☰ open Loading... 20 April 2024|  

सुर्खेत आउँदै गरेको बस दाङमा दुर्घटना
पश्चिम नेपाल   | ९ आश्विन २०८०, मंगलवार ०८:२५

काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बस पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका–९ शिवखोलामा दुर्घटनामा परेको हो । कर्णाली प्रदेश०२–००१ ख ०३६२ नम्बरको यात्रुबाहकबस बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ।

दुर्घटनामा यात्री घाइते भएका छन् । २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् । घाइतेहरुलाई कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउँदै छ । बसका ४५ जना यात्रु सवार थिए । दुर्घटनाको कारण खुलेको छैन । बस सडकबाट पल्टिएकोछ ।