☰ open Loading... 25 April 2024|  

भेरीगंगाको प्रमुखमा ७५४३ मत ल्याएर चन्द विजयी
  | ५ जेष्ठ २०७४, शुक्रबार १७:४६

९३ वडाको नतिजा सार्वजनिक

सुर्खेत । वीरेन्द्रनगरपछिको तेस्रो ठुलो नगरपालिका भेरीगंगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका भुपेन्द्रबहादुर चन्द विजयी भएका छन् । चन्दले ७ हजार ५४३ मत ल्याएर विजयी भएका हुन् । उनका निटतम प्रतिद्वन्द्वी यज्ञप्रसाद ढकालले ७ हजार ३८४ र नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद गिरीले १ हजार ६३६ मत ल्याए पराजित भएका छन् ।


भेरीगंगाको उपमेयरमा पनि नेपाली कांग्रेसकै रेणु ढकालले ७ हजार ५७४ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रा आचार्यले ७ हजार २९७ र नेकपा माओवादी केन्द्रका डिलसरा थापाले १ हजार ६९८ मत ल्याइन् । १३ वडा रहेको भेरीगंगामा नेपाली कांग्रेसले ८, एमालेले ४ र नेकपा माओवादी केन्द्रले १ वडामा जितेको छ ।

भेरीगंगाको जितसंगै सुर्खेतका ९ स्थानीय तह मध्य पाँचमा कांग्रेस र ३ तहमा एमाले विजयी भएको छ । ९९ वडा मध्य ९३ वडाको नतिजा सार्वजनिक भइसकेको छ । यी मध्य नेपाली कांग्रेसले ४४, एमालेले ४०, माओवादी केन्द्रले ८ र स्वतन्त्रले एक वडामा जितेका छन् । मत गणना बाँकी रहेका वीरेन्द्रनगरका ६ वडाको नतिजा समेत अवको दुई दिन भित्र सार्वजनिक हुने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।