☰ open Loading... 19 April 2024|  

एन्फा लिग फुटबल प्रतियोगितामा १७ क्लव सहभागी हुँदै
  | १५ बैशाख २०७४, शुक्रबार १७:०४

सुर्खेत  । सुर्खेत जिल्ला फुटवल संघको आयोजनामा बैशाख १६ गतेदेखि सुरु हुन  लागेको जिल्लास्तरीय एन्फा लिग फुटवल प्रतियोगितामा हालसम्मकै सर्वाधिक क्लवहरुको सहभागिता रहने भएको छ । जिल्लाको फुटवल इतिहासमै पहिलो पटक १७ वटा स्थानीय क्लवहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नयाँ तथा पुराना गरी १७ वटा क्लवहरुले भाग लिएको संघका महासचिव गणेशकुमार कार्कीले जनाए । १७ वटा क्लवलाई ४ समूहमा विभाजन गरिएको छ । समूह क मा साविक विजेता साथी खोर्के (स्काई), खजुरा युवा क्लव, एवीसी युथ क्लव र न्यू जेनेरेशन स्पोर्टस क्लव छन् ।

समूह खमा व्वाईज युनियन, बुद्धपथ स्पोर्ट्स क्लव, शिरमोर युवा क्लव र जिअल क्लव छन् । यस्तै समूह ग मा बावियाचौर स्पोटर््स क्लव, का“क्रेविहार क्लव, लखन युवा क्लव र सिद्धपाइला स्पोर्टस क्लव छन भने समूह घ मा साविक उपविजेता वीरेन्द्रनगर स्पोटर््स क्लव, न्यू स्टार, शिवविहार पुस्तकालय, कालिमाटी समाज सुधार क्लव र सिर्जनशील युवा क्लव रहेको महासचिव कार्कीले जानकारी दिए ।

शनिवारको उद्घाटन खेल एवीसी र साथी खोर्केवीच हुनेछ । पहिलो चरणमा लिग र दोस्रो चरणबाट नकआउटका आधारमा खेल हुनेछ । यस वर्षको जिल्ला लिग विजेता टोलीले हालसम्मकै सर्वाधिक ५१ हजार तथा उपविजेता क्लवले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने बताइएको छ ।

लिग विजेता क्लवले जिल्ला लिग विजेताको उपाधिसंगै बढुवाका लागि क्षेत्रीयस्तरको छनौट प्रतियोगितापनि खेल्न पाउने भएकाले यस वर्षको प्रतियोगिता क्लव तथा खेलाडी दुबैका लागि महत्वपूर्ण रहेको उनको भनाई छ । सुर्खेतमा फुटबलप्रति दर्शकको आकर्षण तथा खेलाडीहरुको मनोवल बढाउनका लागि यस वर्षपनि सेमिफाइनल चरणबाट टिकट प्रणाली लागू गर्ने योजना बनाइएको महासचिव कार्कीको भनाई छ ।