गन्तव्य विहिन मोफसल पत्रकारीताका महिला पत्रकार

        सविता जिसी   |   प्रकाशित मितिः शुक्रबार, पुस १, २०७३     3:23:32 PM

बिहान उठ्यो । कतिबेला कताबाट फोन आउँछ र कार्यक्रममा जानुपर्ने हो भन्ने कुराले मनमा चस्का दिईरहन्छ । यदि बिहान फोन आएन भने खाना खाएर अफिस जाने समय हुन्छ । अनि रेडियोमा कार्यरत भएत बिहानको डिउटी भएमा बिहानैका न्युज बुलेटिन गर्नुपर्ने । खाजा र खाना कतिबेला हुने हो कुनै फिक्स छैन । घण्टाघण्टामा बुलेटिन अनि कार्यक्रम सक्दा सम्म समय बितेको पत्तो नै हुँदैन । जनशक्तिको अभावमा गुजज्रीएका जिल्लाका सञ्चार माध्यमहरु । अनि तिनै सञ्चारमाध्यममा कामको चापले पेलिएका हामि पत्रकार ।

sabita
आज सञ्चो छैन, आज आफन्तकोमा बिहे छ भनेर अफिसमा बिदाको लागि कुरा गर्दा उल्टै अफिसबाट अपमानित भईएला भन्ने डर । कडा डिउटी र दिनभरको थकाईले पिडामा परेको समयमा कसैले आफ्नो पेशाका बारेमा अलिकति पनि नराम्रो बोल्दियो भने त कम्ता मन दुख्दैनन् र ?

अफिस पुग्यो, हाजिर गर्यो । आजका लागि के न्युज लेख्ने भन्ने कुराले मनमा डेरा जमाउन थाल्छ । अनि न्युजको खोजिमा, गनत्व्य बिहिन तरिकाले हिड्यो । यस्तै गन्त्वय बिहिन बनेको छ मोफसलको पत्रकारिता । कम जनशक्ति । रिपोटिंग देखि लिएर डेस्कमा आएका समाचारलाई फिल्टर गर्नु, पत्रकार सम्मेलन देखि बस दुर्घटना सम्म, शिक्षा, स्वास्थ्य, कृषी सबै क्षेत्रलाई समेटेर एउटा दैनिक पत्रिकाका लागि एकजना पत्रकारले रिपोटिंग गर्नुपर्ने बाध्यता ।

साझँमा घरका जहानले एक निन्द्रा पुराईसक्दा पनि कहिलेकाहि नसकिने अफिसको काम । खाजा खाने फुर्सद सम्म पनि नभएको दिन अनि साझ घरमा गएर चिसो खाना हुँदा कम्ता नमजा लाग्दैनर ।

एउटा बिडम्बनाको कुरा केछ भने समाचारमा कामै नगरेको भएपनि पुरुषलाई समाचार प्रमुखको जिम्मेवारी दिईन्छ तर समाचारमै काम गरेको महिला भएपनि उसलाई समाचार प्रमुखको जिम्मेवारी दिन अलि कन्जुस्याई गरिन्छ ।

चुनौति र सम्भावनाले भरिएको क्षेत्र पत्रकारीता । त्यसमाथि पनि महिलाका लागि झनै चुनौतिपूर्ण ।  पत्रकारितामा पारिश्रमीक देखि लिएर सुरक्षासम्मका विषयले गर्दा पत्रकारितामा महिलाको उपस्थिती पुरुषको तुलनामा कमी छ ।

पत्रकारीता पेशा निकै चुनौतीपूर्ण छ । यो पेशा महिलाहरूका लागि मात्रै हैन पुरुषका लागि पनि त्यत्ति नै चुनौतीपूर्ण छ । तर पनि पत्रकारिता सुरु गरेदेखि हालसम्म बटुलेका अनुभवहरुको आधारमा भन्ने हो भने महिला र पुरुषले सामना गर्नुपर्ने चुनौती पनि फरकफरक छन् भनेर भन्न सक्ने अवस्था छ ।

एकजना पुरुष पत्रकारले आर्थिक र भौतिक असुरक्षा सामना गर्नुपरेको छ भने, महिला पत्रकारले यसका साथै सामाजिक असुरक्षाको समेत सामना गर्नुपर्ने बाध्यता रहेको छ ।

पहाडी जिल्लामा म पत्रकारीतामा राम्रो काम गरेर अघि बढ्छु भन्ने महिला पत्रकार कमै भेटिन्छन् भएका पनि रेडियोमा कार्यक्रम चलाउने बढी भेटिन्छन् । जसले गर्दा पत्रकारीतामा महिलाहरु कम छन् र भएकाहरु पनि धेरै लामो समयसम्म टिक्दैनन् ।

