☰ open Loading... 29 March 2024|  

विकास

कर्णालीमा ५७४ योजनाका ६४ करोड रकम ‘फ्रिज’ हुने खतरा

कर्णालीमा ५७४ योजनाका ६४ करोड रकम ‘फ्रिज’ हुने खतरा

    प्रकाशित मितिः १२ चैत्र २०८०, सोमबार १२:५२
कर्णाली सरकारको उदासीनताका कारण ५७४ वटा योजनामा विनियोजित ६४ करोड बराबरको बजेट खर्च नहुने सम्भावना बढेको छ । रातो किताबमा आएका ती योजनालाई सरकारले तत्कालीन प्रमुख प्रतिपक्ष दल एमालेसँगको सहमति अनुसार बजेट थप गरेर कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । तर अझैसम्म योजना परिमार्जन हुन नसकेका कारण बजेट ‘फ्रिज’ हुने सम्भावना बढेको हो । गत पुस २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सदनमा सहमति भएका टुक्रे
कर्णालीमा महिनाभर खर्च  ५३ करोडमात्रै

कर्णालीमा महिनाभर खर्च ५३ करोडमात्रै

    प्रकाशित मितिः ९ चैत्र २०८०, शुक्रबार १६:०६
चालु आर्थिक वर्षको चार महिनामात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनमा सुधार ल्याउन सकिरहेको छैन । फागुन मसान्तसम्म सरकारले कुल बजेटको १९.३१ प्रतिशत अर्थात् ६ अर्ब ४४ करोड ५२ लाख ७५ हजार रुपैयाँमात्रै खर्च गर्न सकेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक प्रतिशतले कम हो । गत आर्थिक वर्ष यो अवधिसम्म २०.८६ प्रतिशत बजेट कार्यान्वयनमा आइसकेको थियो । चालु आर्थिक वर्षका
रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

    प्रकाशित मितिः ९ चैत्र २०८०, शुक्रबार १०:३०
निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ । बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई दु्रत गतिमा अगाडि बढाउन कठिनाइ भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए । “शाखा नहर निर्माण क्षेत्रका किसानलाई दिनुपर्ने मुआब्जावापतको रकम रु ५८ करोड ८९ लाख आवश्यक छ, तर चालु वर्षम
सुर्खेतमा थपियो तीन तारे होटेल

सुर्खेतमा थपियो तीन तारे होटेल

    प्रकाशित मितिः ७ चैत्र २०८०, बुधबार २०:४१
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१४ मा झन्डै २१ करोड रुपैयाँको लागतमा ‘स्टे होटेल भ्याली भ्यु’ सञ्चालनमा आएको छ। दैलेख सडकखण्ड अन्तर्गत पर्ने लादेमा तीन तारे स्तरको होटेल सञ्चालनमा आएको हो। सञ्चालक तर्कबहादुर शाहीले प्रदेश राजधानीमा सुविधा सम्पन्न होटेलको आवश्यकता महसुस गरेर एकान्त ठाउँमा तीन तारे स्तरको होटेल सञ्चालनमा ल्याइएको बताए। एकान्त र सुविधा सम्पन्न होटेल भएकाले सबैको रोजाइमा पर्न
कर्णालीमा उन र अल्लोबाट अर्गानिक कपडा

कर्णालीमा उन र अल्लोबाट अर्गानिक कपडा

    प्रकाशित मितिः २ चैत्र २०८०, शुक्रबार ११:१३
जुम्ला, मुगुमा भेंडाबाट उत्पादन हुने उन र दैलेखमा अल्लोबाट उत्पादन हुने कपडाहरु सुर्खेतमा देखाउँदै एक उद्यमी । सुर्खेतमा उद्यमीहरुले विभिन्न प्रकारका कपडाहरु तयार पारी देशभर विक्रिका लागि पठाउने गरेका छन् । तस्विर ः गोविन्द केसी

