☰ open Loading... 19 April 2024|  

वर्ष २०७३ का सर्वाधिक १० चर्चित गीतहरु
  | ३१ चैत्र २०७३, बिहीबार १०:००

अहिले हामी २०७३ को लगभग अन्त्यमा आइसकेको छौ । अहिले नयाँ वर्ष २०७४ लार्इ भव्य स्वागत गर्न हामी प्राय सबै तैयार भैसकेको छौ होला । यस्तोमा २०७३ को धेरै कुराहरु सम्झना गर्न जरूरी छ , यहि सम्झनालार्इ सुरुवात दिने क्रममा आज हाम्रो पात्रो यहाँहरुमाझ २०७३ को उत्कृष्ट १० नेपाली गीतहरु यहाँहरुमाझ प्रस्तुत गर्दछ । यी गीतहरुलार्इ श्रोताहरुमाझ कै लोकप्रियताको आधारमा हामीहरुले प्रस्तुत गर्न गैरहेका छौ ।

यी १० गीतले बर्ष भरि कुनै न कुनै प्रभाव श्रोताहरुमाझ बनाइराखे , वर्षभरि यी गीतहरु हामी मध्य धेरै ले गुनगुनाएका छौ र पक्कै पनि यो बर्ष मात्र नभई अर्को बर्ष नि यसलाई गुन्गुनाउने छौ ।

१० कहिले भेट्ने खै
संगीत : अल्मोडा राना उप्रेती
शब्द : अल्मोडा राना उप्रेती
स्वर : अल्मोडा राना उप्रेती


“पानि पर्यो असिना झर्यो” का सफल गायक संगीतकार अल्मोडाको यसै वर्ष आएको अर्को गीत “कैले भेट्ने खै”को लिरिकल भिडियोलार्इ मात्र युट्युबमा २० लाख भन्दा धेरै पटक हेरिसकिएको छ । टाढा बसिरहेका प्रेमी प्रेमिकाहरुको लागि डेडीकेट गरिएको यो गीतको शब्दहरु स्वयम् अल्मोडा आफैले लेखेका हुन् । यो छोटो मीठो गीतले केहि समय पछी श्रोताहरुको थप माया पाउने हामीलाई बिस्वास छ ।

९ नाइँ मलाई थाहा छैन

संगीत : आशिष अविरल
शब्द : एकनारायण भण्डारी
स्वर : सन्जीब पराजुली र टिका प्रसाई


यो बर्षका गीतहरु मध्य थोरै समयमै श्रोताहरुले धेरै रुचाएको अर्को गीत हो “नाइँ मलाई थाहा छैन “ । सन्जिब पराजुली र टिका प्रसाइको गीत “नाइँ मलाई थाहा छैन” को क्लब मिक्सलार्इ चर्चित कार्टूनज क्रिउले आकर्षक भिडियोमा उतारेपछि यो गीतले थुप्रैलार्इ लट्ठ बनायो । उत्कृष्ट गीतमा कार्टूनज क्रिउको आकर्षक नृत्य र अलिशा राइको उपस्थिति यो गीत सफल बन्नुको कारण बन्यो ।

८ म नाचे

संगीत : दीपक शर्मा
शब्द : दीपक शर्मा
स्वर : पशुपति शर्मा र टिका पुन

 

ब्रासलेट फिल्मको उत्कृष्ट गीत “म नाचे” हरेक पक्ष बाट एउटा अव्वल गीत छ । युट्युबमा उल्लेखनीय चर्चा नपाए पनि बाहिर यो गीतको श्रोताहरुमाझ चर्चा प्रसस्तै छ । रमेश उप्रेतीको कम्ब्याक चलचित्र ब्रासलेटको यो गीत पनि बर्षको सर्वाधिक रुचाइएको गीतहरु मध्य एक हो ।

७ पिक्चर हिट

संगीत : दीपक शर्मा
शब्द : लेखु सहयात्री
स्वर : कृष्ण काफ्ले र सहिमा श्रेष्ठ


शिल्पा पोखरेल अभिनित चलचित्र “किस्मत २” को हिट गीत पिक्चर हिट पनि यो बर्ष धेरै भन्दा धेरै ठाउँहरुमा बज्ने गीतहरु मध्य एक गीत हो । यो उत्कृष्ट डान्स नम्बरलाई श्रोताहरुले गीतकै बोल जस्तै दिलमा नि फिट बनाए र मनमा नि फिट बनाए ,तसर्थ यो गीत यो बर्षको एउटा हिट गीत बन्न पुग्यो ।

