शिक्षकलाई जिल्ला शिक्षा अधिकारीको चिठी

        ललित विक्रम सिंह   |   प्रकाशित मितिः शनिबार, भदौ १८, २०७३     5:50:03 PM

आदारणीय सरहरु नमस्कार  । सर्वप्रथम यस जिल्लाको शैक्षिक विकास र उन्नयनका लागि यहाँहरुले निर्वाह गर्नु भएको गरिमामय भूमिका र योगदानको उच्च मूल्यांकन गर्न चाहन्छु ।

edu
साथै जिल्लाको शैक्षिक विकास र रुपान्तरणका लागि अहोरात्र खटेर आफ्नो जिम्मेदारीलाई शिरोपर गरी विद्यार्थी र विद्यालयप्रति समर्पित भइ भविश्यका कर्णधारहरुको भविश्य निर्माणको महान कार्यमा तल्लिन रहने शिक्षक शिक्षिकाहरुलाई अन्तर मनदेखि सम्मान प्रकट गर्न चाहन्छु ।

श्ैक्षिक विकास नै समग्र विकासको आधारभूमी भएकाले शिक्षाको विकासलाई राज्यले सर्वोपरी स्थान दिएको हुन्छ । शिक्षाले मूलत मुलुकको सामाजिक आर्थिक विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्नुका साथै विकासका लागि पूर्व शर्तको रुपमा रहेको सामाजिक सचेतना र जागरण सिर्जना गर्न सघाउ पुर्याउने भएकाले शिक्षा समग्र विकासको मियोको रुपमै रहेको हुन्छ भने शिक्षक नै जनशक्ति विकास, सामाजिक सचेतना र सामाजिक जागरणको मूल सर्जकको रुपमा रहेको हुन्छ ।

शैक्षिक विकासको प्रसंगमा मात्र नभइ समग्र सामाजिक विकासको अभियानमा समेत शिक्षहरुको अहं भूमिका रहेको हुन्छ । यसैले भन्ने गरिएको छ, कुनै पनि मुलुक आज कस्तो छ ?

भन्ने थाह पाउन त्यो मुलुकमा हिजो कार्यरत शिक्षकहरु कस्ता थिए भन्ने वुझ्न जरुरी छ, यसरी नै कुनै पनि मुलुक भोली कस्तो हुनेछ भन्ने थाहा पाउन आज त्यो मुलुकमा कार्यरत शिक्षकहरु कस्ता छन् भन्ने हेरे पुग्छ ।

यसरी शिक्षक र शिक्षण पेशा युगिन तथा सर्वा्धिक महत्वको व्यक्ति तथा पेशा हो । अत यस पेशालाई अन्य कुनै पेशासँग तुलना गर्नु, शिक्षण गरे वापत राज्यले प्रदान गर्ने तथा शिक्षकले प्राप्त गर्ने पारितोषिकको परिमाणसँग शिक्षण पेशाको तुलना गर्नु यसको मान मर्दन नै हो, जो न्यायोचित हुँनै सक्दैन ।

शिक्षक गुरु, शिक्षक विष्णु, शिक्षक महादेव, शिक्षक महेश्वर भए, शिक्षक नै ईश्वरको दर्जामा उक्लिए, फलतः समाजमा शिक्षक भन्दा माथि कोही रहन सकेन ।

अर्काे शिक्षक स्वभाविक रुपमा विकास हुने प्रक्रिया हो । शिक्षक गहन साधना, उच्च पेशागत इमानदारिता र जिम्मेदारिता, आर्दश आचरण र नैतिकताको प्रतिरुप हो । शिक्षक अन्तरनिहित प्रतिभा र सोचको विकसित रुप पनि हो ।

हो, हिजो समाजका सर्वज्ञ व्यक्तिहरु, गहन मिहिनेत र साधनावाट ज्ञान आर्जन गरेर समाजमा आर्दश कहलिएका व्यक्तिहरु, आचरण, स्वभाव, आदत तथा नैतिकताका दृष्टिले अतूल्य व्यक्तिहरु स्वचालित रुपमा शिक्षक हुन्थे ।