पेट्रोलियम पदार्थ अन्वेषणको सामान भन्सार नाकामा रोकियो

    प्रकाशित मितिः १ चैत्र २०८०, बिहीबार १५:२२
नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले दैलेख जिल्लामा पेट्रोल पदार्थ अन्वेषणका लागि ल्याएको ड्रिल मेसिन लगायत समान नेपालगञ्जको भन्सारमा रोकिएको बताएकी छिन् । प्रतिनिधिसभा बैठकमा बोल्दै रानाले चीनबाट भारतको कोलकत्ता हुँदै नेपालगन्ज आइपुगेको सामान भन्सारमा छुट पत्र उपकरणको नाम फरक परेको कारणले रोकिएको भन्दै सरकारले तत्कालै समस्या समाधान गरेर समान छुट गराउनुपर्ने बताइन् । उनले ती समान भन्सार ना
दुनाटपरी उद्योग सञ्चालनमा ल्याउँदै महिला समूह

दुनाटपरी उद्योग सञ्चालनमा ल्याउँदै महिला समूह

    प्रकाशित मितिः ३० फाल्गुन २०८०, बुधबार १४:५४
बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ। उद्यमशील मगर महिला समूह बागलुङ नगरपालिका– ३ शान्तिटोलले मङ्गलबारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ। साल तथा कटुसका पातलाई बाँसका सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको हो। वनमा खेर गइरहेको सालका पात सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको मगर महिला समूहले जनाएको छ। तीन
चीनबाट आएको ‘ड्रिलिङ’ मेसिनका सामान रुपैडिया नाकामै रोकिए

चीनबाट आएको ‘ड्रिलिङ’ मेसिनका सामान रुपैडिया नाकामै रोकिए

    प्रकाशित मितिः २५ फाल्गुन २०८०, शुक्रबार ०९:१९
दैलेखको पञ्चकोशी क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ कालागि चीनबाट ल्याइएका मेसिनहरु नेपालगंजको रुपैडिया नाकामा रोकिएका छन् । अर्थ मन्त्रालयले भन्सार छुटका लागि गर्नुपर्ने आवश्यक निर्णय नगरिदिँदा भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल ल्याउन लागिएका ती मेसिन रुपैडिया नाकामा अड्किएका हुन् । पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्रका सिनियर डिभिजनल जियोलोजिष्ट डा. गणेशना
चल्यो फेसबुक

चल्यो फेसबुक

    प्रकाशित मितिः २३ फाल्गुन २०८०, बुधबार ०८:०४
विश्वभर एक्कासि समस्या देखिएको मेटा कम्पनीको सोसल साइटहरू चल्न थालेको छ। मंगलबार राती ९ बजे पछि मेटाका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र थ्रेड जस्ता एपहरुमा ‘आउटेज’ समस्या देखिएको थियो। वेबसाइट र एप्समा लग इन गर्ने प्रयास गर्दा मानिसहरूले त्रुटि सन्देशहरू पाए र सामान्य रूपमा आफ्नो फिडहरू रिफ्रेश गर्न सकेनन्। डाउनडिटेक्टर वेबसाइटले फेसबुक र इन्स्टाग्रामका लागि लाखौं आउटेजको रिपोर्ट गरेको छ।
जुम्ला विमानस्थल विस्तार : जग्गा मिल्ने कहिलेकहिले, बजेट निकासा अहिले

जुम्ला विमानस्थल विस्तार : जग्गा मिल्ने कहिलेकहिले, बजेट निकासा अहिले

    प्रकाशित मितिः १९ फाल्गुन २०८०, शनिबार २०:३२
जग्गा उपलब्ध नहुँदै जुम्ला विमानस्थलको रनवे बढाउनका लागि बजेट आएपछि कार्यान्वयनमा समस्या देखिएको छ। रनवे बढाउन भन्दै गत भदौमै ४ करोड ४२ लाख रुपैयाँ विनियोजन भएको थियो, तर रनवे बढाउन जग्गा उपलब्ध नभएकाले बजेट कार्यान्वयन गर्न चुनौती देखिएको नेपाल नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए। उनले भने, ‘रनवे बढाउन बजेट आएको छ। रन वे बढाउन मिल्ने जग्गा छैन। बजेट खर्च गर