☰ open Loading... 19 April 2024|  

रुकुम बस दुर्घटनामा चार गम्भीर घाइते
  | १२ बैशाख २०७४, मंगलवार ०६:५८

रुकुम । जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गाबाट चौरजहारी नगरपालिका जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् । चौरजहारी नगरपालिकाको नुवाकोट जाँदै गरेको ग १ ख ४२४५ नम्बरको जिप मुसिकोट नगरपालिका–४ बोहोरागाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–१० का २६ वर्षीय दुर्गाबहादुर खड्का, मुसिकोट नगरपालिका–११ का ३५ वर्षीय नैन पुन, २५ वर्षीया गीता पुन ओली र २७ वर्षीया गीता खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए । घाइतेमध्ये गीता पुन ओलीको अवस्था जटिल रहेकाले थप उपचारका लागि नेपालगन्ज रिफर गर्ने तयारी भइरहेको उनले बताए । ओरालोमा गाडीको ब्रेक फेल भएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।