त्यतिवेला शिक्षक आफसेआफ विकसित हुन्थे, त्यतिवेलाका शिक्षकहरु वेतन पाउनका लागि शिक्षक हुँदैन्थे, हुन्थे त गहन प्रयत्न र साधनावाट आफूमा प्राप्त ज्ञानको प्रकाश र प्रसारण गरेर व्यक्ति तथा समाजको विकासलाई अग्रसरित गराउनका लागि शिक्षक हुन्थे, मानव मात्रको सेवामा आफूलाइ समर्पित वनाउन शिक्षक हुन्थे ।

अनि त शिक्षक गुरु, शिक्षक विष्णु, शिक्षक महादेव, शिक्षक महेश्वर भए, शिक्षक नै ईश्वरको दर्जामा उक्लिए, फलतः समाजमा शिक्षक भन्दा माथि कोही रहन सकेन ।

तर आज हामीमा शिक्षक स्वाभाविक रुपमा विकसित हुने प्रक्रिया हो, शिक्षक सवै भन्दा आर्दश र सर्वज्ञ व्यक्ति हुनु पर्दछ भन्ने ज्ञान भएन । यही नभएर त हामीले आज कस्तो व्यक्ति शिक्षक वनाउन खोज्दै छौ ? हेक्का नै राख्न सकेका छैनौ ।

हाम्रो अहिलेको अभ्यास हेर्दा सवै भन्दा कमजोर, प्रतिष्पर्धामा उत्रिन नसक्ने तर शिक्षक हुनका लागि साम, दाम, दण्ड, भेदको सवै नीति अवलम्वन गर्न सक्ने आचरण, आदत, स्वभाव, पेशागत निष्ठा, मर्यादा आदि आदि सवै सवैमा कमजोर कहलिएको व्यक्ति शिक्षकमा हाम्रो रोजाइको पात्र हुँदै गयो ?

शिक्षक विकासको विगत र वर्तमान वीच तादम्यता नदेखिदा शिक्षक विकासको आयाममा हामी नयाँ विरासत वनाउनुको वदलामा हाम्रै अग्रजहरुले वनाएको विरासत धुमिल वनाउन, खण्डहर पार्न, भत्काएर तहस नहस पार्न उद्धेलित हुँदै त छैनौ ? भन्ने प्रश्नहरु सर्वत्र गरिन थालिएका छन् ।

मानौ सवै दृष्टिले कमजोर धरातल भएको पात्र हाम्रो वयैक्तिक स्वार्थको राजले शिक्षक भइ हाल्यो । यस प्रकार अव शिक्षण पेशाका लागि अत्याआवश्यक पूर्वाधारहरुको सर्वत्र कमी देखिएको व्यक्ति शिक्षक पदमा विराजमान भयो । यस अवस्थामा के अव उ सिक्न, सिकाउनका लागि सक्षमता प्रर्दशन गर्न सक्ला ?

आफूमा सन्निहित पेशागत कमीकमजोरीको पहिचान गरी आफूलाई तदअनुरुप विकसित गर्न सक्ला ? मलाई लाग्छ एकाध व्यक्ति वाहेक प्राय व्यक्ति जो एकपटक मूल ढोका छलेर जो झ्यालवाट प्रवेश गर्दछ, उस्को प्रयत्न अपवाद वाहेक सँधै झ्यालवाट नै प्रवेश गर्ने हुनेछ, चेतनाभया ।

यसरी शिक्षक विकासको विगत र वर्तमान वीच तादम्यता नदेखिदा शिक्षक विकासको आयाममा हामी नयाँ विरासत वनाउनुको वदलामा हाम्रै अग्रजहरुले वनाएको विरासत धुमिल वनाउन, खण्डहर पार्न, भत्काएर तहस नहस पार्न उद्धेलित हुँदै त छैनौ ? भन्ने प्रश्नहरु सर्वत्र गरिन थालिएका छन् ।