६ देखन चम्पा

संगीत : दीपक शर्मा
शब्द : शान्तिप्रिय
स्वर : कृष्ण काफ्ले र दीपा श्री निरौला


यो सुचीमा ह्याट्रिक हान्दै छन् संगीतकार दीपक शर्मा ।चलचित्र छक्का पन्जाको रोमान्टिक ट्रयाक देखन चम्पा सुनन चम्पा यो वर्ष सर्वाधिक रुचाइएका गीतहरु मध्य पर्न सफल भयो । पश्चिमेली शब्द यो गीतको मुख्य आकर्षण थियो । मुख्यत दीपक राज गिरि र प्रियंका कार्की बीच छायांकन गरिएको यो गीतलार्इ सफल संगीतकर्मी अल्मोडा राना उप्रेतीले एरेन्ज गरेका हुन् भने उक्त गीतमा दीपक शर्माको संगीत र कृष्ण काफ्लेसंगै स्वयम् चलचित्र कि निर्देशक दीपा श्री निरौला को समेत आवाज सुन्न सकिनेछ ।

५ काले दाइ

संगीत :कोशिश क्षेत्री
शब्द : दिनेश राउत
स्वर : निश्चल बस्नेत र मिना निरौला

यो बर्षको सरप्राइज हिट गीत हो काले दाइ । रमाइलो शब्द र निर्देशक कलाकार निश्चल बस्नेतको उपस्थितिमा कोशिश क्षेत्रीको उत्कृष्ट संगीत ,यी सबैको मिश्रण गीत काले दाइलार्इ थोरै समयमा ८० लाख बढी दर्शकले हेरिसकेका छन् । पछिल्लो क्रममा थुप्रै बिबाह पार्टीमा बज्ने गीतहरुमा यो पहिलो नम्बरमा आउने गरेको छ ।

४ निर

संगीत : काली प्रसाद बास्कोटा
शब्द : काली प्रसाद बास्कोटा
स्वर : काली प्रसाद बास्कोटा


नेपाली संगीतप्रेमीहरुको मन मस्तिष्क बाट अघिल्लो बर्षको गीत जालमाले अझै राज गरिरहँदानै काली प्रसाद बास्कोटाको अर्को गीत निर आइदियो । चलचित्र पुरानो डुंगाको यो गीतलार्इ दर्शकले पूर्णाङ्क दिए । युट्युबमा यो गीतको लिरिकल भिडियोलार्इ मात्रै ७० लाखले सुनेका छन् ।

३ पुर्व पश्चिम रेल

संगीत : राजन राज सिवाकोटी
शब्द : राजन राज सिवाकोटी
स्वर : राजन राज सिवाकोटी र अन्जु पन्त

वडा नम्बर ६ को “सुर्के थैली खै “ले नेपाली सांगीतिक क्षेत्रमा एउटा नयाँ किर्तिमान बनाएपछि पक्कै पनि दीपक – दीपालाई त्यसपछिको आफ्नो चलचित्र छक्का पन्जाको लागि त्यहि स्तरको गीत बनाउन एक किसिमको दवाव पक्कै भएको हुनपर्छ र राजन राज सिवाकोटीको शब्द संगीत र स्वरमा बनेको यो उत्कृष्ट गीत पुर्व पश्चिम रेलले सोचेजस्तै भैदिएर उनीहरुको स्तर कायम मात्र नगरिकन छक्का पन्जाको सफलताको लागि पनि मदद पुर्यायो ।

२ ठमेल बजार

संगीत : काली प्रसाद बास्कोटा
शब्द : एकतारे र काली प्रसाद बास्कोटा
स्वर :कालीप्रसाद बास्कोटा , मिना निरौला र भानुभक्त ढकाल


यो बर्षको बहुप्रतिक्षित चलचित्र लूट २ को गीत “ठमेल बजार “ले छोटो समय मै यति लोकप्रियता पायो जुन सायाद कसैले सोचेको थिएन । अलिशा राइको दमदार डान्ससंगै कलाकारको स्टार भ्यालु र फेरी एकपटक जादुइ संगीतकार काली प्रसाद बास्कोटाको संगीत सबै यो गीतको पक्षमा रह्यो । ठमेल बजार छोटो समयमै, युट्युबमा धेरै पटक हेरिएको सुर्के थैली खै पछिको दोस्रो गीत बन्न पुगेको छ ।

१ साइली

संगीत : काली प्रसाद बास्कोटा
शब्द : कलि प्रसाद बास्कोटा र हिमाल साउद
स्वर : हेमन्त राना


“सुन साइली परदेशबाट म आउला , सुन साइली ४० कटेसी रमाउला “ सायद यी शब्दको मर्म थुप्रै नेपालीको जीवनसंग मेल खाने भएकाले नै हुनपर्छ केहि समय अघि मात्र रिलिज भएको हेमन्त शर्माको साइलीले अपार सफलता पायो । लगभग १ करोड पटक हेरिन लागिएको यो गीतको भिडियो भन्दा अगाडी आएको लिरिकल भिडियो पनि ४५ लाख माथि श्रोताले हेरिसके । जादुइ संगीतकार काली प्रसाद बास्कोटाको संगीत रहेको यो गीतले यो बर्ष मात्र नभइ सधैको लागि नेपाली श्रोताहरुको मनमा ठाउँ बनाएको छ ।