☰ open Loading... 18 April 2024|  

एन्फा फुटवल प्रतियोगिता : सिर्जनशील विजयी
  | २२ बैशाख २०७४, शुक्रबार १७:१२

वीरेन्द्रनगरमा जारी जिल्लास्तरीय एन्फा लिगमा नवप्रवेशी सिर्जनशील युवा क्लवले पहिलो जीत निकाल्दा पुरानो क्लव शिवविहार भने अंकविहीन बनेको छ ।

आज विहान भएको १२ औं खेलमा शिवविहारलाई १ काविरुद्ध ४ गोलले पन्छाउँदै सिर्जनशीलले आप्mनो बलियो उपस्थिति देखाउँदा शिवविहार २ खेलमा जम्मा १ गोल गर्दै अंकविहीन बनेको हो ।

खेल शुरु भएको तेश्रो मिनेटमै उज्जवल वलीका गोलमा अग्रता लिएर खेलमा दबाव बनाउने शिवविहारको आशा चौथो मिनेटमै तोडियो ।

सिर्जनशीलका लागि यामबहादुर सिंजालीले चोथौं मिनेटमै बराबरी गोल फर्काउँदा ४० औं मिनेटमा विजय शाहीको गोलमा अग्रताको मौका पायो ।

लगत्तै ४६ मिनेटमा नवीन थापा र ६१ औं मिनेटमा फेरि यामबहादुरले व्यक्तिगत दोश्रो गोल थपी कूल गोल संख्या ४ पुर्याएपछि भने खेल र नतिजा उल्ट्याउने शिवविहारको पूरै प्रयास असफल हुनपुग्यो ।