जसले नै शिक्षकको ओजपूर्ण इतिहासलाई स्खलित गरायो, समाजमा शिक्षक उपहासको पात्र वन्ने क्रम वढ्यो । यस अवस्थाले हामी शिक्षक, शिक्षाकर्मी मात्रको शिर निहुँरिने नभइ शैक्षिक तथा सामाजिक विकासको गति अवरुद्ध हुने अवस्था सिर्जना हुनेछ । यस अवस्थामा अव हामीले शिक्षकहरुको आत्मसम्मानमा, सामाजिक तथा पेशागत मर्यादामा लागेको चोट र खोट मेटाउन ढिला गर्न हुँदैन ।

पेशागत इमानदारिता र दक्षता पूरा गर्न कत्तिको प्रयत्नरत छ ? सामाजिक आलोचना र आक्षेपवाट मुक्त रहन कति विवेकसंगत रुपमा आफ्ना आचरण र क्रियाकलापहरुलाई व्यवस्थित गर्दैछ ? जस्ता विषयहरु हाम्रो समाजको पलपलको परीक्षणमा छन् ।

यसका लागि हामीले नत कुनै नयाँ अध्यायको शुरुवात गर्न आवश्यक छ, न कुनै आविश्कारको जरुरी छ, मात्र शिक्षण पेशाको गरिमामय विगत, ओजपूर्ण विरासतको अनुकरण र अनुसरण गरौ, हाम्रो पेशाको उँचाइ आफसेआफ चुलिदै जानेछ ।

शिक्षकको र शिक्षण पेशाको उँचाइ चुलिदै जाँदा वालवालिकाहरुको गुणस्तरीय शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारले मूर्त रुप पाउने नै छ, देश विकासको लागि आवश्यक जनशक्तिको आपूर्ति पनि सहज हुँदै जाने नै छ र अन्ततः समाज विकासको यात्राले स्वचालित ढंगले आफ्नो गति वढाउँदै जान सक्नेछ ।

तर मनुष्यको निर्माता ठानिने र समग्र राष्ट्र विकासको अभियन्ताका रुपमा वुझिने शिक्षक आफ्नो नैतिक दायित्व, पेशागत इमानदारिता, शिक्षक विद्यार्थी र अभिभावकप्रतिको जवाफदेहिता तथा समग्र राष्ट्र विकासको अभिभारा वहन गर्न आज कति प्रतिवद्ध र दत्तचित्त भएर लागिरहेको छ ?

पेशागत इमानदारिता र दक्षता पूरा गर्न कत्तिको प्रयत्नरत छ ? सामाजिक आलोचना र आक्षेपवाट मुक्त रहन कति विवेकसंगत रुपमा आफ्ना आचरण र क्रियाकलापहरुलाई व्यवस्थित गर्दैछ ? जस्ता विषयहरु हाम्रो समाजको पलपलको परीक्षणमा छन् ।

अर्काेतिर विद्यार्थी, अभिभावक र समुदायको सचेतनाको स्तर दिनप्रति वढ्दै जाने, तत् तत् क्षेत्रका अपेक्षा र आकांक्षाहरु चुँलिदै जाने तर, तत् तत् क्षेत्रमै आफ्नो अधिकार माग्ने प्रवृति वढ्दै जाने तर यिनै जिम्मेवारी वहन गर्न ठेकिएका हामी शिक्षक शिक्षिकाहरुको पेशागत इमानदारिता, वफदारिता, दक्षता, तत्परता, प्रतिवद्धता घट्दै जाने र जिम्मेवारी निर्वाहमा उदासिनता वढ्दै जाने अवस्था रहँदा कस्तो अवस्था आउँला ?

यस अवस्थामा के आजका सचेत र जागरुक विद्यार्थीले, अभिभावकले, समुदायले, शिक्षित शिक्षक वेरोजगारहरुले हाम्रा अनुत्तरदायी, स्वेच्छेचारी र अनियमित आचरण, प्रवृति र व्यवहारलाई टुलुटुलु हेरी मात्र रहलान् र ? यस अवस्थाले शिक्षक पदको ओज वोकिरहन सक्ला र ? अनि पेशागत मर्यादा र गरिमा कायम राख्न स्थापित शिक्षकहरुका पेशागत संघसंगठन तपाई हाम्रा विकृत क्रियाकलाप र व्यवहारप्रति रमिते मात्र वनिरहलान् र ?

