रंगमञ्चका राजा

        सुशील खड्का । सुर्खेत   |   प्रकाशित मितिः आइतवार, पुस २४, २०७३     4:18:12 PM

ख्याउटे जीउ, फूलेका चुस्स परेका दाह्री जुंगा, लामा लामा कपालका जटा । ‘मेरो प्रपोर्टी भनेकै यही लुक्स त हो नि !’ पाका संस्कृतिकर्मी प्रेमदेव गिरि भन्छन्, ‘कथाले मागिरहन्छ । काट्नै पाउ“दिन । कपाल नकाटेको त ६ वर्षै पुगेछ ।’

वीरेन्द्रनगर हिलेखालीस्थित घरमा भेट्न पुग्दा हातमा फोटो एल्बम समाइरहेका उनी भविष्यका तस्बिरको कल्पना गर्दै थिए । कोठामा मादल, सारंगी सजाएका छन् ।

०३२ सालमा झलकमान गन्धर्वका बुवाले बनाएको सारंगी भित्तामा सुरक्षित छ । ०१० माघ १० गते हिलेखालीमै जन्मिएका पे्रमदेव बाबुआमाका जेठा सन्तान हुन् । रंगमञ्चको नशाले १० कक्षासम्म अध्ययन गरेर पढाइ छाडेका उनी एकपछि अर्को सफलता पाए ।

गिरिले ०२९ सालको प्रजातन्त्र दिवसको अवसरमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको अञ्चलस्तरीय लोकनृत्य प्रतियोगितामा भेरी अञ्चलको नेतृत्व गर्दै भाग लिए । उनले नेतृत्व गरेको टोली पहिलो भयोे ।

premdev-giri

त्यही साल रेडियो नेपालले देशव्यापी लोकगीत प्रतियोगिता आयोजना ग¥यो । यस प्रतियोगितामा पनि उनले भाग लिए । भीमबहादुर कार्कीले गाए उनले मादल बजाए ।

प्रतियोगितामा भाग लिन त्यस बेलाको कठिन यात्रा पार गरेर काठमाडौं पुगेका उनीसहित ३ जनाले राष्ट्रिय नाचघरमा करार सेवा सुरु गरे जतिबेला उनी १९ वर्षका थिए । वाद्यवादकका रुपमा उनी र नृत्यकारतर्फ सुर्खेतकै टेकराज भारती र गोपाल बस्नेतले जागिर पाए । उनीहरू त्यतै बसे । बा“की ३ जना फर्किए । प्रेमदेवले ०४१ सालसम्म राष्ट्रिय नाचघरमा जागिर खाए ।

मासिक २ सय रुपैयाबाट सुरु भएको उनको तलब बाहिरिदा साढे नौसयसम्म पुगेको थियो । भन्छन्, ‘अस्थायी जागिर कुर्न मन लागेन । घर व्यवहार चलाउनुपर्ने बाध्यता आयो । अनि फकिए“ ।’

नाचघरमा छँदा दर्जनौं नाटक र गीतिनाटकमा वाद्यवादकका रुपमा काम गरे । त्यतिबेलै हो, श्यामदास वैष्णव, हरिप्रसाद रिमाल, प्रचण्ड मल्ल, जितेन्द्र महत अभिलाषी, गोविन्दप्रसाद तिमिल्सेना, गोपीकृष्ण अर्यालजस्ता अग्रज स्रष्टासंग उनको संगत भयो ।

उनीहरुकै प्रत्यक्ष निर्देशनमा नाटक खेले । तीसदेखि चालिसको दशकसम्म सयौं रेडियो नाटकमा पनि खेले । उनी वाद्यवादक मात्र कहा“ थिए र ? उनी त लोकगीत संकलक, संगीतकार र अभिनेता पनि थिए ।

ताप्लेजुङकी कविता आले, भोजपुरका गणेश रसिक, हिरण्य भोजपुरे, काठमाडौंका कुमार बस्नेत, पोखराकी ज्ञानु राणा, लुम्बिनीका नारायण रायमाझी, दांगका खड्ग बुढा, चन्द्रकला शाहदेखि कञ्चनपुरका भुवन विरहीसम्मलाई आफूले संकलन गरेका गीतमा स्वरांकन गराए गिरिले ।

प्रेमदेवले सयौं लोकगीत संकलन गरेर रेकर्ड गरेका छन् । ‘सरर्र मलेवा… घुम्छ बादलमुनि मायालै, छ्याम्म छ्याम्म कट्टीका उकालो लाग्या परालका बिटा, सुर्खेतमै सालिना बुलबुले ताल, जाम माया बुलबुले ।

४० को दशकसम्म उनले संकलन गरेका केही चर्चित गीत हुन् यी । ताप्लेजुङकी कविता आले, भोजपुरका गणेश रसिक, हिरण्य भोजपुरे, काठमाडौंका कुमार बस्नेत, पोखराकी ज्ञानु राणा, लुम्बिनीका नारायण रायमाझी, दांगका खड्ग बुढा, चन्द्रकला शाहदेखि कञ्चनपुरका भुवन विरहीसम्मलाई आफूले संकलन गरेका गीतमा स्वरांकन गराए गिरिले ।

‘रंगमञ्चमा लागेर के पाउनुभो के गुमाउनुभो ?’  प्रेमदेवको उत्तर थियो ‘गुमाउनमा सर्वस्व गुमाइयो । पाउनमा जीवनमा सबै चिज पाइयो, केही बाँकी रहेन । गुमाउन पनि कुनै चीज बाँकी राखिएन । एउटा आमाले सन्तान जन्माउ“दा के पाउलिन् के गुमाउलिन् त्यस्तै हो ।’

