☰ open Loading... 19 April 2024|  

कतै मर्यादित, कतै तनावका विच सकियो दैलेखमा मतदान
  | ३१ बैशाख २०७४, आईतवार १९:२१

दैलेख । स्थानीय तहको मतदान जिल्लाका धेरै स्थानमा उल्लासमय भएपनि केही स्थानमा तनावपूर्णविच सकिएको छ । मतदाताहरु उत्साहजनक उपस्थितीविच दैलेखमा निर्वाचन सकिएको छ । धेरै स्थानमा मतदान शान्तिपूर्ण मर्यादित भएको जनाईएको छ । तर, छिटफुट रुपमा दिनभर केही मतदान केन्द्रमा तनावविच सकिएको छ । यसपटक सुरक्षा सर्तकता अपनाउनुपर्ने मतदान केन्द्रमा घटना हुन पाएनन् । माओवादी विप्लव समुह भन्दा पनि फर्जी मत हालेको विषयलाई लिएर काँग्रेस एमालेकै कार्यकर्ताहरु आपसी झडपमा उत्तेको पाईएको छ ।

भैरवी गाँउपालिकामा मतदान स्थलमा विरामी बोकेर मतदानका लागि लैजादै ।

विहान ७ बजे भैरवी गाँउपालिकाको डोक्रामा फर्जी मत हालेको विषयलाई दिएर दिनभर काँग्रेस एमालेविच विवाद भयो । झडपमा दुई जना घाईते समेत भए । त्यस्तै, चामुण्डाविन्द्रासैनी नगरपालिकाको बस्तीकोटमा फर्जी मतकै विषयलाई लिएर आधा घण्टा मतदान नै रोकियो जनाईएको छ । दुल्लुनगरपालिकाको छिउँडीपुसाकोट फर्जी मतकै विषयलाई लिएर काँग्रेस एमालेका कार्यकर्ताहरु आपसमा लडे ।

३ जना घाईते भएको त्यहाँ पुगेका पत्रकार सुर्य विकले जानकारी दिएका छन् । सामान्य छलफलमै नारायण नगरपालिका –६ काँडाचौर मतदान केन्द्रबाट एमाले यूवाहरुले काँग्रेस यूवा सुशिल केसीलाई १ किलोमिटर लखेटेर घरमै लुक्दा समेत बाहिर निकाले गम्भिर कुटपिट गरे । घाईते केसीको टाउको चोट लागेको आफन्तले जनाएका छन् ।

भैरवीको डोक्रामा विहान ७ वजे काँग्रेस एमाले झडपपछि मतदान स्थलको सुरक्षा घेरा तोडफोड भएको थियो । ३ घण्टापछि फेरी त्यहाँ मतदान भएको दैलेख प्रहरी प्रवक्ता ऐकेन्द्र खड्काले जानकारी दिए । दिउँसो त्यहाँ सामान्य विवादहरु भइरहेको जनाईएको छ । दिउँसो दैलेखका भैरवी गाँउपालिका, दुल्लुनगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिकामा घटनाहरु हुन थालेपनि नेपाली सेनाको हेलिकप्टरले हवाई गस्ति समेत गरेको थियो ।