☰ open Loading... 18 April 2024|  

दैलेखमा काँग्रेसद्वारा शक्ति प्रर्दशन
  | २७ बैशाख २०७४, बुधबार १३:२५

दैलेख । नारायण नगरपालिका दैलेखमा स्थानीय तहको चुनावी सभामा काँग्रेसले शक्ति प्रर्दशन गरेको छ । दैलेख बजारमा काँग्रेसले सवै वडाबाट आफ्ना कार्यकर्ता झारेर शक्ति प्रर्दशन गरेको हो ।


काँग्रेसले सवै कार्यकर्तालाई जुलुशमा सहभागी गराई स्थानी टुडीखेलमा भएको आम सभामा सहभागी गराएको थियो । नारायण नगरपालिकामा ११ वडा छन् । चुनावी दिन नजिकिदै गर्दा काँग्रेसले जिल्लाभरका स्थानीय तहमा आम सभाका कार्यक्रमहरु राखेको छ । जिल्लामा ११ स्थानीय तह छन् । नारायण नगरपालिकामा भएको सभामा आएका कार्यकर्ताको जुलुशले बजार ढाकेको थियो ।

गाँउगाँउबाट आफ्ना कार्यकर्ताहरु उत्तारेको काग्रेसका नगर निर्वाचन प्रचारप्रसार समितिका अध्यक्ष यामबहादुर मल्लले बताए । बाजागाजासहित बजारको चोकचोकबाट जुलुश निस्किएको थियो । काँग्रेसले सभामा नगरका ५ हजार कार्यकर्ता सहभागी भएको दावी गरेको छ ।

सभाका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्माले काँग्रेसले नारायण लगायत सवै स्थानीय तहमा आफ्नो विजय सुनोचित भएको उद्घोष गरे । उनले जनताले जिल्लामा एमालेलाई हेरीसकेका अव, काँग्रेसको पालो कुरेर बसेका बताए । łविकासमा अग्रणी भुमीका खेलेको काँग्रेसबाट विकास सम्भव मतदाताहरुले देखेका छन् ।

‘नेता शर्माले भने, सवैलाई गाँसेर काँग्रेस अघि बढ्छ त्यसैले अहिले पहाडमा काँग्रेसलाई भोट दिने पक्षमा लहर छ ।’ यसअघि आठविस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र ठाँटिकाँध गाँउपालिका, नौमुले गाँउपालिका, महावु गाँउपालिकामा चुनावी सभाहरु सकिएको छ ।

नारायणमा काँग्रेसबाट मेयरमा मणिराम रेग्मी र उपमेयरमा बासना थापाको उम्मेदवारी छ । एमाले र एमाओवादी केन्द्रबाट १ सयबढी नेता÷कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको काँग्रेसले जनाएको छ ।