कर्णाली एक्स्पो २०१६ : महानायक राजेश हमाल देखेपछि…

        समाचार डेस्क   |   प्रकाशित मितिः शुक्रबार, पुस १, २०७३     7:19:23 PM

सुर्खेत । कुनै बेला महानायक राजेश हमालले बोलेको एक बाक्य अझै पनि कति चर्चित छ भन्ने प्रमाणित कर्णाली एक्स्पोका दर्शकबाट पनि भयो । ‘साथीका लागि यो हात सलाम, दुश्मनका लागि यो हात फलाम’ भन्ने डाइलग बोल्दा दर्शकहरुले मज्जैले हुटिङ्ग गरे ।

rajesh1
गत मंसिर २३ गतेदेखी जारी महोत्सवको नवौं दिन महानायक राजेश हमालको प्रस्तुती थियो । तर महोत्सव मुल आयोजक समितिले महानायकले भोली (शनिबार) सम्म बस्ने उद्घोष गरेका थिए ।

अन्तत शुक्रबारलाई विशेष प्रस्तुती नभएपनि हमाललाइ हेर्नका लागि महोत्सव स्थलमा पुगेका दर्शकलाई त्यही डाइलगमा प्रस्तुत भए । झण्डै एक मिनेट समय लिएका नायक हमालले आफ्नो शनिबार विशेष प्रस्तुती हेर्न आउन निम्तो दिँदै स्टेजबाट बाहिरीए ।

rajesh2
नायक राजेश हमालप्रति सुर्खेती दर्शकहरुको अथाह माया छ भन्ने प्रमाणित शुक्रबार नै भयो । हुन त उनको विशेष प्रस्तुती शनिबार भएकाले शुक्रबार भन्दा चार गुणा दर्शक शनिबार सहभागी हुने अपेक्षा अयोजकको छ ।

अञ्जलीको हट नृत्य
नायकभन्दा अन्य राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती पनि शुक्रबार थियो । तर नायकले तानेका दर्शकले अन्य कलाकारहरुको प्रस्तुती हेर्न खासै रुचाएनन् ।

anjali
नृत्यबाट आफ्नो हट प्रस्तुती देखाएर केही बेर दर्शकलाई थेगेकी अञ्जली अधिकारीको प्रस्तुती सकिएपछि महोत्सव स्थलमा सहभागी दर्शकहरु आधा घटेका थिए ।

rr
अझै दर्शकलाई थेग्न सकिन्छ की भनेर नेपाली जादुगर महादेश त्रिपाठीले सामान्य केही हाश्य व्यांग्य प्रस्तुती सुनाएका थिए । तर दर्शकले खासै रुचाएनन् । नेपालका एक्ला जादुगर त्रिपाठीको शनिबार नै विशेष प्रस्तुती छ । अञ्जली अधिकारी लगायतका राष्ट्रिय कलाकारहरु सहभागी थिए ।

 

Leave a comment

Your email address will not be published.


*