☰ open Loading... 18 April 2024|  

रूकुम पश्चिममा जीप दुर्घटना : ८ जना घाइते
  | ८ असार २०८०, शुक्रबार १७:३२

रुकुमपश्चिम । रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गरेको भे १ च २७९६ को डबल क्याप जीप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना हुँदा ८ जना घाइते भएको हुन् । दुर्घटनामा घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका – ५ की ८ बर्षीया बालिका बर्षा केसी रहेकी छन् । उनको बाँया खुट्टामा गम्भीर चोट लागेको छ । अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जना मुसिकोट नगरपालिकाका र दुई जना दाङका रहेका छन् । घाइते सबैलाई उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।