☰ open Loading... 20 April 2024|  

एमालेले बैतडीका सबै स्थानका उम्मेदवारको टुङ्गो लगायो
  | १३ बैशाख २०७४, बुधबार १४:४४

बैतडी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटीले १० वटै स्थानका उम्मेदवारको टुङ्गो लगाएको छ । दशरथचन्द नगरपालिकामको प्रमुखमा देवदत्त भट्ट र उपप्रमुखमा सरस्वती नेपाली, पाटन नगरपालिको प्रमुखमा नरेस विक र उपप्रमुखमा जानकी अवस्थी, मेलौली नगरपालिकाको प्रमुखमा जगदीश नायक र उपप्रमुखमा मानमती भट्ट तथा पुर्चौडी नगरपालिकाको प्रमुखमा कर्णबहादुर कुँवर र उपप्रमुखमा जानकी साउदको नाम सिफारिस गरिएकोे हो ।

यसैगरी सिगास गाउँपालिकाको अध्यक्षमा जसवीर बोहरा र उपाध्यक्षमा भृकुटी चन्द, डिलासैनी गाउँपालिकाको अध्यक्षमा ओकेन्द्र बोहरा र उपाध्यक्षमा पार्वती राना, दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा चक्र कार्की र उपाध्यक्षमा पार्वती कार्की, सुर्नया गाउँपालिकाको अध्यक्षमा नरेन्द्र विष्ट र उपाध्यक्ष लिलावती विष्ट, शिवनाथ गाउँपालिकाको अध्यक्षमा भरत मडै र उपाध्यक्षमा कुश्मा चन्द तथा पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा बिना भट्टको नाम सिफारिस गरेको जनाइएको छ ।

नेकपा ९माओवादी केन्द्र०ले यसअघि नै १० वटै तहका उम्मेदवारको टुङ्गो लगाइसकेको छ तर नेपाली काँगे्रसमा भने उम्मेदवारका आकाङ्क्षी बढी देखिएकाले सकस भएको छ ।