☰ open Loading... 19 April 2024|  

रुकुम पश्चिम : भैँसीलाई घाँस हाल्न निस्केकी महिलाको धारिलो हतियार प्रहार गरी हत्या
  | १२ श्रावण २०७८, मंगलवार १९:२३

मुसिकोट । एकजना महिलाको हत्या भएको छ । रुकुम पश्चिमको त्रिबेणि गाउपालिका- ४ छहरे मा अन्दाजी २६ वर्ष कि मनिसा खड्काको गएराति घरमै हत्या भएको छ । भैसीलाई घास हाल्न घर बाहिर निस्केको बेला धारिलो हतियार प्रयोग गरि हत्या भएको स्थानीयबासीले बताएका छन् । मृतकको श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेको बताइएको छ ।

प्रहरीले घटनास्थल शिल गरि अनुसन्धान गरिरहेको बताएको छ । हत्यामा कसको संलग्नता हो अहिलेसम्म केही खुलेको छैन । घटनाको अनुसन्धानको लागि रुकुम पश्चिमका डिएसपी धुव्र कुमार श्रेष्ठ नेतृत्वको टोलि घटना स्थल पुगेका छन् ।