मनुस्यलाई सिकाउने, पढाउने, वुझाउने, प्रष्ट पार्ने, भविश्यका लागि आवश्यक सक्षमताको विकास गर्ने, असल आचरणको विकास गर्ने गहन जिम्मेवारी र अभिभारा वोकेको शिक्षक कमजोर भइदिदा, कामचोर वनिदिदा व्यक्तिको भविश्य त वर्वाद हुन्छ, हुन्छ सँगै सिगो राष्ट्रको जग खजवजिन जान्छ ।

केही शिक्षक शिक्षिका मित्रहरुले शिक्षण पेशाप्रतिको प्रतिवद्धता र इमानदारिता पूरा गर्न नसकेको अवस्था देख्दा लाग्छ हामीले शिक्षण पेशाको महत्व र गरिमा नवुझ्दै शिक्षक भयौ । शिक्षक भइसके पश्चात् पनि शिक्षक को हो ?

शिक्षकको दायित्व के हो ? वुझ्ने प्रयत्न गरेनौ । फलत : काँचो माटो झै जे वनाउन चाह्यो त्यही वनाइदिन सकिने, कलिला मुनाहरुको भविश्य हामीले चौपट पार्यौ, फूल्ने र फक्रिने क्रममा रहेका कोपिलाहरुप्रति मालीको भूमिका निर्वाह गर्नुको साटो निमोठि पो दियौ ।

एक क्षण, यसै क्याटेगोरीका मित्रहरुले मात्र अलिकति निधार खुम्च्याऔ, हामी शिक्षक भएको कति वर्ष भयो ?, आजसम्म कति दिन अध्यापन गर्यौ ? कति दिन तलव हाजिर गरेका भरमा मात्र खायौ ?

र कति दिनको तलव विद्यार्थी, अभिभावकको आँखा छलेर पड्कायौ ? र एक क्षण विचार गरौ, हाम्रा छोराछोरी पढ्ने विद्यालयका शिक्षकहरुले ठीक हामीले गरे झै गरे भने हामीलाई कस्तो अनुभूति होला ? के हामी हाम्रा विद्यार्थी र अभिभावक झै सहनसिल र धैर्यवान हुन सकौला ? ।

मनुस्यलाई सिकाउने, पढाउने, वुझाउने, प्रष्ट पार्ने, भविश्यका लागि आवश्यक सक्षमताको विकास गर्ने, असल आचरणको विकास गर्ने गहन जिम्मेवारी र अभिभारा वोकेको शिक्षक कमजोर भइदिदा, कामचोर वनिदिदा व्यक्तिको भविश्य त वर्वाद हुन्छ, हुन्छ सँगै सिगो राष्ट्रको जग खजवजिन जान्छ ।

अव हेरौ, कसरी शिक्षक पेशागत जिम्मेवारी निर्वाह गर्नवाट चुक्छ भन्ने विषय । सवै भन्दा पहिले शिक्षण पेशामा गलत वाटोवाट प्रवेश गरेको शिक्षक नै शिक्षण दायित्व पूरा गर्न उदासिन देखिन्छ ।

दोस्रो शिक्षण दायित्व पूरा गर्न उदासिनता देखाउने शिक्षकलाई नियमन गर्न नसक्दा यो स्थिति फस्टाउन पुग्छ । तेस्रो विद्यार्थी, अभिभावक र समुदायमा रहेको सहनसिलताको संस्कृतिले यो झाँगिन पुग्छ ।

पेशागत दायित्व निर्वाह नगर्दा क कस्लाई के के असर पर्दछ त ? यसको मार सवै भन्दा पहिले लक्षित वर्ग विद्यार्थी र अभिभावकमै पर्दछ, विद्यार्थीहरुमा प्रतिष्पर्धी क्षमताको कमी देखिन्छ, अभिभावकमा लगावको तुलनामा सन्तानप्रतिको अपेक्षा पूरा हुन नसक्दा निराशा र कुण्ठा उत्पन्न हुन्छ ।