पूर्वमेचीदेखि महाकालीसम्मका श्रष्टामार्फत् मध्यपश्चिमको लोकलय, लोकभाकालाई देशव्यापी बनाए । स्वर्गीय लोकबहादुर क्षेत्री, प्रवीण गुरुंग, सुन्दर श्रेष्ठ, मधु क्षेत्री, नारायण रायमाझी, भुवन चन्द, साबित्री शाह, तारा थापा, सपना परियारका स्वरमा सुन्न सकिन्छ ।

उनले संकलन गरेका एक सय हाराहारीको संख्याका सबै गीत अहिले रेडियो नेपालको स्टुडियोमा सुरक्षित छन्। प्रेमदेव गिरि यस्ता कलाकार हुन् जसले देउडा, ख्याली, झयाउरे, सिंगारु, सोरठीजस्ता मध्यपश्चिमका लोकभाका देशव्यापी गराए ।

राष्ट्रिय नाचघर छाडेपछि ०४३ देखि ०४५ सालसम्म उनले रेडियो नेपालमा बाद्यवादकका रुपमा काम गरे । ०४२ सालमा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित अञ्चलस्तरीय प्रतियोगितामा भेरीको तर्फबाट लोकनृत्यमा प्रथम स्थान हासिल गरे । १२ जनाको टिम थियो । ०४३ मा पुनः काठमाडौं फर्के । रेडियो नेपालको लोकगीत शाखामा वाद्यवादकका रुपमा तीन वर्ष काम गरे ।

प्रेमदेवका प्रशंसा सुन्दा, चेलाहरु भेट्न आउदा उनी फुरुंग हुन्छिन् । पारिवारिक पे्ररणाका कारण एक्ला छोरा देवराजले पनि रंगमञ्चलाई मुख्य कर्म बनाएका छन् ।

राजधानीबाट सुर्खेत फर्केपछिको उनको यात्रा शिक्षणतर्फ मोडियो । ०५९ देखि यता इन्टरनेशनल को—अपरेटिभ उच्च माविमा अतिरिक्त शिक्षकका रुपमा गीत, संगीत र वाद्यवादन सिकाइरहेका छन् । ‘रंगमञ्चमा लागेर के पाउनुभो के गुमाउनुभो ?’  प्रेमदेवको उत्तर थियो ‘गुमाउनमा सर्वस्व गुमाइयो । पाउनमा जीवनमा सबै चिज पाइयो, केही बाँकी रहेन । गुमाउन पनि कुनै चीज बाँकी राखिएन । एउटा आमाले सन्तान जन्माउ“दा के पाउलिन् के गुमाउलिन् त्यस्तै हो ।’

आफ्नो सारा जीवन नाट्य संगीत क्षेत्रमा सर्मपण गरेका उनलाई आफ्नो विगतबारे पश्चाताप भने छैन । बस्, उनको चाहना भने मौलिक लोक संगीत अमर रहोस् र समाजमा शिष्टता र मर्यादा कायम भइरहोस् भन्ने छ ।

विराट अभिनय क्षेत्रको प्रतिभा हो’, कोइराला भन्छन्, ‘उहा“ मादलवादक मात्रै होइन संस्कृतिकर्मी पनि हो ।’ पे्रमदेवका गुरु भीमबहादुर कार्की प्रेमदेवको कलालाई राज्यले उपयोग गर्न नसकेको गुनासो गर्छन् ।

पत्नी साबित्री भन्छिन्, ‘जति पीडा भएपनि रेडियो सुन्दा मन चंगा हुन्छ ।’ प्रेमदेवका प्रशंसा सुन्दा, चेलाहरु भेट्न आउदा उनी फुरुंग हुन्छिन् । पारिवारिक पे्ररणाका कारण एक्ला छोरा देवराजले पनि रंगमञ्चलाई मुख्य कर्म बनाएका छन् । राजधानी वा मोफसल जताबाट भएपनि मानिसहरु सुर्खेत आउँदा प्रेमदेब गिरिको नाम पनि सम्झेर आउछन् । यही उनको कूल संचित पूँजी हो ।

बागिना समूहका अध्यक्ष गोविन्द कोइराला पे्रमदेवलाई कला क्षेत्रको बहुआयामिक व्यक्तित्वका रुपमा सम्झन्छन् । ‘शिक्षाको कमीले उहा“को कलाकारितामा कुनै असर पारेन ।

विराट अभिनय क्षेत्रको प्रतिभा हो’, कोइराला भन्छन्, ‘उहाँ मादलवादक मात्रै होइन संस्कृतिकर्मी पनि हो ।’ प्रेमदेवका गुरु भीमबहादुर कार्की पे्रमदेवको कलालाई राज्यले उपयोग गर्न नसकेको गुनासो गर्छन् । ‘प्रतिभाशाली कलाकार यसरी खुम्चिएर बस्नुपरेको छ’ उनी भन्छन्, ‘न राज्यले उचित सम्मान दियो न त राम्रो कुनै काममा नै लगायो ।’

1 Comment on रंगमञ्चका राजा

  1. dhanraj chunara // January 11, 2017 at 7:53 am // Reply

    वास्तविक कलाकार को वास्तविक कुरा ।। सलाम , अभिबादन अनि नमन आदरणीय गुरु प्रेमदेब गिरि लाई ।।हजुर संग सिक्नु पर्ने कुरा धेरै छ हाम्रो देश को कलाकार हरु ले ।

Leave a comment

Your email address will not be published.


*