कर्णाली एक्स्पोमा गायक प्रमोदको हंगामा

        समाचार डेस्क । सुर्खेत   |   प्रकाशित मितिः शनिबार, मंसिर २५, २०७३     7:21:01 PM

 सुरक्षाकर्मीलाइ दर्शक थेक्नै हम्मे

शनिबार त्यसै त विदाको दिन । वीरेन्द्रनगरको खुल्ला मञ्चमा हजारौं नागरिकहरुको भिडले भरिएको थियो । आेरालो लागेका सूर्यका किरण डाडापरी डुब्ने तरखरमा थिए । पातलिएको नागरिकको भीड मञ्चमा कसैको प्रतिक्षामा थिए ।

parmodha-1
बिहीबारदेखि वीरेन्द्रनगमार जारी कर्णाली एक्स्पो २०१६ ः अन्तर्राष्ट्रिय व्यापार मेलाको तेस्रो दिन सुगम संगितका चर्चित गायक प्रमोद खरेलको प्रतिक्षारत थिए ।

हुन त गायक, खरलेभन्दा पहिला चर्चित लोक गायक रामजी खाँड र मिलन अमात्यले आफ्ना गीतहरु दर्शकलाई सुनाइ सकेका थिए । रश्मी तामाङले आफ्नो कुशल नृत्य पनि देखाएकी थिइन् । तर पनि दर्शकहरुको सांगितिक प्यास भने मेटिएको थिएन ।

मञ्चमा यी तीन जनाले जति गीत र नृत्य देखिए पनि सुर्खेतीले खुलामञ्चमा धुलो उडाउने मौका पाएनन् । अन्नत मिलन अमात्यको गीत सकियो । उद्घोषिकाले दर्शकहरुको प्रतिक्षाको घडी सकिएको वाक्य फाल्दा माहोल शान्त जस्तै भयो ।

parmodha-2

‘अव तपाइहरुलाई धुलो उडाउने गरी नचाउन तपाइकै ढुकढुकीमा बस्न सफल चर्चित गायक……….लाई बोलाउँदैछु ।’ उदघोषिकाले भन्दा पूरै दर्शकहरुले आफै गायक प्रमोद खरेलको नाम लिएर ।

अन्तत गायक प्रमोद खरेल स्टेजमा प्रवेश गरे । शुरुवातीमै गायक खरेलले
उसले जति माया तिम्लाई, मैले पनि दिन्थे होला
संसारका सारा खुसी, तिम्रै लागि किन्थे होला ।।

बोलको गीत गाउँदा दर्शकहरुलाई सुरक्षाकर्मी, स्काउट र स्वयमसेविकलाई थाम्नै मुश्किल भयो ।

गायक खरेलले एक गीत सक्न नपउँदै दर्शक दिशाबाट ‘वान्स मोर वान्स मोर’ स्वर गुञ्जयमान हुन्थ्यो । गायक खरेलले पनि सुर्खेती दर्शकहरुका म विना कसैकसैलाई….., हंगामा भो लगायतका आफ्ना आधा दर्जन चर्चित गीतहरु गाएर दर्शकलाई नचाए ।

झण्डै एक घण्टा स्टेजमा समय दिएका गायक खरले सवै दर्शकको तिर्सना मेटाए । प्रायः सुर्खेतमा लाग्ने महोत्सव नछुटाउने गायक खरेललाई सुर्खेती दर्शकहरुले रुचाउछन् ।

शनिबारमा मात्र करिव ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । आइतबार गायक जुनु काफ्ले, रामचन्द्र काफ्ले, रुपा जिएम, रमेशराज भट्टराई र हास्यकलाकार राजा राजेन्द्रको प्रस्तुती रहेन सांस्कृतीक संयोजक हरी विष्टले जानकारी दिए ।

Leave a comment

Your email address will not be published.


*