दोस्रो संस्था याने कि विद्यालयमा पर्दछ, विद्यालयको सामाजिक साख कमजोर वन्दै जान्छ । तेस्रो पेशागत दायित्व निर्वाह नगर्ने शिक्षककै मनोविकार, मनोवृति, विश्वासको धरातल, सामाजिक मर्यादाको स्तर कमजोर वन्दै जान्छ, समकालिन समुदाय साथीभाइहरु आफन्तजन सवैको नजरमा उ कामचोर सावित हुन्छ ।

प्रशासनिक कारवाही हुन्छ अनि जिवन निर्वाहका प्राय वाटा वुझिएकै थिए, वाँकी वाटो पनि वन्द हुन जान्छ र अन्तत निराशाको सर्वत्र राज हुन गइ व्यक्ति जीवनको वैकल्पिक मार्ग तर्फ अग्रसर हुन वेर लाग्दैन । यसरी हेर्दा हाम्रो पेशागत वेइमानीले अन्तत हामी आफैलाई सखाप पार्दाे रहेछ त ?

आफूले खनेको खाल्डोमा पर्ने त आफै पो रहेछ त ? अर्कालाई टोक्दा आफू पनि टोकिनु पर्दाे रहेछ त ? अर्काका वालवालिाकाप्रति आफूले गरेको जघन्य अपराधको फल त रिग्दै घुम्दै आफ्नै लालवालाले व्यहोर्नु पर्दाे रहेछ त ?

तर हामीले हाम्रा कमीकमजोरीवाट हुनजाने असर र प्रभावको दीर्घकालिन पाटो केलाउन नसक्दा हामी गल्ती माथी गल्ती थुपारिरहेका छौ । यसो फरकालिो दायरावाट सोचौ, आफूलाई अरुमा अरुलाई आफूमा देख्ने सोचको विकास गरौ । हामी गल्ती गर्नवाट वच्छौ, आफ्ना कमी कमजोरीको फाइदा भन्दा घाटा धेरै देख्छौ र गल्तीदेखि सजक वन्छौ ।

ज्ञान सीप सिकाउने, असल आचरणको विकास गर्ने शिक्षक कति सिर्जनसिल, अध्ययनसिल, ज्ञानी, ग्रहणीय, अनुसरणीय, अनुकरणीय हुनु पर्दछ भन्ने हेक्का हामीमा छैन । आफ्नो पेशागत क्षमता विकासका लागि लगानी गर्न, लगाव राख्न, अग्रसर हुन सकिरहेका छैनौ ।

अव हामीले जाजरकोटको शैक्षिक सुधारमा हामी शिक्षकहरु कहाँ कहाँ चुकेका छौ ? र हामीले चाह्यौ भने जाजरकोटको शैक्षिक सुधारमा के कस्तो योगदान गर्न सक्छौ भन्ने विषयमा चर्चा गरौ ।

माथिका हरफहरुमा हाम्रा कमिकमजोरीको चर्चा भइसेकेको छ । हामी मूलत आफूलाई, आफ्नो पेशाको महिमालाई, विद्यार्थी अभिभावक र विद्यालयप्रतिको आफ्नो जवाफदेहितालाई वोध गर्न सकिरहेका छैनौ ।

शिक्षण पेशाको संवेनसिलतालाई वुझ्न सकिरहेका छैनौ, हामी कक्षामा १० मिनेट ढिलो प्रवेश गर्दा त विद्यार्थीेको सिकाइमा अतुलनीय प्रभाव परिसक्छ भने हामीले महिनौ दिनसम्म यहि कमजोरी दोहर्याउँदा कुनै असहज मान्दैनौ, गलानी महशुस गर्दैनौ । विद्यालयमा प्राप्त हुने अनुदानको पारदर्शि र नतिजामूलक उपयोग गर्दा शिक्षण पर्ने सकारात्मक प्रभावको महत्ववोध गर्न सक्दैनौ ।

