☰ open Loading... 25 April 2024|  

सुन्दर गुराँस गाउँ निर्माण गर्न यस्ता छन् ‘कार्यपालिकाका निर्णय’
  | ५ असार २०७४, सोमबार १५:२६

सुर्खेत । दैलेख सदरमुकादेखि दक्षिणमा पर्ने गुराँस गाउँपालिकाको विकासका लागि करिव एक दर्जन वटा महत्वकाक्षी नीतिगत योजना अघि सारिएको छ । गाउँकार्यपालिकाको पहिलो वैठकले विकासका लागि नीतिगत निर्णयहरु अघि सारेको हो ।

जीवन सुरक्षा, कृषि, पशुपालन, पर्यटन विकास, स्वास्थ्य, सुशासनलाई प्राथमिकता दिइएको गाउँकार्यपालिकाका सदस्य हिमबहादुर ओलीले जानकारी दिए । गाउँकार्यपालिकाका अध्यक्ष खेमराज ओलीको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रुपमा भौतिक विकासदेखि सामाजिक विकाससम्मका योजनाअरुलाई क्रमैसँग सम्वोधन गर्नेगरी निर्णय गरिएको छ ।

अव जीवन सुरक्षा कार्यक्रमअन्तर्गत गुराँस गाउँपालिकामा बच्चा जन्मिानासाथ बच्चाको नाममा बैँकमा दुई हजार रुपैयाँ जम्मा गरिनेछ । यस्तै, स्वामित्व र दायित्व रहनेगरी एक वडा–एक उत्पादन, एक वडा–एक पशुपालन फर्म सञ्चालन ल्याउने नीतिगत योजन अघि सारिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।

अध्यक्ष ओलीकाअनुसार अव गुराँस गाउँपालिकाका जोसूकैले आफ्नो घर बनाउँदा १० वटा फलफूलका विरुवा अनिवार्य रुपमा लगाउनुपर्नेछ ।  गाउँ कार्यपालिकाको वैठकले किसानलाई मल र विऊको सहज उपलव्धता गराउने, ६० वर्षमाथिका विपन्न दिर्घरोगीलाई निःशुल्क औषधिको उपलव्धता गराउने, पर्यटन विकास र सहिदको सम्मानका लागि सहिद गेट निर्माण गर्ने, गैरसरकारी संस्थाको कामलाई व्यवस्थित गराउन छुट्टै हेल्प डेक्स निर्माण गर्ने तथा गुराँस उज्यालो कार्यक्रम लागू गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै, सेप्टी गुराँसे धरमपोखरा गुँरास मध्यमार्गी सडक निर्माणको लागि पहल थाल्ने तथा सबै क्षेत्रमा सु–शासन कायम गर्ने निर्णय भएको जनाइएको छ ।