विदामा घुम्न जाने ? रारा ताल नछुटाऔं

पूर्वाधार निर्माणको स्थिति हेर्दा जुम्ला सदरमुकाम पुग्ने आन्तरिक सडक सञ्जालबाट रारा पुग्नसक्ने अवस्था बन्नसक्दा धेरै सजिलो हुनसक्छ ।

        समाचार एजेन्सी ।   |   प्रकाशित मितिः आइतवार, अशोज ३०, २०७३     1:19:07 PM

२०३२ सालमा रारा राष्ट्रिय निकुञ्जबाट बिस्थापित नागरिकहरुलाई बाँकेको चिसापानीमा बसोबास गराइएको छ । त्यसै स्थानलाई आजभोल राराबास भनिन्छ । पछिल्लो समय यही राराबासमा कृष्णलाल चौधरीको नेतृत्वमा गाभरभ्याली होमस्टे अत्यन्तै सफलताका साथ सञ्चालित छ ।

बाँके, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुसहित छ नं प्रदेशका छ वटा जिल्लालाई केन्द्रित गरेर पर्यटनका बहुआयामिक सम्भावना, पूर्वाधार निर्माण, आधुनिक विकास, गन्तब्य पहिचान र प्रबद्र्धनका साथै बजारीकरणको प्रक्रिया एकीकृत र व्यवस्थित गर्न भर्खरै ९भदौ ३०–असोज ६ गतेसम्म० ‘पर्यटन जागरण, अन्तरक्रिया र भ्रमण कार्यक्रम’ सम्पन्न भएको छ । यसलाई ‘राराबासदेखि रारातालसम्म’ प्रबद्र्धन कार्यक्रम नामाकरण गरिएको छ ।


खासगरी सडक मार्गमार्फत सुर्खेतमा काँक्रेबिहार, बुलबुले ताल र देउती बज्यै, दैलेखमा गुराँसे, कालिकोटमा सदरमुकाम मान्म र पिलीलगायतका ठाउँ, जुम्लामा खलंगा र सिँजा हुँदै मुगु–रारातालसम्म यो भ्रमण कार्यक्रम संचालन भयो ।

जिल्लाका प्रशासनिक प्रमुख, विकास प्रक्रियासँग सम्बन्धित अधिकारी, पर्यटनसँग सम्बन्धित संघसंस्था र जिम्मेवार व्यक्तिहरु, खासगरी होटल, लज, रिसोर्ट सञ्चालन गरिरहेका व्यवसायीसहित काठमाडौबाट झण्डै एक दर्जन व्यवसायीहरु, सञ्चारकर्मी, पर्यटन सम्बद्ध राजनीतिक नेता–कार्यकर्ताहरु र अनुसन्धानकर्ता समेतको यो अभियानमा सहभागिता रह्यो ।

छ नम्बर प्रदेशभित्रका पाँच वटा जिल्लामा केन्द्रित भएर यो अभियान पहिलोपटक सञ्चालन गरिएको हो । व्यवसायीहरुद्वारा आफ्नै आँखाले स्थलगतरुपमा यी पाँच जिल्लाका गन्तव्य पहिचान, प्रबद्र्धन र बजारीकरण गर्ने सिलसिलामा अत्यन्त महत्वपूर्ण र संवेदनशीलढंगले प्रयास अघि बढाइयो भन्न सकिन्छ ।

यो प्रयासको सिलसिलामा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्र कोइरालाबाट सिंगो छ नं।प्रदेशको पर्यटकीय सम्भाव्यताका बारेमा सुर्खेतमा कार्यपत्र प्रस्तुत गर्नेक्रममा मध्यपश्चिम विश्व विद्यालयमा पर्यटन र हस्पिटालिटी म्यानेजमेन्टको पढाई सञ्चालन गर्न अमेरिकी विज्ञ प्राध्यापकहरुको टिमद्वारा पाठ्यक्रम निर्माणको काम सकिएकोेसमेत जानकारी भयो ।


