बबई नहरको पश्चिमको मुख्य साइफन उद्घाटन

        बर्दिया   |   प्रकाशित मितिः आइतवार, पुस २४, २०७३     6:49:10 PM

बर्दिया । सिँचाइमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बर्दियाको बबई सिँचाइ आयोजनाको पश्चिमी नहरको मुख्य साइफन उद्घाटन गरेका छन्  ।

विसं २०७१ को बाढीले भत्काएपछि बबई नगरपालिका–६ वर्गदामा पुनःनिर्माण गरिएको मुख्य साइफन उद्घाटन गर्दै बबई सिँचाइ आयोजनाको कार्य द्रुतगतिमा अगाडि बढाई काम छिटो छरितो रुपमा सक्न निर्देशन समेत दिए ।

मन्त्री गिरीले बबई सिँचाइ आयोजनको स्थलगत अनुगमनका साथै बबई नदीले कटान गरेका बगनाहा, सानोश्रीलगायतका क्षेत्रको निरीक्षण समेत गरेका थिए ।

अनुगमनमा सहभागी नेपाली काँग्रेस बर्दियाका सभापति एवम् सांसद सञ्जय गौतमले बर्दिया जिल्लाको सिँचाइ, नदी कटान र तटबन्धनलगायतका विविध समस्याका बारेमा मन्त्री गिरीलाई जानकारी गराएका थिए ।

Leave a comment

Your email address will not be published.


*