भारतलाई बुझाउन लागेकोमा आपत्ती प्रकट गरे । शर्माले सिमली छायामा बसी, फुक्लनिको टापुबाट जस्ता महत्वपुर्ण पुराना र चर्चीत गित गाएर दर्शकलाई नचाए ।