☰ open Loading... 18 April 2024|  

मध्यपश्चिममा महिला डाक्टर न्यून
  | १३ बैशाख २०७४, बुधबार ०९:१९

सुर्खेत। वीरेन्द्रनगर १३ की अनिता सुनार यसअघि दुईपटक मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउ“ पुगिन् । त्यहा“ स्त्रीरोग विशेषज्ञका रुपमा कार्यरत पा“चै जना डाक्टर पुरुष देखेपछि उनी आफ्नो समस्या बताउन नसकेर रित्तै फर्किइन् । विपन्न परिवारकी उनी पुरुष डाक्टरसंग खुल्न सकिनन् ।

एक वर्षदेखि यौनरोगसम्बन्धी समस्याबाट पीडित उनले भनिन्, ‘मन जति दरिलो पारेपनि पुरुष डाक्टरसंग सबै कुरा भन्न सकि“दोरहेनछ ।’ डाक्टर जानुका गैरेसंग मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सोमबार स्वास्थ्य जाँच गराएपछि अनिता प्रफुल्ल्ति हुँदै बाहिरिइन् । ‘डाक्टर्नीसंग देखाए“ । औषधि के खाने लेखिदिनुभो’ पे्रस्किप्सन देखाउँदै भनिन्, ‘एक महिनापछि फेरी चेकअपको लागि बोलाउनुभाँछ ।’

मध्यपश्चिम क्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टसहित पाँच जना डाक्टर स्त्रीरोग विशेषज्ञ छन् । तिनीहरु सबै पुरुष हुन् । पुरुष डाक्टरसंग विपन्न, ग्रामिण भेगका महिलाहरु खुलेर स्वास्थ्य समस्या बताउन सक्दैनन् । एमबीबीएस अध्ययन पुरा गरेर दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने शिक्षा मन्त्रालयको प्रावधानका कारण काठमाडौंकी जानुका आठ महिना अघि सुर्खेत आएकी हुन् । उनीसंगै ललितपुरकी सबिना मर्हजन पनि क्षेत्रीय अस्पतालमा कार्यरत छिन् ।

दुर्गमका थुपै्र महिलाहरुमा पुरुष डाक्टरसंग आफ्नो समस्या खुलाउन नचाहने प्रवृत्ति छ । दुरदराज, ग्रामिण र अशिक्षित परिवारका महिलाहरुमा बढी लजाउने समस्या छ । ‘बिरामीहरुमा पनि डाक्टर भनेपछि पुरुष नै हुन्छन् भन्ने मान्यता रहेछ’ डा.सबिनाले अनुभव सुनाइन्, ‘आफूकहाँ आउने बिरामीसमेत खोई डाक्टर भन्छन् । मै हुँ भन्दा पत्याउ“दैनन् ।’ यस्तो समस्या अन्त्यका लागि आम सर्वसाधारणको चेतनास्तर बढ्नुपर्ने उनको बुझाई छ ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न सरकारी स्वास्थ्य संस्थामा गरी मध्यपश्चिममा १४ जना महिला डाक्टर छन् । महिला डाक्टरको यो संख्या ज्यादै न्यून हो ।

सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गरेकाहरुले कम्तीमा दुई वर्ष दुर्गममा अनिवार्य सेवा गर्नुपर्ने व्यवस्थाका कारण पछिल्लो समय मध्यपश्चिमको विकट हुम्ला जिल्लासम्म महिला चिकित्सक पुगेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा समेत महिला चिकित्सक छैनन् । प्रतिष्ठानले एचए, एएनएम, सिएमए पढाउँदै आएको छ ।