मध्यपश्चिम यातायात : निर्वाचित पदाधिकारीद्धारा पदभार ग्रहण

        सुर्खेत   |   प्रकाशित मितिः सोमवार, पुस २५, २०७३     8:13:23 PM

सुर्खेत । मप यातायात व्यवसायी संघका अध्यक्ष सहित निर्वाचित कार्यसमितिका पदाधिकारीले सपथ तथा पदभारग्रहण गरेका छन । सोमबार वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच निर्वाचित संघका नयाँ पदाधिकारीहरुले सपथ खाएका थिए ।

sapatha

सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै नवनिर्वाचित अध्यक्ष विष्णु कुमार खडकाले चुनाव आफूले जिते पनि अन्य सबैलाई समेटेर लैजाने प्रतिबद्वता व्यक्त गरे ।

उनले चुनाव प्रचारका दौरान आफूले प्रतिबद्वता व्यक्त गरेका सबै कामलाई पुरा गरेरै छाडने प्रतिज्ञा गरे । उनले मध्यपश्चिम यातायात व्यवसायी संघ सुर्खेतमा आवद्व व्यवसायीहरुको हकहित र व्यवसायलाई स्तरीय र प्रतिस्पर्धी बनाउन भन्दै १ करोड रकम बैंककै व्याजदरमा सापटी दिने घोषणा गरे ।

उक्त रकमले अभावका कारण नियमित सेवा प्रवाह गर्न चाहने व्यवसायीलाई प्रदान गर्ने गरि अघि बढने योजना बनाइएको बताए । अध्यक्ष खडकाले विगतमा कुनै कर्मचारीले कसैको सुराकी गरेका, कसैको पछि लागेका देखिएपनि अब देखी संस्थाको हितमा मात्रै चल्न आग्रह गर्दै फेरि त्यसो गरिएको खण्डमा जस्तोसुकै कारवाही गर्नसक्ने चेतावनी दिए ।

संस्थाको हितकालागि जस्तोसुकै मूल्य चुकाउन पनि आफू तयार रहेको उनको भनाई थियो ।कार्यक्रमको सञ्चालन संघको निर्वाचनमा निर्वाचन अधिकृतको रुपमा नियुक्त विवश कुमार बस्नेतले गरेका थिए ।

Leave a comment

Your email address will not be published.


*