☰ open Loading... 20 April 2024|  

दाङका दश स्थानीय तहमा शान्तिपूर्ण रुपमा मनाेनयन दर्ता
  | ४ असार २०७४, आईतवार १७:१२

दाङ । स्थानीय तहको निर्बाचनका लागि दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँ पालिकामा उत्साहका साथ मनोनयन दर्ता भएको छ ।

दाङका दशबटै स्थानीय तहमा आफ्नो बर्चश्व देखाउन ठुला दल नेपाली काग्रेस, नेकपा एमाले र माओबादी केन्द्रले नेकपा एमाले र माओबादी केन्द्रले जुलुस बाजाघाजा र आ आफ्नो पहिचान देखाउदै मनोनयन दर्ता गरेका छन् । राप्रपा, राष्ट्रिय जनमोर्चा, नयाँ सक्ति, नेकपा माले र नेकपा क्रान्तिकारी माओबादी (बैद्य) ले समेत घोराही र तुलसीपुरमा मेयर उपमेयरका साथै केही वडामा उमेद्बारी दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारी

जिल्लाभर सौहाद्रपूर्ण रुपमा मनोनयन दर्ता भईरहदा घोराही उप महानगरपालिकाको उपमेयरमा नेपाली काग्रेसका ठाकुर महराले स्वतन्त्र रुपमा उमेद्बारी दर्ता गराएका छन् । यस्तै लमही नगरपालिकाको मेयरमा नेपाली काग्रेसकै डिल्ली बहादुर खड्का र गढवा गाउपालिकामा नेपाली काग्रेसकै डिल्लीराज आचार्यले मेयर पदमा स्वतन्त्र उमेद्बार दर्ता गराएका छन् ।

जिल्लाका अन्य केही वडामा पनि छिटफुट रुपमा नेपाली काग्रेस र एमाले समर्थकले स्वतन्त्रका नाममा बाघी उमेद्बार उठाएका छन् । पार्टीहरुले उनीहरुले उमेद्बारी दर्ता गरी फिर्ता नलिए तत्काल कारबाही गर्ने जनाएका छन् ।