ज्ञान सीप सिकाउने, असल आचरणको विकास गर्ने शिक्षक कति सिर्जनसिल, अध्ययनसिल, ज्ञानी, ग्रहणीय, अनुसरणीय, अनुकरणीय हुनु पर्दछ भन्ने हेक्का हामीमा छैन । आफ्नो पेशागत क्षमता विकासका लागि लगानी गर्न, लगाव राख्न, अग्रसर हुन सकिरहेका छैनौ ।

यतिवेला हामीले जिल्लाको शैक्षिक सुधार, विकास र परिवर्तनको एजेन्डामा छौ । आम विद्यार्थी, अभिभावक, समुदाय र समग्र सरोकारवालाहरु शैक्षिक सुधारको अपेक्षा र आकांक्षामा छन् । साथै व्याप्त शैक्षिक अनियमितता, स्वेच्छचारिता, अराजकतालाई अव यो भन्दा वढी समन नगर्ने, सहन नसक्ने पक्षम उनीहरु छन् ।

यो अवस्थालाई हामी जिम्मेवार निकायले समयमै सचेततापूर्वक ग्रहण गर्न नसके सिर्जना हुने भयावह अवस्थालाई स्वीकार गर्नुको विकल्प छैन । अतः अव प्रधानाध्यापकले प्रधानाध्यापकको काम कर्तव्य र अधिकार के हो ? भन्ने वुझ्न वाँकी हो भने शिक्षा नियमावलीको नियम ९३ पढौ, कन्ठस्थ वनाऔ ।

शिक्षकले शिक्षकको दायित्व के हो ?, आचरण के हो ?, व्यवहार के हुनु पर्ने हो अवगत नभएको अवस्था हो भने अवगत हुन शिक्षा नियमावलकिो नियम १३३ पढौ, सान्दर्भिक अन्य नियमहरु र कानूनहरु पनि घोकौ । शिक्षक भएको दशक वितिसक्दा पनि शिक्षक हुन किन नसकेको हो, समिक्षा गरौ , आत्मआलोचना गरौ , आफूप्रतिका कमजोरी चिन्न सक्नु महानता हो, महान हुने प्रयत्न गरौ ।

अन्तमा आदारणीय सरहरुले जिल्लाको शैक्षिक सुधारका लागि धेरै कुरा केही गर्नु पर्ने छैन । यसका लागि जिल्ला शिक्षा अधिकारीको हैषियतले मैले हजुरहरुलाई कार्यवोझको गह्रौ भारी पनि वोकाउन चाहन्न पनि । धेरै धेरै निर्देशन थोपारेर नदुखेको टाउको दुख्ने पनि वनाउन चाहन्न ।

मैले मात्र हजुरहरु जिम्मेवार भइ दिनुहोस, दक्ष र क्षमतावान भै दिनुहोस, असल आचरणका प्रतिक वनिदिनुहोस ताकि समाजले एक पटक फेरी शिक्षकका अगाडि शिर झुकाउन सकोस्, विवेकवान भइ दिनुहोस ।

हजुरहरुकै आड, भरोसा र विश्वासमा यस जिल्लाको शैक्षिक सुधार र विकासका लागि हामीले धेरै कार्य गर्न सक्छौ भन्ने विश्वास र महत्वाकाक्षामा हामी छौ , यसका लागि हामीले केही प्रयत्न गर्दै छौ, हामीसँग शैक्षिक सुधार विकासका अनगिन्ती सपना छन्, यिनी सपनामा डुव्दा डुव्दा निदाउँनै नसकेको मेरो वर्तमान तपाईहरुसँग हाजिर छ ।

निदाउँनै नदिने विभिन्न शैक्षिक सपनाहरुलाई मूर्त रुप दिइ भविश्यका कर्णधार वालवालिकाहरुलाई स्वर्णिम भविश्यको हकदार वनाउन हामी विभिन्न योजना सहित प्रस्तुत हुँदैछौ ।