विं।सं। १०३८ सालमा लेखिएको नेपाली भाषाको पहिलो शिलालेख सुरक्षित रहेकोे, पश्चिमको शक्तिशाली खस मल्ल राज्य जुम्लाको गृष्मकालीन दरबार जुम्ला खलंगा र शीतकालीन दरबार–दुल्लु तथा नाभिस्थान, शिरस्थान र पादुकास्थान एवम् एक सय एघार फिट अग्लो शिव–पार्वतीको मूर्ति निर्माणाधीन माबुसमेत रहेको दैलेख, योगी नरहरिनाथजस्ता देशका धुरन्धर बिद्धान जन्मेको कालिकोटको लालु गाउँ र पचल झरना, नेपाली भाषा, साहित्य, सभ्यताको उद्गमस्थलका रुपमा स्थापित रहेको सिंजाजस्ता असाध्यै महत्वपूर्ण ऐतिहासिक, सांस्कृतिक र नेपाली सभ्यताको विकासका दृष्टिकोणले उल्लेखनीय स्थानहरु यिनै पाँच जिल्लामा अवस्थित रहेका छन् ।


डोल्पा, हुम्ला, सल्यान, जाजरकोट र रुकुमको केही भागसमेत गरेर पाँच जिल्लामा यसप्रकारको कार्यक्रम अझ व्यवस्थित ढंगले सञ्चालन गरेर सिंगो छ नम्बर प्रदेशको पर्यटकीय सम्भाव्यता र त्यसबाट लाभ उठाउनसक्ने स्थितितर्फ यदि ध्यान दिने हो भने यो प्रदेश सिंगो देशकै सबभन्दा बढी पर्यटकीय सम्भाव्यता बोकेको, देश–विदेशका पर्यटकको आकर्षणको केन्द्र र पर्यटनबाट सबैभन्दा बढी आम्दानी गर्नसक्ने प्रदेशका रुपमा विकसित गर्न सकिने सम्भावना विद्यमान छ । जलविद्युत उत्पादनको हिसाबले त हब नै बनाउन सकिन्छ ।

हवाई मार्ग सञ्जाल

नेपालगन्ज विमानस्थलदेखि यो प्रदेशका सबै जिल्लासम्म हवाई मार्गबाट पुग्न सकिन्छ । जस्तोकि सुर्खेत, जुम्ला, डोल्पा, रुकुम र मुगुमा विमानस्थल संचालित छन् । डोल्पामा जुफाल र पहाडामध्ये जुफाल सञ्चालित छ भने पहाडा निर्माणाधीन छ ।

हुम्लामा सिमीकोट सञ्चालित छ भने मदाना निर्माणाधीन छ । कालिकोटमा कोटवाडास्थित सुनथराली विमास्थलको कच्ची धावनमार्ग निर्माणको काम झण्डै अढाइ दशक लामो विलम्बका बाबजुद अन्तिमरुपमा अघि बढेको छ ।

मुगुुको ताल्चा विमानस्थल अहिले व्यस्त विमानस्थलका रुपमा चिनिन्छ । नेपालगन्जबाट ताल्चा विमानस्थलमा पुग्ने र त्यहाँबाट रारा जाने संख्या अहिले उल्लेख्यरुपमा बढिरहेको छ ।

रुकुमको चौरजहारी विमानस्थल र त्यसले जाजरकोट सदरमुकामलाई पनि भरथेग गर्ने गरी सेवा उपलब्ध छ । दैलेख विमानस्थलले ‘कनेक्टिभिटी’ नभएको जिल्ला हो, तथापि दुल्लुमा नयाँ विमानस्थल निर्माणको लागि सर्भेको काम पूरा भएको छ ।

६ नं. प्रदेशको निम्ति सुर्खेतको मदानचौरमा निर्माणाधीन नयाँ विमानस्थलले भविष्यमा सिंगो प्रदेशलाई हवाई मार्गमार्फत् परस्पर कनेक्टिभिटीमा आबद्ध गर्न सक्नेछ ।


काठमाडौं–नेपालगन्ज–ताल्चासम्म विमानबाट जाने हो भने १६ सिटको विमान जान–आउन सक्छ । र, दिनमा पाँच उडानसम्म भर्न सकिन्छ । यसो हुँदा काठमाडौं–नेपालगन्ज–ताल्चा हुँदै हवाई मार्गबाट ताल्चासम्म जान सकिन्छ ।

त्यहाँबाट तीन घण्टा हिडेर रारा ताल पुग्न र एक रात रारामै आरामपूर्वक बस्न सकिन्छ । भोलिपल्ट ताल, मर्माटप, खत्याडआदि स्थानहरु घुम्न सकिन्छ । रारामा बिहानै ¥याफ्टिङ्समेत गर्न सकिन्छ ।

