‘कृषिमा व्यवसायिकता जरुरी’

        अमर सुनार   |   प्रकाशित मितिः बिहिबार, पुस १४, २०७३     8:32:22 AM

दैलेख । दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले कृषिमा व्यवसायिकता नभई देशको आर्थिक उन्नति नहुने बताएका छन् । जिल्ला कृषि विकास कार्यालय र कृषि समूह तथा गैससहरुको संयुक्त आयोजना दुल्लूमा आजदेखि सुरु ३ दिने कृषि मेला उद्घाटन कार्यक्रममा उनले त्यसका लागि नविनतम प्रविधिको प्रयोग गर्नुपर्ने औल्याए ।

प्रमुख जिल्ला अधिकारी दुलालले दैलेखको दुल्लू क्षेत्र सुन्तला उत्पादन पकेट क्ष्ोत्र भएजस्तै स्थानीय हावापानी र प्राविधिक संभाव्यताका आधार तरकार, अन्नवाली, फलफूल लगायतको उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिए ।

dakt
बरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदीले सरकारले परिचालन गरेको श्रोत अनुुसार प्रतिफल लिन कृषकहरुको जाँगर बढाउनुपर्ने बताए । बरिष्ठ पशु विकास अधिकृत अमृत मास्केले कृषि उत्पादनकै अभिन्न अंग पालनलाई पनि बढावा दिनुपर्ने आवश्यकता औल्याए ।

दुल्लू नगरपालिकाका कार्यकारी अधिकृत मातृकाप्रसाद भट्टराईले कृषिलाई व्यवसायिक बनाउन स्थानीय निकायले समेत १५ प्रतिशत बजेट विनियोजन गर्ने गरेको बताउदै यसको उचित सदुपयोग गरे श्रोत बढाउन सकिने बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी उपसचिव तिलक रिजालले दुल्लू क्षेत्रमा कृषिले गरेको लगानीको राम्रो प्रतिफल प्राप्त भएको बताउदै कृषि मेलाले कृषकहरुलाई थप हौसला दिएको सुनाए । त्यसबखत नेपाली काँग्रेसका दुल्लू नगर सभापति टंक रिमालले कृषि प्रधान देश भनिए पनि बजेट अझै कम भएको टिप्पणी गरे ।

कृषक समन्वय समितिका अध्यक्ष मोतिराम अधिकारीको अध्यक्षतामा सम्पन्न ३ दिने कृषि मेला उद्घाटन कार्यक्रममा अगुवा कृषक सारदा कार्की, योजना अधिकृत राजु भुज, कृषि सेवा केन्द्रका निमित्त प्रमुख रामबहादुर थापा लगायतले कृषि मेलाको महत्व र यसले कृषि उत्पादकत्व बृद्धि तथा कृषि जागरणमा पु¥याउने योगदान बारे चर्चा गरेका थिए ।

मेलामा अतिथिहरुलाई सुन्तलाको दानाले बनाइएको आकर्षक माला लगाई दिएका थिए । कृषक समूहहरुले गाउँगाउँबाट बाजागाजा सहित विभिन्न साँस्कृतिक झाँकी, कृषि सम्वन्धी देउडा प्रस्तूत गरेका थिए । दुल्लूको स्टार क्लवले प्रदर्शन गरेको नृत्यले सबैलाई मन्त्रमुग्द बनाएको थियो ।

जिल्ला कृषि विकास कार्यालय, दुल्लू नगरपालिका, गाविसहरु, किसान परियोजना, सहास नेपाल, सडेक, सेवक, एभरेष्ट क्लव, सेवक, सुआहारा परियोजना, डब्लूएफपी लगायतका विभिन्न गैससहरुको समेतको करिव २ लाख लगानीमा गरिएको कृषि मेलामा श्रोत ७ समूहका ५ सय ३ वटा कृषि उपजहरु प्रदर्शनीमा राखिएका छन् ।

Leave a comment

Your email address will not be published.


*