संशोधन विधेयक पास हुन दिँदैनौं : एमाले उपाध्यक्ष रावल

        अछाम   |   प्रकाशित मितिः मङ्लबार, पुस २६, २०७३     6:20:05 PM

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले संविधान संशोधनको बिरुद्धमा स्पष्ट एक तिहाई मत रहेको र संविधान संशोधन बिधेयक राष्ट्रघाति भएकोले कुनै पनि देशभक्त नेपालीले यसलाई पारित नगर्ने दाबी गरे ।

bhim-rawol

प्रदेशको सीमांकन हेरफेरको सूचना ३ महिनाभित्र प्रदेश सभामा पठाउनुपर्ने स्पष्ट संविधानमा उल्लेख भएको र त्यसो नभएमा स्वतः निष्क्रिय हुने भन्दै संविधान शंशोधन संविधान र संसदीय मान्यता विपरित रहेको तथा संविधान विपरित गए आफ्नो पार्टीको बिरोध रहने उनको भनाई छ ।

पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहनु भएका नेता रावलले एमाले ३ वटै निकायको चुनावका लागि तयार रहेको भन्दै सरकाले छिटो चुनावको मिति घोषणा गर्नुपर्ने माग गरे ।

२०७४ माघ ७ गतेभित्र तीनओटै निकायका चुनाव नभए देशमा रिक्तता उत्पन्न हुने भन्दै अहिले सरकार चुनावको मिति घोषणा नगरि देशमा रिक्तता उत्पन्न गरी आफ्नो आयु बढाउन लागेको हो कि भन्ने शंका रहेको बताए ।

अहिले संविधानको कार्यान्वयन गरी सबै जात जाती, भाषा, समुदायका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बेला भएको भन्दै एमाले उपाध्यक्ष रावलले संविधानमा सबैका अधिकार सुनिश्चि रहेको बताए ।

संविधान संशोधनको प्रस्तावले समस्या ल्याएको भन्दै मधेशी दलहरुले कहिले जात जातिको नाममा, कहिले भाषाको नाममा बखेडा झिकिरहेको उनको आरोप छ ।

जिल्लाका केही अवरुद्ध बिकास निर्माणका योजना चित्रै पुल, मंगलसैन दरबार, कैलाशखोला जलविद्युत आयोजना, ५५ कोठे चौरपार्टी अस्पतालको भवन लगायतमा आफुले गम्भिर ध्यान दिईरहेको भन्दै काम नगर्नेलाई कारबाही गर्न प्रमुुख जिल्ला अधिकारीलाई समेत भनिसकेको बताए ।

माधव नेपालको नेतृत्वका सरकारको पालामा मध्यपहाडी लोकमार्ग, सेती लोकमार्ग, बुढीगंगा जलविद्युत आयोजनाका काम अघि बढाएको उनले बताए । यस्तै केपी ओलि नेतृत्वको सरकारको पालामा देशका विभिन्न खानी उत्खनन गर्ने, उद्योग धन्दा संचालन गर्ने, भारत संग ७ बुँते सहमती, चीन संग १० बुँदे सम्झौता लगायतका काम एमालेले अघि बढाएको उनको भनाई छ ।

देशको राजनीतिक अस्थिरताको कारण चाहेजस्तो विकास हुन नसकेको भन्दै अब देशलाई सम्बृद्धिको बाटोमा अघि बढाउनु पर्ने उनको जोड थियो ।

सबै देशभक्त नागरिकले देशको हितका लागि बोल्नु पर्ने भन्दै नेता रावलले एमाले हिमाल, पहाड र तराईका जनताको हितका लागि लडिरहेको भन्दै देशभर र तराईमा समेत एमालेप्रति आकर्षण बढीरहेको दावी उनको छ ।

कसैकसैले एमाले तराई, मधेश बिरोधि पार्टी भएको कुप्रचार गरिरहेको भन्दै बरु केही मुठ्ठीभर मधेशी, चुनाव हारेमा र देशको अस्मिताको बारेमा बिदेशी राजदुतावासमा भात खाएर देशघात गर्नेहरु नै मधेश बिरोधी भएको ठोकुवा उनको छ ।

Leave a comment

Your email address will not be published.


*