बर्दियामा वृृहत हात्ती महोत्सव हुने

        दीपक श्रेष्ठ । बर्दिया   |   प्रकाशित मितिः शनिबार, मंसिर २५, २०७३     6:22:20 PM

बर्दियाको ठाकरुद्धारामा चौथो वृहत हात्ती महोत्सवको आयोजना हुने भएको छ । यही मंसिर २८ र २९ गते दुई दिने हात्ती महोत्सव २०७३ को आयोजना बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले सयुक्त रुपमा गर्न लागेको हो ।

फायल तस्वीर ।

फायल तस्वीर ।

महोत्सवले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पर्यटकहरु भित्र्याउन मद्दत पुग्ने र महोत्सवमा वैदिक विधि अनुसार हात्ती पुजा समेत को सुरुवात गरिने जानकारी चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा अध्यक्ष हेमन्त आचार्यले बताए ।

पर्यटकिय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज संगै जोडिएको ठाकुरद्धाराको हात्तीसारमा हुन लागेको महोत्सवमा स्थानीय थारु संस्कृती, झाँकी र विभन्न स्थानीय नाचको समेत रहने र आन्तरिक तथा बाह्य पर्यटकहरुले स्थानीय थारु परिकारको समेत आनन्द लिन सक्ने छन ।

यस बर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको बाघ गडनामा बाघको संख्या बढेर ८५ पुगे पछि यस निकुञ्ज क्षेत्रमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक संख्या पनि अत्यधिक रहेकोले यस महोत्सवमा पर्यटकहरुको संख्या अत्यधिक रहने कुरा आचार्यले भने ।

Leave a comment

Your email address will not be published.


*