हाम्रा यि अथक शैक्षिक सुधार र विकासका प्रयत्नहरुलाई साकार रुप दिने जिम्मेदारी आदारणीय सरहरुकै हो । तपाईहरुको पेशागत इमानदारिता, वफदारिता, दक्षता, प्रतिवद्धता, सिर्जनसिलता, महत्वाकांक्षा र लगाववाट जिल्लाको शिक्षामा विकास र सुधार गर्न सकिने विश्वास र अपेक्षा मैले लिएको छु ।

विगतमा राम्रो काम गर्न तपाईहरुले प्रयत्न गर्दा गर्दै तालुकदार निकायवाट सहयोग पाउनु भएन होला, शैक्षिक सुधार र विकास हुँदा आफूलाइ अप्ठेरो पर्ने ठानी कोही शैक्षिक सुधार र विकासको वाटोमा अवरोध वन्यो होला, कुनैदिन सुधार त परको कुरा आफूलाई ठेकिएको जिम्मेवारी सम्पादन नगर्नेहरु ऐनकेन पुरस्कृत भएको अवस्थाले तपाईहरुको मनोवल खस्क्यो होला, अव त्यो अवस्था रहने छैन ।

अतः यस अवसरलाई उपयोग गर्दै शैक्षिक सुधार र विकासको अभियानमा अभियन्ता वन्नुहोस, आफ्नो पेशाको मर्यादा वढाउन लागि पर्नुहोस,शिक्षण कार्यमा नविनता, सिर्जनसिलता, रोचकता र अर्थपूर्णता ल्याउन लागि पर्नुहोस ।

अनि मात्र शैक्षिक सुधारले जोड पकड्ने छ, विद्यार्थीले फलानो सर, म्यामले कति राम्ररी पढाउनु भएको भनेर तपाईको प्रशंशा गर्न थाल्ने छन, तपाईहरुको प्रशंशाको त्यो क्रम अभिभावक, समुदाय हुँदै फूलको वासना डाँडा वरी मान्छेको वासना डाँडापरी भने झै तपाईहरुको वखान टाढाटाढासम्म हुनेछ, तपाईहरुको नाम गाढा अक्षरले लेखिने छ । यसका लागि तपाईहरुले धेरै केही गर्नु पर्ने छैन ।

१) नियमित रुपमा विद्यालयमा उपस्थित भइ दिनुहोस ।
२) विशेष तयारीका साथ पूरा समय कक्षा शिक्षण गरि दिनुहोस् ।
३) हरेक विद्यार्थीको सिकाइस्तरको मूल्यांकन गरि पृष्ठपोषण निज र निजका अभिभावकलाई समेत दिइदिनुहोस् ।

४) आफ्नो पेशागत क्षमता विकास र आचरणको पालना गरी अनुकरणीय र अनुसरणीय व्यक्तित्व वनिदिनुहोस् ।
५) विद्यार्थीका लागि थप स्रोतसाधन जुटाइ दिने गर्नुहोस, दुरप्रयोग नहोस् ।
६) विद्यालयमा मात्र होइन घरमा र वाटोमा समेत विद्यार्थीहरुले के गर्छन भन्ने कुरामा ध्यान दिनुहोस् ।

यि वुँदाहरुलाई संक्षेपमा भन्दा हरेक शिक्षकमा पेशागत तत्परता, दक्षता, इमानदारिता र सिर्जनसिलता विकास र प्रयोग हुन सकेमा शैक्षिक सुधार र विकासले गति लिन सक्नेछ ।

एउटा शिक्षकले आफ्नो पेशागत आचरणको पालना गर्न सक्दा जिल्लाका १४०० वढी शिक्षकशिक्षिकाहरुलाई सुध्रिन, सवक सिक्न, पेशाप्रति इमान्दार हुन दवाव पर्न जान्छ । यसले जिल्लाका ४४४ ओटा विद्यालयमा अध्ययनरत करिव ८० हजार वालवालिकाको पठनपाठनको स्तर सुध्रिन सहयोग पुग्छ ।