यति गरिँदासम्म दिनको एक बज्न बज्छ । त्यसपछि हिडेर ताल्चा आई विमानबाट नेपालगन्ज फर्किन सकिन्छ । यसरी तीन दिनको प्याकेजमै नेपालगन्ज–ताल्चा हुँदै सजिलै रारा घुम्न सकिन्छ ।

सडक मार्ग सञ्जाल

रारा जाँदा कालिकोटबाट देखिएको कर्णाली नदीको सुन्दर दृष्य । तस्वीर सौजन्य टुकाराम लामिछाने

सडक सञ्जालको हिसाबले रुपैडिया भएर यो प्रदेशमा प्रवेश गर्ने भारतीय नागरिक वा पूर्व–पश्चिमबाट कोहलपुरसमेत पुग्ने पर्यटकहरुलाई रारासम्म पुर्याउनेढंगले सडक मार्ग व्यवस्थित नै छ ।

अहिले रारासम्मै यसको ट्रयाक खुलेको छ । र, रारासँग जोडिएको मिलीचौरसम्म सडकबाटै पुग्न सकिन्छ । यसनिम्ति सडकको ट्रयाक खुलेकोमा छिट्टै स्तरोन्नति गरेर पर्यटकीय सडकका रुपमा यसलाई विकास गर्नु अवश्यक छ । यसो भयो भने सडक मार्गबाट रारासम्म पुग्ने र बीचमा पर्ने सबै जिल्लाका गन्तव्यहरुले लाभ उठाउन सक्ने स्थिति बन्नसक्छ ।

त्यहाँबाट मुगु भएर तिब्बतको लाक्चे लाग्न नाका ८६ किलोमिटरकै दुरीमा पुग्न सकिन्छ । यो यस भेगमा उत्तर–दक्षिण जोड्ने असाध्यै छोटो मार्गका रुपमा विकसित हुनसक्छ । यो छोटो मार्गका रुपमा व्यवस्थित हुँदा अहिले सडक मार्गअन्र्तगत रारासम्म २९४ किमीसडक पुगेको छ भने जुम्ला २३२ किमीमै पुगिन्छ ।

समग्रमाभन्दा सडक मार्गले रारालाई अहिले जुन ढंगले जोड्न काम गरेको छ, यो धेरै महत्वपूर्ण छ । यथार्थमा, सडक मार्ग यहाँको पर्यटन प्रबद्र्धनको मुख्य आधारशीला रहेको छ ।

सडक यातायातको जुन ट्रयाक खुलेको छ, पानी नपरेको बेला, खासगरी हिउँदको मौसममा व्यवस्थितढंगले नै यी सडकहरु सञ्चालनमा आउँछन् । अनि मानिसहरु एक हप्ताको योजनामा रारा पुग्न र फर्कन सक्छन् ।

भविष्यमा लाक्चे लाग्न पुगेरै फर्कनसमेत एक हप्ताकै प्याकेजअन्तर्गत संभव देखिन्छ । गमगढीबाट लाक्चे लाग्न अत्यन्त सजिलो र छोटो पर्दछ । तर यसको बाँकी खण्ड ट्रयाक खोलेर उत्तर–दक्षिण मार्ग व्यवस्थित गर्ने काम छिटोछिटो अघि बढाउनु अत्यन्त जरुरी छ ।

अहिले रारासम्म सडक र हवाई यातायात तथा पूर्वाधार विकासको जुन अवस्था छ, यस स्थितिलाई हेर्दा मासिक १० देखि १५ हजार आन्तरिक पर्यटक र थप केही हिस्सामा विदेशी पर्यटकहरु रारा क्षेत्रमा पुग्न विद्यमान पूर्वाधारले नै थेग्नसक्छ ।

पर्यटकीय सेवा–सुविधा

सुर्खेतमा सिद्धार्थ कटेजको चेनसमेत विस्तार भएको छ । अन्य आवश्यक होटलहरु पहिलेदेखि नै सञ्चालित छन्, जो आवश्यक सुविधासम्पन्न छन् । जुम्लामा कान्जिरोवाजस्तो सुविधासम्पन्न होटल एयरपोर्ट छेउमै सञ्चालनमा छ ।

त्यहाँ पनि सिद्धार्थ कटेजको ‘चेन’ विस्तार हुने क्रममा धेरै अघि बढिसकेको छ । स्नोल्याण्ड, अमर सन्देश, मानसरोवरजस्ता अरु होटलहरुसमेत यहाँ सञ्चालित छन् । स्टार लगायत अरु केही नयाँ होटल खुल्ने क्रममा छन् ।

