☰ open Loading... 19 April 2024|  

स्थानीय निर्वाचनमा राप्रपा पहिलो स्थानमा पुग्छ : जबरा
  | १४ बैशाख २०७४, बिहीबार १९:०८

पञ्चपुरी (सुर्खेत) । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमसेर राणाले अब हुने वैशाख ३१ गतेको निर्वाचनमा राप्रपा पहिलो शक्ति हुने बताएका छन् । पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता राणाले देशको राजनीतिक इतिहासमा देशले भोगिरहेको संकमण कालिन अवस्थालाई अन्त्य गर्नका लागि राप्रपा नयाँ शक्तिको रुपमा रहेको बताएका हुन् ।

उनले भने, ‘मुमलुक संकटग्रस्त अवस्थामा छ । त्यसैले राप्रपा बाहेक अन्य पार्टीले चिर्वाचन जितेमा जनताले भविष्यमा पछुताउनु बाहेक अरु केही केही हु्ने छैन ।’ नेपालमा भएका भ्रष्टाचारलाई बृद्धि गर्नका लागि तीन ठूला दलले प्रमुख भूमिका खेलेको आरोप राणाको थियो ।

‘बाढी पीडितहरु करिब साढे तीन वर्षदेखि पाल मुनी र भूकम्प पीडितहरुको दैनिक कष्टकर बन्दैछ’ राणले भने,–‘यी दलहरुले किन काम गर्न सकेनन् त्यो नेपाली जनताको अगाडि छर्लङ्ग छ । त्यसैले देशको सीमा रक्षा गर्नेदेखि धर्मको रक्षा गर्ने कार्यको जिम्मेवारी राप्रपाको काँधमा आएको छ । त्यसको रक्षा गर्न सम्पूर्ण सचेत नागरिकहरुले राप्रपालाई साथ दिन जरुरी छ ।’

काँग्रेसले लिएको समाजवादको म्याद सकिएको औषधी जस्तो भएको बताएका उनले राप्रपाले जितेका स्थानहरुमा कुनै पनि शिक्षक एवम् कर्मचारी राजनीतिक दलिय करण हुन नपाउने र जनताको सेवा निस्वार्थ रुपमा गर्न लगाउने नीतिका साथ आफूहरु अगाडी आएको दावी गरे । ‘लोभ लालच देखाएर धर्म परिवर्तन भइरहेको छ त्यसलाई पूर्ण रुपमा निषेध गर्नका लागि राप्रपा अगाडि बढिरहेको छ तर कुनै पनि धर्मलाई भेदभाव नगरी सबै धर्मको संरक्षण गर्ने कार्य गर्दै राष्ट्रियता जोगाउने एक मात्र पार्टी राप्रपा भएको जिकिर थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य कोमल वलीले दोस्रो जनआन्दोलन पछि देश ठूला भनाउँदा राजनीतिक दलहरुले गणतन्त्र नभई छाडातन्त्रमा परिणत गरिसकेको आरोप लगाइन् । ‘हाम्रो धर्म, संस्कृतिको रक्षा गर्दैै देशको सीमा रक्षाका लागि एउटा फरक राजनीतिक दलको आवश्यक महसुस गरेकै कारण राप्रपाले गति लिएको हो’ उनले भनिन्,–‘अब राप्रपाको अभियान देशवासीको अभियान भएकोले सबै सचेत नेपाली नाागरिकहरु यसमा जोडिन म आग्रह गर्दछु ।’

राप्रपाको प्रमुख एजेण्डा स्थानीय तहको निर्वाचन भएकोले जीत हार भन्दा पनि राप्रपा जित्नको लागि अगाडि बढिरहेको बताएकी ओलीले यो निर्वाचनबाट नेपाली जनताले आफ्नो अधिकारको लागि स्पष्टताका साथ भोट हाल्ने र त्यो भोट गाई चिन्हमा हाल्नेमा आफू विश्वस्त रहेको बताईन् । पार्टीका पूर्व सहायक मन्त्री मुकुन्द श्याम गिरीले हाम्रालाई भन्दा पनि राम्रालाई नेपाली जनताले विश्वास गर्नेमा आफू विश्वस्त रहेको बताए । संवैधानिक व्यवस्था अनुसार निर्वाचन हुन नसके देशले ठूलो दुर्घटना भोग्नु पर्ने गिरीले बताए ।

सभामा राप्राप सुर्खेतका क्षेत्र न.३ अध्यक्ष कर्ण ब. रेगामि, नेता कबिराम पुरी, जिल्ला अध्यक्ष मान बबहादुर खड्काले सम्बोधन गरेका थिए ।