एउटा बिडम्बनाको कुरा केछ भने समाचारमा कामै नगरेको भएपनि पुरुषलाई समाचार प्रमुखको जिम्मेवारी दिईन्छ तर समाचारमै काम गरेको महिला भएपनि उसलाई समाचार प्रमुखको जिम्मेवारी दिन अलि कन्जुस्याई गरिन्छ ।

अनि कार्यक्रममा पनि अवस्था उहि हो जस्लाई कार्यक्रम सञ्चालनको कुनै आईडिया हुँदैन, उस्को पद हुन्छ कार्यक्रम प्रमुख अनि वर्षौदेखि कार्यक्रम उत्पादन र प्रशारणमा काम गरिरहेको महिलालाई कार्यक्रम प्रमुखको जिम्मेवारी दिन कन्जुस्याई गर्छ सञ्चारमाध्यम ।

हरेक क्षेत्रबाट महिला पत्रकार सक्षम भएपनि महिला पत्रकारलाई स्थान दिईदैन । यहाँ सक्षम महिला पत्रकारको पनि कुनैकुनै अवस्थामा पद नहुँदा कताकता आत्मआलोचला गर्न मन लाग्छ ।

कतिपय अवस्थामा अधिकार माग्ने महिलाहरुमा त्यति क्षमता नहोला तर पनि कुनै पनि एक जना व्यक्तिले क्षमता नभई अधिकार माग्ने आँट गर्दैन ।

सुर्खेतको सन्दर्भमा कुरा गर्ने हो भने ११ वटा दैनिक पत्रिका, ३ वटा साप्ताहिक पत्रिका, अनि ५ वटा अनलाईन पत्रिका र ६ वटा रेडियो सञ्चालनमा छन् । तर विडम्वनाको कुरा रिपोटिंगमा हिड्ने अनि समाचार लेख्ने महिलाहरुको संख्या औलामा गन्न सकिने अवस्था छ ।

वर्तमान समयमा पनि अधिकांस महिला पत्रकारहरु आफ्नो कार्यक्षेत्रमा खुलेर लाग्न सक्ने अवस्था छैन् । मिडियामा काम गर्ने समयका चुनौति देखि पारिश्रमिक सम्मका कुराहरुले गर्दा पत्रकारीता क्षेत्रमा महिलाहरु पुरुषको तुलनामा निकै पछाडि र कम छन् ।

हामि पत्रकारीतामा बहस गछौँ, पत्रकारीतामा महिलाको उपस्थिती न्यून भयो, क्षमतावान हुन सकेनौँ तर हामि यो कुरा सोच्दैनौ कि पत्रकार महिलाहरुको क्षमता किन कम भयो त ? किन महिलाहरु पत्रकारीता कम हुन्छन् ? पत्रकारीतामा धेरै समय किन टिक्दैनन् ?

हामि बहस गरेर सकारात्मक अभियान चाल्नुको साटो पत्रकारीतामा आएका महिलाहरुलाई उत्प्रेरणा दिने आट सम्म पनि गर्दैनौ । राज्यको चौथो अंग मानिने पत्रकारीताका क्षेत्रमा महिला पत्रकारहरु पेसामा लागेको केहि समय पछि नै पलायन हुन्छन् । किन महिलाहरु पृुरुषको तुलनामा दिर्घकालसम्म यस पेशामा रहन सक्दैनन् ? यो एक गम्भिर प्रश्न बनेर नेपाली पत्रकारीता क्षेत्रको वरीपरी घुमिरहेको छ ।

हामी ठुलो जोस र आँट लिएर पत्रकारितामा प्रवेश गर्छौ, तर पनि विचैमा आउने विविध समस्याहरुले गर्दा पत्रकारीताको क्षेत्रमा केही समय पश्चात नै पेशा छोड्ने अवस्था सृजना भईदिन्छ । यो एकदमै बहसको विषय बनेको छ ।

हामिले महिला पत्रकार भएको नाताले छुट्टै मानसम्मान खोजेका छैनौँ । खोजेका छौ छ, केवल आत्मसम्मान अनि पुरुष पत्रकार दाजुभाई माझ समान रुपमा काम गर्ने वातावरण ।

सुर्खेतको सन्दर्भमा कुरा गर्ने हो भने ११ वटा दैनिक पकिा, ३ वटा साप्ताहिक पत्रिका, अनि ५ वटा अनलाईन पत्रिका र ६ वटा रेडियो सञ्चालनमा छन् । तर विडम्वनाको कुरा रिपोटिंगमा हिड्ने अनि समाचार लेख्ने महिलाहरुको संख्या औलामा गन्न सकिने अवस्था छ ।

हामी कुनै पनि संगठनमा सहसचिव र कोषाध्यक्ष पदमा मात्रै महिलाहरुलाई राखियो भने त्यस्तो विरुद्धमा खुलेरै लेख्छौँ, बोल्छौँ तर हाम्रा संगठनमा लैंगिक विभेद भएको कस्ले देख्ने ।

