सरकारी शिक्षकको लापरवाही, एकै दिन ५० शिक्षक अनुपस्थित

        सुर्खेत   |   प्रकाशित मितिः मङ्लबार, पुस १९, २०७३     5:13:58 PM

सुर्खेत । सरकारी काम कहिले जाला घाम भन्ने कथन वीरेन्द्रनगरका केही शिक्षकले चरितार्थ गरिरहेको पाइएको छ । विद्यालय समयमा स्कुलमा हुनु पर्ने उनीहरु विद्यालय नजाने गरेको अवस्थामा जिल्ला शिक्षा कार्यालयको टोलीले भेटाएपछि कथन चरितार्थ भएको हो ।

school-skt
लाटीकोईली स्रोत केन्द्र अन्तरगत रहेका १९ विद्यालयमा शिक्षा कार्यालयले गरेको छड्के अनुगमनमा ५० जना शिक्षक अनुपस्थित भएको पाइएको जिल्ला शिक्षा कार्यालय सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जानकारी दिए ।

मंगलबार जिल्ला शिक्षा कार्यालयको टोली १९ ठिक १० बजे १९ विद्यालयमा पुगेको थियो । अनुगमनमा विद्यालय निरीक्षक, स्रोतव्यक्ति र अन्य कर्मचारीगरी २६ जना खटिएका थिए ।

केन्द्र अन्तरगत रहेका आधारभूत ११ र मावि ८ वटा अनुगमन गरिएको शाहको भनाई छ । ‘अनुगमनको क्रममा विद्यालयमा १ सय ८९ जना शिक्षक उपस्थिती भएपनि ५० जना अनुपस्थित भएको पाइयो’ शाहले भने ।

कार्यालयले अनुपस्थित शिक्षकलाई चित्त बुझ्दो जवाफ दिन निर्देशन दिएको छ । जवाफ नदिने शिक्षकलाई कारवाही गरिने शाले बताए ।
लाटीकाइली स्रोत केन्द्र अन्तरगतका १८ विद्यालयमा विद्यालय व्यवस्थापन गरिकाएको पाइएको छ ।

हालसम्म पनि नेपाल राष्ट्रिय चन्द्रगंगा मावि गाग्रेतालले समिति गठन नगरेको शिक्षा कार्यालयको भनाई छ । कार्यालयका अनुसार प्रार्थना सभा संचालन नगर्ने विद्यालयमा हरिडिलभूमि आधारभूत विद्यालय तातापानी र पुष्पवाटिका प्रावि मनिकापुर छन् ।  १९ विद्यालयमा ८१.२५ प्रतिशत विद्यार्थीहरु उपस्थिती भएका छन् ।

विद्यालयको भौतिक र आर्थिक अवस्था सक्षम भएपनि शैक्षिक र प्रशासनिक अवस्था कमजोर अवस्थामा रहेको जिशिअ शाहले बतए । वीरेन्द्रनगरका विद्यालयमा शुक्रबारीय कार्यक्रम, शिक्षक डायरी, सरसफाइमा सक्रियता, फिल्टर पानी, क्षेत्र भ्रमण, अभिभावक अन्तरक्रिया, विद्यार्थी परामर्श, जिम्मेवारी बाडफाड गरेर राम्रा कामहरु गरेको पनि अनुगमनको क्रममा भेटीएको छ ।

तर केही विद्यालयहरुमा शौचालय प्रयोग र सरसफाइ, खेलमैदान, सिकाइ उपलब्धि नबढेको, शुद्ध पिउने पानीको समस्या, प्राविमा विद्यार्थी संख्या कमी, स्टाफ समन्वयमा कमी, अभिभावकको चासोमा कमी, अभिलेखीकरणमा समस्या, दरबन्दीमा रहेका शिक्षकहरुबाट अंग्रेजी माध्यममा पठनपाठनमा लगायतका समस्या  रहेको कार्यालयले जानकारी दियो ।

Leave a comment

Your email address will not be published.


*