‘समृद्ध मध्यपश्चिम’ वृत्तचित्र प्रर्दशन

        सुर्खेत सम्वाददाता   |   प्रकाशित मितिः सोमवार, पुस ४, २०७३     6:38:11 PM

मध्यपश्चिम विकास क्षेत्रका विभिन्न जिल्लाहरुको कला संस्कृति झल्कने गरी तयार गरिएको ‘समृद्ध मध्यपश्चिम’ वृत्तचित्र प्रर्दशन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरको कालागाउस्थित एस.ओ.एस. बालग्राम हर्मन माइनर विद्यालयमा सो वृत्तचित्र साेमवार प्रर्दशन गरिएको हो ।

sos
मध्यपश्चिमका १५ जिल्लाकै सांस्कृतिक, पर्यटकीय स्थल, रहनसहन, जीवनशैलीमा आधारित ‘समृद्ध मध्यपश्चिम’ वृत्तचित्रमा समावेश छ । फोटो पत्रकार भरतबन्दु थापाको निर्देशनमा तयार पारिएको वृत्तचित्रमा मध्यपश्चिम विकासमा पछि परेपनि अन्य पक्षमा सक्षम रहेको भाव समेटिएको छ ।

वृत्तचित्र हेर्न एस.ओ.एस. बालग्रामका निर्देशक मुकुन्दकुमार गिरी, शिक्षक जागेश्वर नेपालसहित एकसय बढी विद्यार्थीहरुको सहभागीता थियो ।

निर्देशक गिरीले विद्यार्थीहरुले समग्र मध्यपश्चिमको रहनसहन, कला संस्कृति, पर्यटकीय स्थल लगायतका बारेमा ज्ञान हासिल गरेको बताए । उनले नाम सुनेपनि अझैपनि विद्यार्थीहरुलाई यस क्षेत्रका सवै वस्तुस्थिती थाहा नभएको बेला वृत्तचित्रले प्रत्यक्ष रुपमा धेरै जानकारी पाएको उल्लेख गरे । ‘समृद्ध मध्यपश्चिम’ वृत्तचित्र मनघरी फाउण्डेशनले तयार गरेको हो ।

Leave a comment

Your email address will not be published.


*