☰ open Loading... 20 April 2024|  

२७ करोडको लगानीमा सुर्खेतमा थ्रिस्टार होटल सञ्चालन
  | २१ बैशाख २०७४, बिहीबार १२:५८

सुर्खेत । मध्यपश्चिमको राजधानी सुर्खेतमा सुविधा सम्पन्न शुभ होटल संचालनमा आएको छ । २७ करोड लगानी गरेर संचालनमा आएको शुभ होटल औपचारीक रुपमा संचलान भएको हो ।

तस्वीर सौजन्य भरतबन्दु थापा

उनले भने मध्यपश्चिमा आउने पर्यटकहरु सुविधासम्पन्न होटल नहुुदा दुख पाउने गुनासो अव नहुने होटल संचालक एव क्षेत्रिय उद्योगबाणिज्य संघका अध्यक्ष पदम शाले बताए । शुभम होटलमा ६० डिलक्स रुम, स्वीट रुम १३, रेष्टुरेन्ट, बार, सेमिनार हल र बैठक हल गरी ५ वटा, १०० वटा गाढी पार्किङ, विवाह मण्डप, पार्लर, लिफ्ट तथा स्वीमिङ्ग पुल लगायतका सुविधा रहको संचालक पदम शाहीले बताए ।

तस्वीर सौजन्य भरतबन्दु थापा

सुुर्खेत सदरमुकाम नजीकै यती ठुलो पार्कीग क्षमता भएका होटलहरु नहुदा विवाह, पार्टी तथा कुनै पनी सेमीनार गर्दा पार्कीगको समस्या हुने गरेको थियो , अव त्यो समस्या नहुने दावी गरे । पर्यटकीय सम्भावाना भएर पनी लगानीको सुरक्षीत अनुभुती नगरेका सुर्र्खेतका ब्यबसायीहरु विस्तारै होटलको लगानी तर्फ आकर्षित भएका छन् ।

तस्वीर सौजन्य भरतबन्दु थापा

सुर्खेत भएर भेरी तथा कर्णालीका पर्यटकीय क्षेत्र तर्फ पर्यटकको आगमन बढ्नुका साथै सुर्खेतमै ठुला ठुला कार्यक्रमहरु संचालन हुन थालेपछी होटल लगानी तर्फ आकर्षीत भएको होटलका संचालक एव उद्योग बाणिज्य संघक केन्द्रिय सदस्य टेकबहादुर भण्डारीले बताए ।

स्थलमार्ग हुदै कर्णाली जाने यात्रुहरु सख्या दिनदिन बढ्नु र सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुनुले होटल संचालन गर्न उत्साही भएको संचालक भण्डारीले बताए । ६ नम्बर प्रदेशको सम्भावित राजधानी, कर्णाली अञ्चलको प्रवेशमार्ग तथा मध्यपश्चिमका अधिकाश क्षेत्रिय कार्यलहरु सुर्खेतमा भएका कारण पनी होटल ब्यबसाय तर्फ आकर्षित भएको शाहीले बताए ।

तस्वीर सौजन्य भरतबन्दु थापा

क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश उपे्रति र उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य टेकबहादुर भण्डारीको संयुक्त लगानीमा शुभ होटल संचालमा आएको । आफुहरुले संचालन ल्याएको होटल पुर्णरुमा भूकम्प प्रतिरोधी र अपांगमैत्री तरिकाले होटल निमार्ण गरेको दावी गरेका छन् ।