जसवाट जिल्लाको एक पुस्ता सक्षम जनशक्तिको रुपमा विकसित भइ जिल्लाको विकास र समृद्धिमा योगदान दिन सक्ने वन्छ । जसले समग्र शैक्षिक प्रणालीको सुधार र विकासमा टेवा पुग्न गइ दीर्घकालिन सुधार र विकासको आधार तय हुन्छ । अझ त एउटा शिक्षक सुध्रिदा, शिक्षा क्षेत्र सुध्रिदा समाजका अन्य पात्र र क्षेत्रहरु प्नि सुध्रिएर जाने वातावरण वन्छ ।

यसरी एउटा शिक्षक सुधार र विकासका लागि प्रतिवद्ध हुँदा यति धेरै सुधार र विकासका द्धार खुल्छन्, प्रणालीगत सुधारले प्रश्रय पाउँछ, समाज विकासको गतिले संजिवनी पाउँछ, शिक्षक र शिक्षण पेशामा लागेको खोट र चोटले मलम पाउँछ भने एउटा शिक्षकले सुध्रिन किन आनाकानी गर्ने ?,

तत्परता देखाउन किन चुक्ने ?, यसका लागि ढिला किन गर्ने ? अत जिल्लाको शैक्षिक सुधारका लागि उठौ, जुटौ, आआफ्नो भूमिका के हो ? खोजी गरौ र पूरा गरौ ।

धन्यवाद ।

(लेखक जिल्ला शिक्षा कार्यालय जाजरकोटका जिल्ला शिक्षा अधिकारी हुन् ।) 

khelkud ads

5 Comments on शिक्षकलाई जिल्ला शिक्षा अधिकारीको चिठी

  1. Gouri shankar chy // September 3, 2016 at 11:00 pm // Reply

    धेरै राम्रो लाग्यो सर।तर बडो बिडम्बना छ हामी सुधार्न चाहन्छौं;सुध्रर्न चाहदैनौ। आशा छ एक पटक गुरुज्युहरुले अबश्य मनन गर्नु हुन्छ नै।

  2. Prakash Budthapa // September 4, 2016 at 9:04 am // Reply

    अन्यन्र्त ओजस्वी, सान्दर्गिक, मौलिक, बस्तुपरक,वोधगम्य,विश्लेषणात्मक, विवेचनात्मक ,बौद्धिक, औचित्यपूर्ण दार्शनिक, आधिकारीक महान विचार

  3. Baldev lamichhane // September 4, 2016 at 10:01 am // Reply

    असाध्यै मर्मस्पर्शी छ सरलाइ धन्यबाद।

  4. Amritman Guruwacharya // September 4, 2016 at 3:10 pm // Reply

    राजनीतिक प्रभावमा नपरी स्वतन्त्र रूपमा कामको आधारमा पुरस्कृत गर्नुहोस् ,आफै लाईनमा आउने जमर्को गर्नेछ ।

  5. Dilliram ghimire // September 4, 2016 at 10:21 pm // Reply

    भन्न जे कुरा नि सजिलाे ,गरिपुर्याउन गाहाराे हुन्छ । अभिभावक , विद्यार्थी र शिक्षक सबैकाे उत्तिकै सहयाेग भएमात्र शैक्षिक विकास सम्भव देखिन्छ । शिक्षक नियमित छ तर विद्यार्थी अनियमित छ,घरमाकाम छ भनेर अभिभाबकले विद्यार्थी स्कुल पठाएन के गर्ने ? मेराे अनुभवमा दैनिक विद्यालय अाउने विद्यार्थीले केही न केही जानेकै हुन्छ । शिक्षकमा भएका कमि कमजाेरी ,कामचाेरी जस्ता कुरा हटाउनु पर्छ भन्नू ठिक हाे तर अभिभावक र विद्यार्थीले साथ नदिने हाे भने शिक्षकले मात्र शिक्षाकाे गुणस्तर उकास्नु पर्छ भन्नू एक खुट्टे अाेदानमा कसाैडि बसाल्दा कसाैडि अडिनै पर्छ भनेझैँ नहाेला र ?

Leave a comment

Your email address will not be published.


*