मलेसियामा संगीतिक प्रस्तुती हुने

        यामराज विष्ट /मलेसिया   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     11:03:35 AM

15682967_1507480955946358_986374609_n
मलेसियाको सुन्दर ठाउँ  मलक्कामा ”यहीँ आउदो डिसेम्बर २५तारिखका दिन सांगीतिक चिनारी नामक सांगीतिक कार्यक्रम हुने भएको छ ।
फुलबारी युवा क्लब मलक्काले पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रम मा सांगीतिक मनोरञ्जन दिने उदेश्यले कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक मजेन्द्रश्रेष्ठले जानकारी दिए ।

यहि डिसेम्बर २५ मा हुने छुट्टिको अबसरमा कामको थकानलाई मेटाउन र चिनारी कला गला भएका प्रबाशमा रहेका कलाकारहरुलाई अगाडि बढाउने उदेश्य तथा रमाइलो  भेटघाटको चर्चित मलेसियामा रहेका कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

उक्त कार्यक्रममा हास्याकलाकार सुजन न्यौपाने, मोडेल प्रनेता तामाङ, नृत्याङगाना मेका मगर, गायक तथा सञ्चारकर्मी  यामराज बिष्ट , लोकगायक भुवन वलि, आधुनिक गायक  कृष्ण भिर श्रि राई अर्जुन गुरुङ ुखेमराज वलि श्याम बिशि  बिना तामाङ बसन्ती थापा मगर बिज्ञान राई सर्गम राई लगायत दर्जन बढि कलाकारहरुको जोडदार प्रस्तुति दिनेछन।

साथमा भाग्यशाली उपाहर प्रथम पुरस्कार ल्याटप द्वितिय पुरस्कार मोबाई तेर्तिय  पुरस्कार  घडी चौथो पेनडाईप राखिएको छ।  कार्यक्रम यहि डिसेम्बर २५ तारिख आईतबार दिउसो ११ बजेदेखि देवान कस्तुरी आईत्रो हल मलक्कामा हुनेछ ।

Leave a comment

Your email address will not be published.


*