रारा पुगेका पर्यटकहरु । तस्वीर सौजन्य सूर्य थापा

कालिकोटमा ह्वाइट हाउस होटल सन्चालनमा छ भने होटल मदन खुल्ने क्रममा छ ।

रारामा रारा तालकै किनारमा डाँफे रिसोर्ट सञ्चालित छ ।

रारा पुग्ने मानिसका निम्ति बस्न, आराम गर्न र रमाउनका निम्ति हाल ‘एकोमोडेसन’को खासै समस्या छैन ।

यद्यपि भविष्यमा रारामा कम्तिमा एउटा पाँच तारे होटल अत्यावश्यक छ । सडक मार्गबाट पुग्नेहरुका निम्ति जिल्ला सदरमुकाम र ताल्चाको हालको पूर्वाधारले थेग्ने अवस्थाचाहिं छ ।

सुर्खेतबाट गुराँसे भएर तल्लो डुंगेश्वर हुँदै राकम र कालिकोट भएर जुम्ला र रारासम्म जाँदा बस्ने, खाने र मनोरञ्जन गर्ने अनेक ठाउँको कुनै समस्या छैन । समग्रमा भन्नुपर्दा छ नम्बर प्रदेशको यस भेगमा पर्यटकका लागि बस्ने, खाने र रमाउने ठाउँको समस्या छैन नै भन्न सकिन्छ ।

प्रस्तावित पदयात्रा मार्ग

जुम्लाबाट चार दिनमा डोल्पाको शे–फुक्सुण्डो ताल पुग्न सकिन्छ । यो पदयात्रा मार्ग प्रबद्र्धन गर्नु अत्यन्त आवश्यक छ । अहिले पचास हजारभन्दा बढी भारतीय पर्यटकहरु वर्षेनी नेपाल भएर मानसरोवर पुग्छन् ।

कोदारी मार्ग बन्द भएपछि नेपालगन्ज र सुर्खेत भएर हवाई मार्ग भएर सिमीकोट हुँदै मानसरोवर जाने संख्या अत्यधिक त छ नै । तथापि यो संख्या झण्डै १५ देखि २० हजारको हाराहारीमात्र पुग्न सकेको पाइन्छ ।

स्थलमार्गबाट रारा जाँदा कर्णाली राजमार्गमा पर्ने सुन्दर कालीकोटको सदरमुकाम मान्म । तस्वीर सौजन्य टुकाराम लामिछाने

जबकि कोदारी मार्ग भएर ६० हजारको हाराहारीमा भारतीय पर्यटकहरु मानसरोवर पुग्थे । यदि लाक्चे लाग्नलाई व्यवस्थित गर्ने र छिटो पूर्वाधार निर्र्माण गर्ने हो भने मानसरोवर पुग्ने यो नै सबभन्दा छोटो बाटो हुनसक्छ । रारबाट सिमीकोट पदयात्रा मार्ग (हुम्ला–मुगु टे«किङ्ग ट्रेल) १२ दिन तथा रारा–खप्तड सर्किट (काठमाडौं–नेपालगञ्ज–रारता–खप्तड–धनगढी–काठमाडौं( १६ दिन लामो हवाई तथा पदयात्रा मार्गको आइटीनरी उपलब्ध छ ।

हुम्लाको रेलिङ गुम्बादेखि मुगुको रारा र सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्जलाई पदमार्गमार्फत् आबद्ध गर्न यी टे«लहरु अत्यन्त महत्वपूर्ण रहेका छन् । यसका साथै खलङ्गा–मनीसाँघु–नौलीकोट–काईगाउँ र लिकु (जुम्ला–डोल्पा पदमार्ग) ५ दिन लामो आइटीनरी तयार छ ।

यसैअन्तर्गत काईगाउँबाट शे–फोक्सुण्डो तालसमेत पदमार्गबाटै पुग्न सकिन्छ । नभए रारा घुम्ने र मानसरोवर पनि जोड्ने गरी नेपालगन्जबाट रारा, राराबाट १५ मिनेटको हवाई उडानबाट सिमीकोट र त्यहाँबाट मानसरोवर पुग्न सकिन्छ ।

