☰ open Loading... 5 October 2024|  

अवकाशपछि समाजसेवामा जुट्दै ‘एकबहादुर’
  | ८ जेष्ठ २०७३, शनिबार ०८:५५

वेलपाटास्थित चुप्राका एकबहादुर राना ७५ वर्ष नाघिसके । उनी भारतिय सेनाको सुवेदार पदबाट पेन्सन निस्केको पनि २२ वर्ष पुग्यो । त्यसयता उनले शहरमा घरजग्गा बनाएर बस्ने कल्पना समेत गरेनन् ।

शहरको सुखसुविधाको मोह त्याग्दै उनी गाँउको माया र विकासका लागि सधै अग्रणी भएर खटिरहे । २८ वर्षसम्म जाँगीरको दौरानमा उनी भारतका धेरै ठाँउ चाहारे । धेरै ठाँउमा सामाजिक सेवा गरे त धेरै अनुभवहरु सम्हाले पनि ।

 चुप्रामा धारा निर्माण गरेपछि उद्घाटन गर्दै एकबहादुर राना ।

चुप्रामा धारा निर्माण गरेपछि उद्घाटन गर्दै एकबहादुर राना ।

जव उनी जाँगीरबाट पेन्सन पकाएर आफ्नै गाँउमा आए, त्यसपछि समस्यैसमस्या देखे उनले ।

नजिकै रहेको लोहोरे खोलाकै पानीमा निर्भर गाँउलेहरुलाई पानीको प्रवन्ध मिलाउन उनी दिनरात खटिए ।

विहानसाँझ खोलामा पानी लिएको स्थानीय महिलाहरु जाँदा आफुलाई हिनताबोध हुने एकबहादुर बताउँछन् ।

त्यसपछि गाँउमा खानेपानीका लागि पैसा जुटाएर केही योजना समेत गरेका उनले आफुलाई केही सितल महशुस भएको अनुभव छ उनको ।

गाँउमा खानेपानी बाहेर विद्यालयको कोठाको पनि उस्तै समस्या ।

भारतीय राजदुतवास कल्याणकारी कोषबाट प्रति कोठा ६० हजारका दरले स्थानीय विद्यालयहरुमा भवन पनि बनाए ।

अहिले उनी पेन्सन आएको पनि २२ पुग्यो । त्यतीबेला उनकै पहलमा बनाईएका धाराहरु निकै कम भए । अहिले जनसंख्या पनि ह्वतै बढ्यो चुप्रामा । अहिले ३ सयदेखी ५ सय हाराहारीमा घरहरु बनिसके ।

समाजसेवी एकबहादुरकै पहलमा ३ महिला पहिले भारतिय राजदुतावासको कल्याणकारी कोषबाट १० लाख ८८ हजारको खानेपानीका सामाग्री किनेर ल्याए ।

त्यतीले मात्र खानेपानी निर्माण नहुँने भएपछि उनले सरकारी निकायका ढोकाहरु धाए । त्यसपछि ज्यालादारीको पैसा उच्च पहाडी गरिवी निवारण कार्यक्रम (उपाप)बाट ३ लाख ३० र गाविस र जिविसले १५ हजार उपलब्ध गराएपछि ३ महिनैमै टेकबहादुरको नेतृत्वमा तयार भयो खानेपानीका धाराहरु ।

सांग्रीला जर्सी चौक खानेपानी योजनाको काम द्रुत गतिमा गरिएसंगै ३ महिनामै चुप्राबासीले खानेपानी पाए । १३ धारा मार्फत १ सय ३२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । ३२ सय मिटर लामो पाईपलाइनपछि चुप्रा नजिक १६ सय घनमिटरको टंकी बनाएर चुप्राभरी वितरण गरिएको अनुमगन समितिका संयोजक समेत रहेका एकबहादुर रानाले बताए ।

धारा टाढा भएकाले खोलाको पानीमा निर्भर हुनुपथ्र्यो ।’ सामाजिक अगुवा रानाले भने, धाराबाट पानी चलेपछि मन हर्षित भएको छ ।’ सफा पानी पिउन पाउन भनेर २२ वर्षअघिदेखी खानेपानीका लागि काम गरेको अहिले सन्तोष मिलेको उनले बताए ।

वर्षेनी वडा भेला मार्फत खानेपानीको माग गर्दा समेत योजना र रकम धेरै लाग्ने भएकाले कहिल्यै पुरा हुन सकेन् । खानेपानी योजनाकी अध्यक्ष मिना खड्काले भनिन् उहाँ (एक दाई) को पहलमा सफा शुद्ध खानेपानी ल्याउन सफल भईयो ।