पत्रकारितामा महिलाहरु नआउने अनि आईहाले पनि रेडियोमा आकर्षित हुने गरेकाले पनि सुर्खेतको पत्रकारीता महिलाहरुको संख्या पुरुषको तुलनामा कम छ । पछिल्लो समयमा रेडियोमा बोल्नको लागि मात्र महिला पत्रकारको प्रवेश भएको पाईन्छ ।

रेडियोमा पनि महिला पत्रकारहरु कार्यक्रम प्रति बढि नै आकर्षित छन् । कार्यक्रममा पनि विकासे कार्यक्रम चलाउनु भन्दा पनि मनोरञ्जानात्मक कार्यक्रम चलाउनेमा महिला पत्रकारहरुको संख्या बाक्लो देखिन्छ । यसले गर्दा पनि समाचार लेख्ने महिला पत्रकार पाउन गाहे छ ।

यदि कुनै पनि पत्रकारले समाचार लेखनलाई निरन्तरता दियो भने उ पत्रकारितामा टिकिरहन सक्छ । हामि दिनहु जसो समाजलाई लैङ्गिक विभेद रहित निर्माण गर्नका लागि लागिरहेका छौँ तर पत्रकारका संघसंगठनमा विभेद गरिएको कस्ले देख्ने ?

हामि कुनै पनि संगठनमा सहसचिव र कोषाध्यक्ष पदमा मात्रै महिलाहरुलाई राखियो भने त्यस्तो विरुद्धमा खुलेरै लेख्छौँ, बोल्छौँ तर हाम्रा संगठनमा लैंगिक विभेद भएको कस्ले देख्ने । संगठनमा समानता कायम गर्नेका नाममा संगठनको सहसचिव र कोषाध्यक्षमा मौ महिला पत्रकारलाई सिमीत गरिएको विषय कस्ले देख्ने ?

क्षमता र दक्षताको आधारमा पत्रकार महिलालाई अवसर दिँदैँ जाने र सञ्चारगृह महिलामैत्री बन्ने हो भने अहिलेको अवस्थामा पत्रकार महिलाले भोग्दै आएका समस्याहरुमा न्यूनिकरण हुनेछ ।

बिडम्बना के छ भने, रिपोटिंगमा पुरुष दाजुभाईहरु सँग हिड्दा पनि समाजको नजरमा त्यो, नकारात्मक भएर आईदिन्छ । जसले गर्दा हामि महिला पत्रकारको ईज्जत माथि नै प्रश्न पनि उठ्न बेर लाउँदैन ।

विवाहित महिला पत्रकारले घरबार र पत्रकारिता पेशा विचको व्यवहार मिलाउन नसक्दा महिला पत्रकारहरु विवाहपछि पलायन हुने गरेका छन् ।

पुरुष पत्रकारहरु समन्वय गर्दा वा समाचार संकलनका लागि सँगै हिड्दा पनि समाजले कुरा काटने गरेका कारण आफ्नो पेशाप्रति हिनतावोध भएर आउने गरेको छ । जसका कारण महिला पत्रकार पत्रकारीता पेशाबाट नै पछि हट्ने अवस्था छ ।

आफुले काम गरिरहेको संचार माध्यमले सन्तोषजनक पारिश्रमीक नदिनु अनि दिने भनेर तोकिएको तलब पनि समयमा नदिनु संचार क्षेको अर्को ठूलो समस्या हो ।

अहिलेको महंगीको समयमा पारिश्रमीक समयमै नपाउनु सम्पूर्ण पत्रकारको विडम्वनाको कुरा हो । त्यसमाथि पनि महिला पत्रकारहरु त विवाह पछि पलायन नै हुने गरेका छन् । विवाहित महिला पत्रकारले घरबार र पत्रकारिता पेशा विचको व्यवहार मिलाउन नसक्दा महिला पत्रकारहरु विवाहपछि पलायन हुने गरेका छन् ।

यता महिला पत्रकार भएर समाजमा स्थापित हुनका लागि निकै ठूला चुनौतिहरुलाई पार गर्नुपर्ने बाध्यता छ । अनि पत्रकारितामा प्रवेश गर्न चाहानेहरुलाई त झनै ठूलो हिम्मत र साहसको आवश्यकता छ ।

चुनौतीले भरिएको पत्रकारिता अनि, फिल्डमा निस्किएर आफुलाई फिल्डको वातारणमा घुलमिल गर्न पनि निकै कठिन हुन्छ । तर पनि हिम्मत र हौसला लिएर अघि बढ्ने भने, जस्तो सुकै कठिनाई पार गरेर पनि एकदिन लक्ष्यमा अवश्य पुग्न सकिने छ ।

(लेखक जिसी सुर्खेतबाट प्रकाशित हुने सुर्खेत पहिचान दैनिकका सम्वाददाता हुन् ।)

Leave a comment

Your email address will not be published.


*