यस रुटको प्रबद्र्धन गर्नु आवश्यक छ । पदयात्रा मार्ग व्यवस्थित गर्ने हो भने जुम्ला सदरमुकाम खलङ्गाबाट डोल्पाको शे–फोकसुन्डो तालसम्म चार दिनको पदयात्राकै क्रममा पुग्न सकिन्छ । कान्जिरोवा र पत्रासी हिमालको बेसक्याम्प हुँदै शे–फोक्सुण्डोसमेत पुग्न सकिन्छ । यही बाटो भएर मानसारोवर चार दिन लामो पदयात्रामा हुम्लाको सिमीकोट र त्यसपछि मानसरोवरतर्फ लाग्न सकिन्छ ।

प्रस्तावित पदयात्रा मार्गसँग खासगरी रारा, मानसरोवर र शे–फोक्सुण्डोलाई जोड्नु अत्यावश्यक छ । मुगुभित्रै छायाँनाथ क्षेत्रको विकास गर्न र त्यसलाई रारासँग अभिन्न रुपमा जोड्न सकियो भने यो धेरै हिसाबले लाभदायी गन्तव्य बन्नसक्छ ।

पूर्वाधार निर्माण

पूर्वाधार निर्माणको स्थिति हेर्दा जुम्ला सदरमुकाम पुग्ने आन्तरिक सडक सञ्जालबाट रारा पुग्नसक्ने अवस्था बन्नसक्दा धेरै सजिलो हुनसक्छ । यसका लागि ट्रयाक त खुलिसकेको छ । तैपनि जुम्लाबाट नग्मा फर्केर सिँजा हुँदै रारासम्म पुग्न एक सय २५ किमी लामो सडक यात्रा पार गर्नुपर्छ ।

यदि जुम्ला सदरमुकामबाट सिँजा हुँदै कनिका सुन्दरी मन्दिर र भुलभुले भएर रारा पुग्ने बाटो व्यवस्थित गर्ने हो भने यो निकै छोटो अर्थात ४८ किमी मात्रै र पर्यटकीय हिसाबले पनि अत्यन्त महत्वपूर्ण हुन्छ ।

यसो गरिँदा जुम्ला खलंगामा एक रात अनिवार्य रुपमा बस्नुपर्ने पूर्वाधार बन्नसक्छ । मुगुबाट चखेली हुँदै हुम्लासम्म र मुगुबाट लाक्चे लाग्न भएर तिब्बतसँगको त्रिदेशीय बाटो निर्माण गरिनुपर्छ । जुम्लाबाट डोल्पाको शे–फोक्सुण्डो जान डोल्पाको चौरीकोटसम्म त बाटो नै विस्तार भइसकेको छ ।

राकमदेखि खल्लागाढसम्म कर्णाली मार्गलाई स्तरोन्नति, व्यवस्थित र सुविधायुक्त बनाइनु पर्छ । यही सिलसिलामा सेरी–पान्तडी–जुम्ला सडक अविलम्ब निर्माण र व्यवस्थित गर्नु आवश्यक छ । विगतको द्वन्द्वकालमा सुरक्षा कारण देखाएर यो सडकलाई मान्म घुमाइएको थियो । यही सडकअन्तर्गत राराबाट फर्कंदा लाटीकाँडदेखि तल्लो डुंगेश्वरसम्म कर्णालीमा साहसिक ‘¥याफ्टिङ’ संचालन गर्न सकिन्छ, जसलाई कालिकोटको एउटा बेग्लै पहिचानका रुपमा विस्तार गर्न सकिनेछ ।

सुर्खेतबाट हिल्सा पुग्न करिब ६०० किमी टाढा पर्दछ । नयाँ परिप्रेक्ष्यमा खाका कोरिएको प्रस्तावित सुर्खेत–दुल्लु भएर जुम्ला हुँदै लाक्चे लाग्न पुग्ने बाटो हालको कर्णाली मार्ग ९३८० किमी० सँगसँगै प्रादेशिक सडक ९३१२ किमीका रुपमा अघि बढाउने कार्य अघि बढ्न सक्छ ।

तिब्बत जोड्ने यो देशकै सबैभन्दा छोटो सडक हुनेछ । राकममा साना शहर तथा दुल्लुमा ‘स्मार्ट’ सिटी निर्माणको योजनासमेत रहेको छ । यसले सुर्खेतलाई दैलेख हुँदै कालिकोट, जुम्ला हुँदै राराताल र तिब्बत सीमानासँग जोड्न र आवागमन गर्न सकिनेछ ।

साभार : शव्द नयाँ पत्रिका दैनिक, 

तस्वीर टुकाराम लामिछाने र सूर्य थापा

रुप फेरीरहने रारा ( फोटोफिचर)

 

Leave a comment

Your email address will not be published.


*